Monday, November 28, 2011

Drug dealers caught by Police in Pokhara

Guys caught in dealing narcotics
भारतको रक्सौल देखी पोखरामा लागु औषध ओसार पोसार हुन्छ भन्ने विशेस सुचनाको आधरमा निग्रनी गर्ने क्रममा लागु औषध पोखरामा ल्याउंदै गरेको अवस्थामा यस कार्यालयवाट खटिएको प्रहरी टोलीले चेकिङ्गको क्रममा मिति २०६८/०७/३० गते सांझ जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.–९ पृथ्वीचोकमा जिल्ला पर्शा हरीयापुर गा.वि.स.वडा नं.–१ वस्ने वर्ष–२२ को गम्भीर महत्तो र ऐ. वस्ने वर्ष–२० को तारा मिश्रलाई लागु औषध वुप्रिनर्फिन थान–१५०, डाईजापाम थान–१५०, फेनेरागन थान–१०० र खैरो हिरोईन व्राउनसुगर ६ ग्राम सहित पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतवाट म्यादथप लिई लागु औषध मुद्धामा थप अनुसन्धान कार्य भई रहेको ।
Drug dealers caught by Police in Pokhara

जि. कास्की पोखरा उ.म.न.प ा.वडा नं.–१८ काजीपोखरी वस्ने वर्ष–३५ को विरकाजी गुरुङ्ग र पोखरा–१५ वस्ने वर्ष–१८ की लुर्मिला भण्डारीले विगत देखी लागु औषधको कारोवार गर्छन् भन्ने विशेष सुचनाको आधारमा मिति २०६८÷०८÷०७ गते दिन लागु औषध शाखा पोखरावाट खटिएको प्रहरी टोलीले पोखरा–१८ काजीपोखरी स्थित विरकाजी गुरुङ्गको घर खानतलासी लिंदा लागु औषध वुप्रिनर्फिन थान–९१ डाईजापाम थान–८२ र फेनेरागन थान–९६ नाईट्रोभ्याट चक्की –३८ र नाईट्रोसन चक्की –३१० समेत फेला पारी द्ध्वय विरकाजी गुरुङ्ग र लुर्मिला भण्डारीलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतवाट म्यादथप लिई लागु औषध मुद्धामा थप अनुसन्धान कार्य भई रहेको ।

Drug dealers caught by Police in Pokhara - in the case of narcotics likes Nitro tabs, feneragon, etc.

No comments:

Post a Comment

Please, comment about this article.