Wednesday, December 16, 2015

पोखरामा बिहिबार गृहलक्ष्मीको ग्यास बाड्ने (कुन ठाउँबाट समेत)

१. मिति २०७२/९/२ गते कास्की जिल्ला पोखरा क्षेत्रका निम्नानुसारका अधिकृत विक्रेताहरुको र्फमबाट गृहलक्ष्मी ग्यास ७.१ के.जि. तौलको वितरण गर्ने निर्णय गरियो


सि.नं.

गृहलक्ष्मी ग्याँस
विक्रेताको नाम,थर
स्थान
kl/df0f
भक्त गौरी सप्लायर्स
मासवार
!!#
डि.एन. आर
डिहिकोपाटन
@!%
भण्डारी टे«डर्स
जरेवर
!%)
के.टि. हाउस
पस्र्याङ
!%*
घिमिरे स्प्लायर्स
मिलनचोक
*%
वि.के. टे«डर्स
छोरेपाटन
(*
कृष्ण सप्लायर्स
औद्योगिक क्षेत्र
@#*
लिला स्टोर्स
नयागाउ
$$
पे्रमकृष्ण
फुलवारी
%@
१०
सोनिय सप्लायर्स
विराटा
!)!
११
किरण तिवारी
नदिपुर
!&#
१२
सर्मा सेवा
सिमलचौर
$&
१३
विशाल रेष्टुरेण्ट
आखा अस्पताल
%)
१४
आकृति अविरल
धारापानी
!@%
१५
युवराज प्रोभिजनल
अर्चलवोट
@@*
१६
कृति ईन्टरप्राईजेज
रानीपौवा
()
१७
अनुप स्टोर्स
पुरनधारा
!!(
१८
अनिश ग्यास सप्लायर्स
सृजनाचोक
!#*
१९
पुजा सप्लायर्स
सिमलचौर
@@^
२०
पौडेल किराना
लामाचौर
#)
२१
वस्नेत किराना
बाटुलेचौर
&)
  २. ग्याँस लिनको लागि प्रत्येक डिलरकोमा विगतको विक्री परिमाणको अनुपातमा संख्या निर्धारण गरी ग्याँस झार्ने व्यवस्था सम्बन्धित ग्याँस कम्पनीले मिलाउने ।
३. प्रत्येक विक्री केन्द्रमा पहिले आउने उपभोक्ताले सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि रु.७००।– (सातसय) तिरी ७.१ के.जी. को ग्याँस सिलिण्डर पाउने छ ।
४. ग्याँस विक्री वितरण गर्दा खटिएका सुरक्षाकर्मी, स्थानीय नागरिक समाज, टोल सुधार समिति, आमा समूहको रोहवरमा उपभोक्ताको नाम, ठेगाना, उपभोक्ताको मोवाइल नं. र हस्ताक्षर सहितको अभिलेख राखी पहिचानको प्रमाण लिई वितरण गर्ने ।
५. उपरोक्त तालिका बमोजिमको वितरणमा सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले समन्वयात्मक रुपमा मिलाउने ।
६. दिप क्षेत्रमा यथार्थ विवरण लिई १०० थान सिलिण्डर गृह लक्ष्मी ग्यास कम्पनीले उपलब्ध गराउने ।

Tuesday, December 1, 2015

जापानमा ड्याम साईड क्लब विजयी -Pokhara-News-Japan


पोखरा, १५ मंसीर
जापानमा आयोजना हुदै आएको फेडेरेशन रनिङकप फुटवल प्रतियोगिताको उपाधी ड्याम साईड क्लवले हात पारेको छ ।
आईतवार सिनकिवास्थित स्टेडियममा भएको प्रतियोगितामा घान्द्रुक समाजलाई ६–३ गोल अन्तरले पराजित गर्दै ड्याम साईडले उपाधी जितेको हो । फाईनल भिडन्तमा नेपाली राष्ट्रिय टोलीका पुर्व खेलाडी विसन गौचन तथा स्ट्राईगर सन्तोष साहुखलको जोडीले खेललाई नियन्त्रणमा राखेको थियो । सेमी फाईनलमा ड्याम साईड क्लबले शुभराशी क्लव तथा घान्द्रुकले दुई पटकको उपाधी विजेता दीप युनाईटेडलाई हराउदै फाईनल पुगेका थिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी विसन गौचन, उत्कृष्ट गोल किपर डयाम साईडकै नवीन महर्जन, उच्च गोलकर्ता घान्द्रुकका शंकर श्रेष्ठ, उत्कृष्ट रक्षक घान्द्रुककै हिरोसीले दश/दश हजार नगद पुरस्कार हात पारेका थिए ।

पोखरामा बाह्र भैरव नृत्यको तयारी-Pokhara-News

कृष्ण रानाभाट÷पोखरा १५, मंसीर
प्रत्येक छ/छ वर्षको अन्तरालमा निकालिने पोखराको महत्वपुर्ण साँस्कृतिक धरोहर बाह्र भैरव नृत्य यस वर्ष पनि धुमधामका साथ देखाईने भएको छ।
नृत्य सुरु हुनु पहिला नृत्य समुह, वाद्य वादन समुह, रागी समुह र अन्य सदस्यहरुको ठुलो समुहले किसली चढाउने गरिन्छ। किसली भनेको एउटा दुनामा एकमुठी चामल, सानो सुपारी, सिक्का, धुप र फुलको थुप्रोलाई भनिन्छ। उक्त किसली चढाउने कार्यक्रम यहि मंसीर १७ गते विहान गरिने भएको समितिले जानकारी दिएको छ।
उक्त दिन भैरवाष्ठमीको दिन पनि भएकोले भैरबलाई मन पर्ने खानाको परिकार ‘रोट र सम्ह्यवजी द्व’ चढाउने गरिन्छ।
बाह्र भैरव नृत्य माघ महिनादेखी निकाली चैत्र÷वैशाख महिनासम्म पोखराका हरेक वस्तीहरुमा प्रदर्शन गरिन प्रचारप्रसार संयोजक अष्ठ्मान प्रधानाङ्गले वताएका छन् ।

Monday, November 30, 2015

हिमाल पारिको जिल्ला मुस्ताङ पनि पूर्ण खोप जिल्ला घोषणा-Mustang Purna Khop District

 पोखरा, १३ मंसिर
हिमाल पारिको मुस्ताङ जिल्ला पूर्ण खोप जिल्ला घोषणा भएको छ । घोषणासँगै मुस्ताङ देशकै बाह्रौं तथा हिमाल पारिको पहिलो पूर्ण खोप जिल्ला बन्न सफल भएको जन स्वास्थ्य कार्यालय मुस्ताङका खोप अधिकृत बद्री आचार्यले जानकारी दिए ।

जिल्ला विकास समिति मुस्ताङको आयोजनामा शनिबार सदरमुकाम जोमसोममा आयोजित एक कार्यक्रममा सांसद श्रीमाया थकालीले मुस्ताङलाई पूर्ण खोप जिल्ला घोषणा गरेकी हुन् । कार्यक्रममा बोल्दै उनले मुस्ताङ दुर्गम र हिमाली जिल्ला भएर पनि पूर्ण खोप जिल्ला बन्न सकेको भन्दै खुशी व्यक्त गर्नुका साथै यसलाई कायम राख्न चुनौतिपूर्ण रहेको बताईन् । उनले भनिन्,–‘मुस्ताङलाई पूर्ण खोप बनाईराख्न यसको घोषणामा जस÷जसले सघाउनुभयो, तपाईं सबैले निरन्तरताका लागि पनि सघाई राख्नुपर्छ ।’

मुस्ताङका स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक केदारबहादुर अधिकारीले पनि बोलेका थिए ।

खुकुरी प्रहार गर्ने पक्राउ-Crime News Pokhara

पोखरा मंसिर१३गते
    जिल्ला कास्की पोखरा उ.मा.पा वडा नं.१० अमरसिंह चोक घर भई हाल पोखरा-१८ छिनेडांडा बस्ने तुलविर वि.क.(सुरज)लाई खुकुरी प्रहार गरी फरार रहेका मानिसहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।अभियुक्तहरुले मिति २०७२/०८/१२ गते दिउसो पोखरा १० अंमरसिहचोक स्थित स्वेच्छा खाजा घरमा खाजा खाई रहेको अवस्थामा लेखनाथ नगरपालिकाको पटनेरीमा जग्गा प्लटिङ गरेकोमा सो वापत निजहरुलाई नसोधी जग्गा प्लटिङ गरेको, पल्टिङ गर्दा डिपिसीको काम नदिएको, काम नदिए वापत माग गरेको नगद रकम नदिएको भनी एक्कासी खुकुरी प्रहार गरी फरार भएका थिए ।
  खुकुरी प्रहार गरी फरार भएका मानिसहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र प्रहरी चौकी शिसुवाबाट खटिईएको प्रहरी टोलीले सोही दिन पोखरा तथा लेखनाथका विभिन्न स्थानबाट पक्राउ गरी आज मिति २०७२/०८/१३ गते सम्मानित कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ, घटनामा संलग्न अन्य मानिसहरुको खोजतलास कार्य जारी रहेको छ ।
पक्राउ परेका मानिसहरू:
१.    जि.कास्की ले.न.पा.वडा नं.१ बस्ने बर्ष ३६ को कुमार सुनार
२.    ऐ. ऐ बस्ने बर्ष २६ को सुरज सुनार
३.    ऐ .ऐ बस्ने बर्ष ३५ को उत्तम मगर ।
District Police Office Kaski, Pokhara.
जिल्ला प्रहरी कार्यालय कास्की ।

Saturday, November 28, 2015

प्रधानमन्त्रिलाई अनेरास्ववियुको ज्ञापन पत्र- Pokhara-News

पोखरा १२ मंसीर
अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीले मंसिर ९ गते सुनसरी जिल्लाको हरीपुर गाविसमा भारतिय सिमा सुरक्षा बल प्रवेश गरी अन्धाधुन्ध गोलि चलाउँदा चार जना घाईते भएको विषयमा नेपाल स्थित भारतिय राजदुताबासको कार्यालयले नेपालीहरुलाई गोली प्रहार नगरेको भन्ने विज्ञप्ती जारी गरेकोमा भारतिय राजदुत, घटनाका दोषि जवान र योजनाकारहरुलाई कारवाही लागि अन्र्तराष्ट्रिय अदालतमा उभ्याउनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी कास्की मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । अन्र्तराष्ट्रिय सन्धि सम्झौता उल्लब्घन गर्दै अमानविय रुपमा नाकाबन्दि गर्ने, खुलमखुल्ला नेपाल प्रवेशगरी नेपाली नागरीकामाथी गोलि प्रहार गर्ने, भारतिय लोकसभाका सांसदले नेपालको भुमि भारतकै हो भन्ने जस्ता हेपाहा अभिव्यक्ति दिनु भारतको नेपाल प्रतिको कुदृष्टि भएको हुँदा यस्तो अवस्थामा पनि नेपाल सरकार टुलुटुलु हेरेर बस्न नहुने भन्दै अब यो समस्या समाधानको लागि अन्र्तराष्ट्रिय अदालत जानु पर्ने ज्ञापन पत्रमा जनाईएको छ । अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतमद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा राष्ट्र जोगाउनको लागि गरिने नेपाल सरकारको जस्तो सुकै कदममा अनेरास्ववियुले साथ दिने बताईएको छ । ज्ञापन बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले विद्यार्थीले उठाएका कुराहरु समयसान्दर्भिक रहेको र यसलाई कार्यान्वयन गराउने तहमा पु¥याउने बचन दिएका थिए ।

Tuesday, November 24, 2015

ग्याँस सिलिण्डर बरामद गरिएकाे बारेमा-Pokhara News


मिति २०७२।८।६ गते वितरण गरिएको गृहलक्ष्मी ग्याँस कम्पनीको सिलिण्डर वितरण गर्ने क्रममा पोखरा उ.म.न.पा. ११ रानीपौवा स्थित अनुप स्टोरमा वितरणको लागि झारिएका ३५२ वटा ग्याँस सिलिण्डर पूरा विक्री वितरण नगरी लुकाई राखेको भन्ने गुनासोको आधारमा आज मिति २०७२/८/८ मा अनुगमन गर्न जाँदा ५ थान ग्याँस सहितको सिलवन्दी सिलिण्डर बरामद भएको हुँदा निजको विक्री खाता सहित निज विक्रेतालाई थप कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाएको व्यहोरा जानकारी गराइएको छ ।

जिल्ला प्रशासन कार्यालय,कास्की ।

Tuesday, November 17, 2015

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न -Pokhara News


 पोखरा- कार्तिक ३० गते,
        नेपाल प्रहरीले सम्पादन गरेका काम कारवाहीहरुको सम्बन्धमा सर्वसाधरण नागरिकलाई सुसुचित गराई प्रहरी कार्य सम्पादनमा भए गरेका कमी कमजोरीहरुका सम्बन्धमा राय सुझाव लिई प्रहरी कार्यलाई जनउत्तरदायी बनाउने  उद्वेस्य अनुरुप प्रत्येक ३/३ महिनामा संचालन गरिदै आएको नागरिक सुनुवाई कार्यक्रम आज मिति २०७२/०७/३० गते दिनको १२:०० बजेको समयमाप्रहरी चौकी धम्पुस कास्कीको प्राङगणमा सम्पन्न गरिएको छ ।
        उक्त नागरिक सुनुवाई कार्यक्रममा उपस्थित महानुभावहरुबाट कास्की जिल्लाको पर्यटकिय क्षेत्र धम्पुस तथा अन्नपूर्ण वेश क्याम्प ईलाकाको शान्ति सुरक्षाका सम्बन्धमा प्रहरीले गरेका कार्यहरुको प्रशंशा गर्दै आगामी दिनमा प्रहरीबाट सम्पादन गर्नु पर्ने काम कारवाहीको सम्बन्धमा सहभागीहरुबाट विभिन्न सुझाव तथा जिज्ञासाहरु व्यक्त भएकोमा उठेका जिज्ञाशाहरुको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरि बहादुर पालले जवाफ दिनु भएको थियो, उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय बगर कास्कीका प्रहरी निरीक्षक मोहन बहादुर खांणले प्रहरी काम कारवाही सम्बन्धी विवरण प्रस्तुत गर्नु भएको थियो भने पृथ्वी नारायण मा।वि। धम्पुसका शिक्षक सम बहदुर गुरुङले सहजीकरण गर्नु भएको थियो ।

Thursday, November 12, 2015

जुवा खेल्ने पक्राउ--Man Arrested with Kauda-Pokhara News

पोखरा-कार्तिक २५ गते,
 मिति २०७२।०७।२५ गते दिनको ३:०० बजेको समयमा जिल्ला कास्की,लेखनाथनगरपालिका बडा नं ९ बेगनासताल स्थित होटल शिरिसमा कौडा खेलिरहेका छन् भन्ने विशेष सुराकीको आधारमा यस कार्यालयबाट खटिएको  प्रहरी टोलीले निम्न स्थान वस्ने २४ जना व्यक्तिहरुलाई नगद रु।११,१६,०७०।( अक्षरुपी ९ एघार लाख सोह्र हजार सत्तरी रुपैया , १८ थान कौडा  र थान ३ पासा सहित पक्राउ गरी आबश्यक अनुसन्धान भइरहेको ।
निम्न :
१.    जिल्ला कास्की लेखनाथ नगरपालिका बडा नं १ ऐ.ऐ.बस्ने बर्ष २८ को बिष्णु हमाल
२.    ऐ.ऐ.बस्ने बर्ष ४३ को टेक बहादुर गुरुङ
३.    ऐ.ऐ.बस्ने बर्ष २८ को किसान गुरुङ
४.    ऐ.ऐ.बस्ने बर्ष २८ को सागर गुरुङ
५.   ऐ.ऐ.बस्ने बर्ष ४१ को सुदिप गुरुङ
६.   ऐ.ऐ.बस्ने बर्ष ४८  को श्रीधर आचार्य
७.    ऐ.ऐ.बडा नं ८ शिशुवा बस्ने बर्ष ४१ को नमराज भट्टराई
८.    ऐ.ऐ.बस्ने बर्ष ४९ को राम प्रसाद बास्तोला
९.    ऐ.ऐ.बस्ने बर्ष ४९ को झलक बहादुर गुरुङ
१०.   ऐ.ऐ.बस्ने बर्ष ५० को खड्क बहादुर गुरुङ
११.  ऐ.ऐ.बस्ने बर्ष ४९ को शुक्रराज जमरकटेल
१२.  ऐ.ऐ.बस्ने बर्ष ४४ को शेषराज शर्मा
१३.   ऐ.ऐ.बस्ने बर्ष ३६ को गोपिराम बञ्जरा
१४.   ऐ.ऐ.बस्ने बर्ष २८ को गोपी भण्डारी
१५.   ऐ.ऐ.बस्ने बर्ष ४३ को राजेश भट्टराई
१६.  ऐ.ऐ.बडा नं ९ बस्ने बर्ष ४५ को मोहनराज खनाल ।
१७.   ऐ.ऐ.बस्ने बर्ष ३४ को रमेश बञ्जरा
१८.   ऐ.ऐ.बस्ने बर्ष ३६ को चन्द्रशम्सेर राना
१९.  ऐ.ऐ.बस्ने बर्ष ५६ कोलोक बहादुर गुरुङ
२०.   ऐ.ऐ. बडा नं १० बस्ने बर्ष ४२ को तिर्थराज पौडेल
२१.  ऐ.ऐ. बडा नं ११ बस्ने बर्ष ४१ को पुरुषोतम अधिकारी
२२.   ऐ.ऐ.बस्ने बर्ष २४ को मोहन श्रेष्ठ
२३.   ऐ.ऐ.बस्ने बर्ष ३४ को शम्सेर श्रेष्ठ
२४.  ऐ.ऐ.बडा नं १२ बस्ने  बर्ष ३५ कोरञ्जन कुवर
            

Monday, November 9, 2015

तमु धिं जापानले लुम्ले पहिरोका लागी सहयोग-Tamu Dhi-Pokhara Nepal

पोखरा, गत श्रावण १४ गते
 कास्की जिल्लाका बिभिन्न ठाउंमा भारी बर्षा भई आएको बाढी पहिरोका कारण सबैभन्दा बढी क्षति भएको लुम्ले गाबिसको वडा नम्बर ५ र ६ मा तमु धिं जापानले पुर्ननिर्माणको लागी हालै आर्थिक सहयोग गरेको छ ।
केही समयका लागी नेपाल आउनु भएका तमु धिं जापानका सल्लाहाकार यामा शेरचन,गुरुड र पुर्ब अध्यक्ष श्रीजङ गुरुङले एक समारोहका बिच लुम्ले गाऊंमा नै पुगी पुर्ननिर्माण समितकिा संयोजक राम बहादुर गुरुङलाई पचास हजार रुपैयां नगद हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्नुहुंदै सल्लाहाकार यामा शेरचन गुरुङले सानो रकम भएतापनि तमु धिं जापानको तर्फबाट सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्नुहुंदै नेपालमा हुने यस्ता बिपदको घडीमा आफु र आफनो संस्था संधै मातृभुमी नेपाल र नेपालीको साथमा रहेको बताउनुभयो ।
तमु धिं जापानका पुर्ब अध्यक्ष श्रीजङ गुरुङले बिभिन्न कारणले नेपालीहरु बिदेशिनु परेतापनि मातृभुमीमा बिपद आइपर्दा आफनो संस्थाले सहयोग गर्दै आएको बताउनुभयो ।
स्थानिय समाजसेबी चित्र बहादुर गुरुङले संचालन गर्नुभएको कार्यक्रमका लागी तमु धिं जापानका बरिष्ठ उपाध्यक्ष तथा लुम्ले – वडा नम्बर ३ स्थायी  ठेगाना रहेका श्रीभक्क्त गुरुङले संयोजन
गर्नुभएको थियो । गत श्रावणको बर्षाबाट आएको बाढीले दश घरका २८ जना मानिसको निधन हुनुका साथै केही घाइते भएका थिए भने ३० घर पुर्णरुपमा क्षति भई बिस्थापित भएका छन ।

Sunday, November 8, 2015

प्याराग्लाईडिङ दुर्घटना-Paragliding Accident-Pokhara Nepal

पोखरा-कार्तिक २१ गते

मिति:२०७२/७/२१ गते २:०० बजेको समयमा जि.कास्की, पोखरा उप म.न.पा-२६ सराङकोटबाट प्याराग्लाईडिङ उडाउने क्रममा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.८  स्थाई घर भई हाल पोखरा उप म.न.पा.५ मालेपाटन बस्ने बर्ष-२६ को सुनिल भट्टराई पोखरा उप म.न.पा.-६ लेकसाईड स्थित वाटर फण्ट होटलको पछाडि फेवातालमा खस्न गई गम्भिर घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ उद्दारको लागि प्रहरी टोली घटनास्थलमा खटिई गई निज घाईतेलाई उद्दार गरी तत्काल चरक मेमोरियल अस्पताल हुदै थप उपचारको लागी मणिपाल अस्पताल लगिएकोमा २:४५ बजे मृत्यु भएको ।

Friday, November 6, 2015

तत्काल ग्याँस वितरण नहुने सम्वन्धी जरुरी सूचना-Pokhara news


सराङकोटबाट पोखरा आउदै गरेको बस दुर्घटना, १७ घाइते-Bus Accident-Yamdi Pokhara-Nepal

 पोखरा-कार्तिक १९ गते,
जि.कास्की पोखरा १ याम्दी प्रहरी पोष्ट नजिकै हेम्जा तर्फ वाट पोखरा तर्फ आउदै गरेको ग १ ख २३२० नं को वस ५:३० बजेको समयमा विच वाटोमा पल्टिन गई दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर सहतिको प्रहरी टोली तत्काल उद्दारको लागि खटिई गई  घाइतेहरु उद्दार गरी उपचारको लागी बिभिन्न अस्पतालहरुमा लगि उपचार भईरहेको छ । ७:५० बजेको समयमा उक्त पल्टेको बस बाटोबाट हटाई प्रहरी नियन्त्रणमा लिई राखेको । अन्य अनुसन्धान भईरहेको छ ।
घाईतेहरू :
१.  जि.धादिङ रे गा.वि.स. वडा नं.९ घर भई पोखरा १ सिमपानी वस्ने वर्ष ३५ की लङसाय लामा टाउको ढाडमा लागेको गण्डकी अस्पतालमा उपचार हुदै

मणिपालमा उपचार हुदै विरामीहरू :
१. जि.कास्की पोखरा १ मिरूवा वस्ने वर्ष ४० की सौपरी माया तामाङ टाउको वाया हातमा चोट
२. ऐ   ऐ  वस्ने वर्ष ४५ की निलिमाया तामाङ दाहिने हातमा सामान्य चोट
३० जि.मकवानपुर हाडीखोला ९ घर भई पोखरा ९ नयावजार वस्ने वर्ष ५० को सालिकराम कडेल टाउको वाया कुममा चोट
४. जि.पर्वत ताङले घर भई हाल पोखरा १ मिरुवा वस्ने वर्ष ४० की रूपा परियार टाउकोमा चोट
५. जि.सिन्धुली रतनपुर २ घर भई हाल पोखरा १२ सितलादेवी वस्ने वर्ष २६ की अस्मिता राई ढाड दाहिने खुट्टामा चोट
६. जि.सुनसरी सिंगा ९ घर भई पोखरा २ अर्चलवोट वस्ने वर्ष ३८ को नारायण दाहाल टाउको वाया हातमा चोट 
७. जि.तनहुँ जामुनेभञ्जयाङ घर भै हाल पोखरा ११ पुरनचौर वस्ने वर्ष ५५ की सावित्री अधिकारी  टाउको वाया खुट्टामा चोट
 ८.जि.कास्की पोखरा २७ हेम्जा वस्ने वर्ष ४० को दिपक श्रेष्ठ टाउकोमा चोट ९ पैदल यात्री ० ९. जि.कास्की पोखरा १ सिमपानी वस्ने वर्ष ५८ की लक्ष्मी परियार टाउको छातीमा चोट
१०. जि.कास्की पोखरा ११ फुलवारी वस्ने वर्ष १९ को इन्द्र वहादुर तामाङ वाया हातमा चोट
११. जि.कास्की लुम्ले २ पानचोक पात्लेखेत वस्ने वर्ष ५७ को दुर्गा वहादुर परियार टाउको छातीमा चोट
१२. जि.कास्की पोखरा १ सिमपानी वस्ने वर्ष ३६ की सन्त कुमारी परियार दुवै खुट्टामा सामान्य चोट
१३. जि.कास्की पोखरा १ सिमपानी वस्ने वर्ष ४० की मनशोभा पौडेल टाउको वाया हातमा चोट
१४. जि.कास्की पोखरा २७ हेम्जा वस्ने वर्ष ४० की विन्दु तिमिल्सीना वाया हात दाहिने खुट्टामा चोट
१५.जि.कास्की पोखरा २ अर्चलवोट वस्ने वर्ष ५८ को आश वहादुर घले दाहिने खुट्टामा चोट
१६. जि.कास्की पोखरा ५ प्रस्याङ वस्ने वर्ष २४ को सन्तोष थापा छातीमा दुखेको सामान्य ।







Wednesday, November 4, 2015

स्वरेकको एम्बुलेन्स अभियानमा अक्षयकोष घोषणा रकम उकालो लाग्दैअहिले सम्म सभा ९ लाख बढि घोषणा-Pokhara News

पोखरा १८ कार्तिक
नमुना स्वरेक सामाजिक कोष द्धारा  स्याङजाको पर्यटकीय गाविस  स्वरेकमा एम्बुलेन्स सञ्चालनको लागि शुरु गरिएको अभियानमा सहयोग आउने क्रम तिव्र भएको छ । अक्षयकोष निर्माण गरीएको छोटो समयमा  घोषणा गर्नेक्रम बढदै जादा अक्षयकोष रकम उकालो लाग्दै गएको हो । यसै विच स्वरेक ३ पंञ्चमुल घर भई हाल काठमाडौमा रहनु भएकी चर्चित लोकदोहोरी गायिका कला पंगेनीले अभियानको सफलताको कामना गर्दे नगद २० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । पंगेनीले जो जहाँ छ त्यही बाट सक्दो सहयोग गर्न पनि आग्रहगर्नु भएको छ । अहिले पछिल्लो समय नेपालमा नेपाल चलेको गायिकामा आफु लाई चिनाउन पनि सफल हुनुहुन्छ । यस्तै स्वरेक ३ जुवान खोला माइत भई हाल अष्टे«लीयामा बस्दै आउनु भएकी स्वरेककी चेली धनु पंगेनी ढकालले  नगद १५ हजार सहयोग गर्ने बताउनु भएको छ । माइती गाउँमा चलेको शुभ समचारले खुशी बनाएको भन्दै आगामी दिनमा पनि सधै सहयोग गर्न बातावरण मिलीरहोस भन्दै अभियानको सफलताको कामना गर्नु भएको छ । यसै विच स्वरेक ३ जुवान खोला घर भई हाल साउदी अरबमा कार्यरत टिका पंगेनीले अभियानमा नगद १५ हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । यस्तै स्वरेक ३ कोइराला गाउँ घर भई हाल ओमनमा रहनु भएका माधब कोइरालाले १० हजार सहयोग गर्ने बताउनु भएको छ । स्वरेक ३ घर भई हाल दोहा कतारमा रहनु भएका कपिल तिवारीले अभियानले सवैको  मन छुन सफल भएको भन्दै आफ्नो तर्फ बाट १५ हजार सहयोग गर्ने घोषणा गर्दे सवै स्वरेककी सहयोगी मनलाई एक बनाउने काम अभियानले गरेको तिवारीको भनाईछ ।

स्वरेकमा एम्बुलेन्स सञ्चालन हुदा छिमेकी गाविस र अन्य ठाँउमा पनि सकारात्मक शन्देश जाने अभियानका सह सयोजक जिबन पौडेलले बताउनु भयो ।

यति बेला स्वरेकको एम्बुलेन्स अभियानकोको चौतर्फी सकारात्मक शन्देश फैलीएकोमा अभियान  कर्ता उत्साहीत भएका छन् भने अभियानमा सहयोग गर्नेहरु पनि दिन प्रति दिन बढ्दै गएका छन् । अहिले सम्म अक्षयकोषमा ९ लाख २६ हजार घोषणा भएको  अभियानका नेपाल संयोजक एवं प्रचार प्रसार संयोजक पत्रकार घनश्याम पाण्डेयले जानकारी दिनु भएको छ ।  २० लाखको अक्षयकोष निर्माण गर्नै सोचका साथ शुरु गरिएको अभियानमा छोटो समयमा झण्डै आधा रकम घोषणा भएको भन्दै अभियान कर्ताहरुमा उत्साह थपिएको अभियानका संयोजक भेषराज पराजुलीले बताउनु भयो ।

Saturday, October 17, 2015

प्रहरी दिवशमा सरसफाई कार्यक्रम संचालन-Pokhara-News


पोखरा-आश्विन २८ गते,
६० औं प्रहरी दिवश २०७२ को अवसरमा कास्की प्रहरीले पोखराका बिभिन्न मठमन्दिर एवं फेवाताल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।आज मिति २०७२/०६/२८ गते बिहान ८:०० बजे देखि  पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक पंकज श्रेष्ठको नेतृत्वमा भएको सरसफाई कार्यक्रम अन्तर्गत पोखराको प्रसिद्व पर्यटकीय स्थल फेवाताल, विन्दवाशिनी मन्दिर, भद्रकाली मन्दिर,रामबजार स्थित कालिका मन्दिर, राममन्दिर, घलेचोक स्थित कृष्ण मन्दिर, टुटुंगा स्थित शिव मन्दिर लगायतका धार्मिक स्थल एवं मठमन्दिरहरुको सरसफाई गरिएको छ , उक्त सरसफाई कार्यक्रममा पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, गण्डकी अञ्चल प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी गण मुख्यालय पार्दी, अञ्चल सशस्त्र प्रहरी गुल्म गण्डकी, वडा प्रहरी कार्यालय बैदाम, बगर, रामबजारमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत एवं जवानहरु सहभागी भएका थिए ।
यसै गरी प्रहरी दिवश कै अवसरमा कर्तव्य निर्वाहको क्रममा सहादत प्राप्त विर अमर प्रहरीको चिर शान्तिको कामना गर्दै विन्दवाशिनी मन्दिरमा पुजा समेत गरिएको छ ।

Saturday, September 12, 2015

अनैतिक क्रियाकलापमा संलग्न ब्यक्तिहरु पक्राउ-Pokhara News


पोखरा,भाद्र २५ गते,
    पोखरा बाग्लुङ बसपार्कमा यौन ब्यवसायमा संलग्न भई त्यहांबाट बिस्थापित महिलाहरु पोखराका बिभिन्न स्थानहरुमा बसीयौन ब्यवसाय संचालन गरिरहेका छन भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयूक्त प्रहरी टोलीले आज मिति २०७२/५/२५ गते दिनको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ८ स्थित जाल्पारोडमा रहेका बिभिन्न खाजाघरहरुमा चेकजांच गर्दा महिला र पुरुषहरु आपतिजनक अवस्थामा बसिरहेकोले  उक्त खाजाघरहरुबाट महिला ३१ जना र पुरुष १२ गरी जम्मा ४३ जनालाई नियन्त्रणमा लिई आबश्यक कारवाही प्रक्रिया अगाडि बढाईएको छ ।

District Police Office Kaski, Pokhara
जिल्ला प्रहरी कार्यालय कास्की

Thursday, September 3, 2015

जुवा (कौडा) खेल्ने पक्राउ-Pokhara-News-Juwa

पोखरा भदौ-१६ गते ।
    पोखरा -८ नयाँसडक स्थितमा यूवराज खतिवडा समेतले संचालन गरेको होटल डालीमा एण्ड तास सेण्टरमा जुवा ९ कौडा ० खेली रहेका ६ जना मानिसलाई जुवा ९ कौडा ० खेल्न प्रयोग गरेको कौडा थान-१६ ( एक सेट ) र नगद १,८६,३७५।– सहित कास्की प्रहरीले आज मिति २०७२/५/१६ पक्राउ गरेको छ । ठुलो धनमाल बाजी राखी कौडा खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको प्रहरीले निजहरुलाई पक्राउ गरी आजै सम्मानित कास्की जिल्ला अदालतबाट जुवा मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
पक्राउ परेका मानिसहरु:
१०    जिल्ला धादिङ खाल्टे-४ घर भई हाल पोखरा-८ बस्ने बर्ष २८ को यूवराज खतिवडा
२०    जिल्ला कास्की पोखरा-१८ बस्ने बर्ष ४३ को नेत्र बहादुर तिमिल्सिना
३०    जिल्ला धादिङ ज्यामरुङकोट-८ बस्ने बर्ष ४५ को रण बहादुर भन्ने रामशरण लम्साल
४०    जिल्ला धादिङ  निलकण्ठ न.पा.वडा नं. ३ बस्ने बर्ष ५० को शिव प्रसाद  रिजाल
५०    जिल्ला धादिङ खाल्टे-४ घर भई हाल पोखरा-८ बस्ने  बर्ष ४८ को भोजराज खतिवडा
६०    जिल्ला स्याङजा सेतीदोभान गा.वि.स. घर भई हाल कास्की पोखरा-८ बस्ने बर्ष ३२ को गंगा प्रसाद पोखरेल

                                                                 जिल्ला प्रहरी कार्यालय कास्की

Tuesday, September 1, 2015

मामा घर लैदीन्छु भन्दै १४ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्ने पक्राउ-Pokhara News

पोखरा, १४ भदौ
कास्की प्रहरीले एक नाबालीकालाई मामाघर लगि दिन्छु भनी जवरजस्ती करणी गर्ने एक युवकलाई पक्राउ गरेको छ । धादिङ जिल्लाको सलाङ्ग गाविस वडा नं ८ घर भई हाल पोखरा उपमहानगर पालिका वडा नम्बर ८ बस्ने बर्ष २४ वर्षिय नारायण शाहलाई पक्राउ गरेका प्रहरीले जानकारी दिएको छ ।
साउन २९ गते मामाघर जान हिडेकी १४ वर्षिया बालिकालाई पृथ्वीचोक स्थित एक होटलमा जवरजस्ती करणी गरेको अनुसन्धनले देखाएको कास्की प्रहरीका प्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए । शाहलाई जवरजस्तीकरणी मुद्वामा म्याद थप गरी अनुसन्धान भैरहेको अधिकारीले जानकारी दिए ।