Saturday, October 17, 2015

प्रहरी दिवशमा सरसफाई कार्यक्रम संचालन-Pokhara-News


पोखरा-आश्विन २८ गते,
६० औं प्रहरी दिवश २०७२ को अवसरमा कास्की प्रहरीले पोखराका बिभिन्न मठमन्दिर एवं फेवाताल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।आज मिति २०७२/०६/२८ गते बिहान ८:०० बजे देखि  पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक पंकज श्रेष्ठको नेतृत्वमा भएको सरसफाई कार्यक्रम अन्तर्गत पोखराको प्रसिद्व पर्यटकीय स्थल फेवाताल, विन्दवाशिनी मन्दिर, भद्रकाली मन्दिर,रामबजार स्थित कालिका मन्दिर, राममन्दिर, घलेचोक स्थित कृष्ण मन्दिर, टुटुंगा स्थित शिव मन्दिर लगायतका धार्मिक स्थल एवं मठमन्दिरहरुको सरसफाई गरिएको छ , उक्त सरसफाई कार्यक्रममा पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, गण्डकी अञ्चल प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी गण मुख्यालय पार्दी, अञ्चल सशस्त्र प्रहरी गुल्म गण्डकी, वडा प्रहरी कार्यालय बैदाम, बगर, रामबजारमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत एवं जवानहरु सहभागी भएका थिए ।
यसै गरी प्रहरी दिवश कै अवसरमा कर्तव्य निर्वाहको क्रममा सहादत प्राप्त विर अमर प्रहरीको चिर शान्तिको कामना गर्दै विन्दवाशिनी मन्दिरमा पुजा समेत गरिएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.