Wednesday, November 4, 2015

स्वरेकको एम्बुलेन्स अभियानमा अक्षयकोष घोषणा रकम उकालो लाग्दैअहिले सम्म सभा ९ लाख बढि घोषणा-Pokhara News

पोखरा १८ कार्तिक
नमुना स्वरेक सामाजिक कोष द्धारा  स्याङजाको पर्यटकीय गाविस  स्वरेकमा एम्बुलेन्स सञ्चालनको लागि शुरु गरिएको अभियानमा सहयोग आउने क्रम तिव्र भएको छ । अक्षयकोष निर्माण गरीएको छोटो समयमा  घोषणा गर्नेक्रम बढदै जादा अक्षयकोष रकम उकालो लाग्दै गएको हो । यसै विच स्वरेक ३ पंञ्चमुल घर भई हाल काठमाडौमा रहनु भएकी चर्चित लोकदोहोरी गायिका कला पंगेनीले अभियानको सफलताको कामना गर्दे नगद २० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । पंगेनीले जो जहाँ छ त्यही बाट सक्दो सहयोग गर्न पनि आग्रहगर्नु भएको छ । अहिले पछिल्लो समय नेपालमा नेपाल चलेको गायिकामा आफु लाई चिनाउन पनि सफल हुनुहुन्छ । यस्तै स्वरेक ३ जुवान खोला माइत भई हाल अष्टे«लीयामा बस्दै आउनु भएकी स्वरेककी चेली धनु पंगेनी ढकालले  नगद १५ हजार सहयोग गर्ने बताउनु भएको छ । माइती गाउँमा चलेको शुभ समचारले खुशी बनाएको भन्दै आगामी दिनमा पनि सधै सहयोग गर्न बातावरण मिलीरहोस भन्दै अभियानको सफलताको कामना गर्नु भएको छ । यसै विच स्वरेक ३ जुवान खोला घर भई हाल साउदी अरबमा कार्यरत टिका पंगेनीले अभियानमा नगद १५ हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । यस्तै स्वरेक ३ कोइराला गाउँ घर भई हाल ओमनमा रहनु भएका माधब कोइरालाले १० हजार सहयोग गर्ने बताउनु भएको छ । स्वरेक ३ घर भई हाल दोहा कतारमा रहनु भएका कपिल तिवारीले अभियानले सवैको  मन छुन सफल भएको भन्दै आफ्नो तर्फ बाट १५ हजार सहयोग गर्ने घोषणा गर्दे सवै स्वरेककी सहयोगी मनलाई एक बनाउने काम अभियानले गरेको तिवारीको भनाईछ ।

स्वरेकमा एम्बुलेन्स सञ्चालन हुदा छिमेकी गाविस र अन्य ठाँउमा पनि सकारात्मक शन्देश जाने अभियानका सह सयोजक जिबन पौडेलले बताउनु भयो ।

यति बेला स्वरेकको एम्बुलेन्स अभियानकोको चौतर्फी सकारात्मक शन्देश फैलीएकोमा अभियान  कर्ता उत्साहीत भएका छन् भने अभियानमा सहयोग गर्नेहरु पनि दिन प्रति दिन बढ्दै गएका छन् । अहिले सम्म अक्षयकोषमा ९ लाख २६ हजार घोषणा भएको  अभियानका नेपाल संयोजक एवं प्रचार प्रसार संयोजक पत्रकार घनश्याम पाण्डेयले जानकारी दिनु भएको छ ।  २० लाखको अक्षयकोष निर्माण गर्नै सोचका साथ शुरु गरिएको अभियानमा छोटो समयमा झण्डै आधा रकम घोषणा भएको भन्दै अभियान कर्ताहरुमा उत्साह थपिएको अभियानका संयोजक भेषराज पराजुलीले बताउनु भयो ।

No comments:

Post a Comment

Please, comment about this article.