Monday, November 9, 2015

तमु धिं जापानले लुम्ले पहिरोका लागी सहयोग-Tamu Dhi-Pokhara Nepal

पोखरा, गत श्रावण १४ गते
 कास्की जिल्लाका बिभिन्न ठाउंमा भारी बर्षा भई आएको बाढी पहिरोका कारण सबैभन्दा बढी क्षति भएको लुम्ले गाबिसको वडा नम्बर ५ र ६ मा तमु धिं जापानले पुर्ननिर्माणको लागी हालै आर्थिक सहयोग गरेको छ ।
केही समयका लागी नेपाल आउनु भएका तमु धिं जापानका सल्लाहाकार यामा शेरचन,गुरुड र पुर्ब अध्यक्ष श्रीजङ गुरुङले एक समारोहका बिच लुम्ले गाऊंमा नै पुगी पुर्ननिर्माण समितकिा संयोजक राम बहादुर गुरुङलाई पचास हजार रुपैयां नगद हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्नुहुंदै सल्लाहाकार यामा शेरचन गुरुङले सानो रकम भएतापनि तमु धिं जापानको तर्फबाट सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्नुहुंदै नेपालमा हुने यस्ता बिपदको घडीमा आफु र आफनो संस्था संधै मातृभुमी नेपाल र नेपालीको साथमा रहेको बताउनुभयो ।
तमु धिं जापानका पुर्ब अध्यक्ष श्रीजङ गुरुङले बिभिन्न कारणले नेपालीहरु बिदेशिनु परेतापनि मातृभुमीमा बिपद आइपर्दा आफनो संस्थाले सहयोग गर्दै आएको बताउनुभयो ।
स्थानिय समाजसेबी चित्र बहादुर गुरुङले संचालन गर्नुभएको कार्यक्रमका लागी तमु धिं जापानका बरिष्ठ उपाध्यक्ष तथा लुम्ले – वडा नम्बर ३ स्थायी  ठेगाना रहेका श्रीभक्क्त गुरुङले संयोजन
गर्नुभएको थियो । गत श्रावणको बर्षाबाट आएको बाढीले दश घरका २८ जना मानिसको निधन हुनुका साथै केही घाइते भएका थिए भने ३० घर पुर्णरुपमा क्षति भई बिस्थापित भएका छन ।

No comments:

Post a Comment

Please, comment about this article.