Saturday, September 12, 2015

अनैतिक क्रियाकलापमा संलग्न ब्यक्तिहरु पक्राउ-Pokhara News


पोखरा,भाद्र २५ गते,
    पोखरा बाग्लुङ बसपार्कमा यौन ब्यवसायमा संलग्न भई त्यहांबाट बिस्थापित महिलाहरु पोखराका बिभिन्न स्थानहरुमा बसीयौन ब्यवसाय संचालन गरिरहेका छन भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयूक्त प्रहरी टोलीले आज मिति २०७२/५/२५ गते दिनको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ८ स्थित जाल्पारोडमा रहेका बिभिन्न खाजाघरहरुमा चेकजांच गर्दा महिला र पुरुषहरु आपतिजनक अवस्थामा बसिरहेकोले  उक्त खाजाघरहरुबाट महिला ३१ जना र पुरुष १२ गरी जम्मा ४३ जनालाई नियन्त्रणमा लिई आबश्यक कारवाही प्रक्रिया अगाडि बढाईएको छ ।

District Police Office Kaski, Pokhara
जिल्ला प्रहरी कार्यालय कास्की

No comments:

Post a Comment

Please, comment about this article.