Saturday, November 28, 2015

प्रधानमन्त्रिलाई अनेरास्ववियुको ज्ञापन पत्र- Pokhara-News

पोखरा १२ मंसीर
अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीले मंसिर ९ गते सुनसरी जिल्लाको हरीपुर गाविसमा भारतिय सिमा सुरक्षा बल प्रवेश गरी अन्धाधुन्ध गोलि चलाउँदा चार जना घाईते भएको विषयमा नेपाल स्थित भारतिय राजदुताबासको कार्यालयले नेपालीहरुलाई गोली प्रहार नगरेको भन्ने विज्ञप्ती जारी गरेकोमा भारतिय राजदुत, घटनाका दोषि जवान र योजनाकारहरुलाई कारवाही लागि अन्र्तराष्ट्रिय अदालतमा उभ्याउनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी कास्की मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । अन्र्तराष्ट्रिय सन्धि सम्झौता उल्लब्घन गर्दै अमानविय रुपमा नाकाबन्दि गर्ने, खुलमखुल्ला नेपाल प्रवेशगरी नेपाली नागरीकामाथी गोलि प्रहार गर्ने, भारतिय लोकसभाका सांसदले नेपालको भुमि भारतकै हो भन्ने जस्ता हेपाहा अभिव्यक्ति दिनु भारतको नेपाल प्रतिको कुदृष्टि भएको हुँदा यस्तो अवस्थामा पनि नेपाल सरकार टुलुटुलु हेरेर बस्न नहुने भन्दै अब यो समस्या समाधानको लागि अन्र्तराष्ट्रिय अदालत जानु पर्ने ज्ञापन पत्रमा जनाईएको छ । अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतमद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा राष्ट्र जोगाउनको लागि गरिने नेपाल सरकारको जस्तो सुकै कदममा अनेरास्ववियुले साथ दिने बताईएको छ । ज्ञापन बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले विद्यार्थीले उठाएका कुराहरु समयसान्दर्भिक रहेको र यसलाई कार्यान्वयन गराउने तहमा पु¥याउने बचन दिएका थिए ।

No comments:

Post a Comment

Please, comment about this article.