Thursday, December 22, 2011

हुर्जा नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा छत्रशंकर

“मानवअधिकार उल्ल्ंघन विरुद्ध सञ्चार अभियान” भन्ने मूल नाराका साथ स्थापित मानवअधिकार पत्रकार संघ(हुर्जा) नेपालको सम्पन्न सातौँ साधारणसभा तथा दोश्रो अधिवेशन एक कार्यक्रमका बिच बिहीबार सम्पन्न भएको छ । अधिवेशनले पुन : छत्रबहादुर शंकरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रीमा झा, महासचिव गणेशप्रसाद घिमिरे, कोषाध्यक्ष किशोरकुमार पौडेल निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा क्रमश: विश्वनाथ आचार्य, कालिका खड्का, सन्देश सिम्खडा, टिकाश्वरी राई, निमेशजङ्ग राई, प्रज्ञा लम्साल र मिना शर्मा चयन हुनुभएको संघका केन्द्रिय महासचिव गणेशप्रसाद घिमिरेले जानकारि दिनुभयो । हुर्जा नेपालले आफनो शाखा कास्कीको पोखरामा मात्र गठन गरेको र अन्य क्षेत्रमा पनि शाखा विस्तार गरिने संघका अध्यक्ष छत्रशंकरले बताउनुभयो । कास्कीमा गठन भएको मानवअधिकार पत्रकार संघ(हुर्जा)ले मानवअधिकारसँग सम्बन्धित रहेर आफनो कार्यक्रमहरु गरिरहेको र हुर्जा नेपालमा निर्वाचित भएर आउनुभएका नवनिवार्चित कार्यसमितिहरुलाई संघका महासचिव वीरेन्द्र सापकोटाले कास्की शाखाको तर्फबाट बधाई ज्ञापन गर्दै आगामि दिनमा पनि आफना गतिविधिहरुलाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । 

No comments:

Post a Comment

Please, comment about this article.