Friday, July 26, 2013

बारको साधारण सभा-Bar Association

पोखरा समाचारदाता 
पोखरा, साउन ११ गते । पुनरावेदन अदालत पोखराका न्यायधिश डिल्लीराज आचार्यले कानून व्यवसायलाई समय, सापिक्षित परिवर्तन गरि परमपरागत शैली छाडी आधुनिकिकरण तर्फ लैजानुपर्ने धारणा राख्नु भएको छ । पुनरावेदन अदालत बार एशोसिएसन पोखराको वार्षिक साधारण सभाको आज उद्घाटन गर्दै न्यायधिश आचार्यले कानून व्यवसायलाई विशिष्ट करण गरेर लैजान समेत सुझाव दिनुभयो । उहाँले क¥पोरेट व्यवसायको रुपमा संचालन गर्न सकेमा मात्र कानून व्यवसायी पनि सो पेशामा रहन सक्ने बताउदै सूचना प्रविधिको अधित्तम प्रयोग गर्न पनि कानून व्यवसायलाई आग्रह गर्नु भयो । 
कार्यक्रममा नेपाल बारका उपाध्यक्ष अनिता गुरुङले न्याय छिटोछरितो र सर्वसुलब तबरबाट उपलब्ध हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पुनरावेदन बार पोखराका पूर्वकोषाध्यक्ष शान्ति सिंह थापा, न्याय परिषदको निर्णयले पुनरावेदन अदालत विराटनगरको न्यायधिशमा नियुक्ति गरेकोमा सम्मान समेत गरेको छ । सो अवसरमा बोल्दै पुनरावेदन अदालतका न्यायधिश शान्ति सिंह थापाले निषपक्ष न्याय संम्पादन गरि पोखराको बारको गरिमा उच्च बनाउने अठोट व्यक्त गर्दै आफ्नो सफलतामा पोखराको कानूनी जगत भएको स्मरण गर्नु भयो ।
पुनरावेदन बार एशोसिएसन पोखराका अध्यक्ष मुकुन्द्रराज अर्यालको सभापत्तित्तवमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण बहादुर गुरुङ, कृष्ण थापा, जिल्ला बारको अध्यक्ष कमल अर्याल, अधिवक्ता दिलमाया भुजेल, रेडियो बाराहीका कार्यकारी निर्देशक एवम् संञ्चार समितिका संयोजक अधिवक्ता रमेश पौडेल, बारका उपाध्यक्ष सकुन्तला घिमिरे, जिल्ला अदालत कास्कीका श्रष्तेदार वासुदेव न्यौपाने, बारका पूर्व अध्यक्ष फडिन्द्रराज कोइराला लगायतले बार र बेन्चको सम्बन्धको बारेमा बोल्नु भएको थियो । कार्यक्रमको दोस्रो श्रत्रमा सचिव गणेश बहादुर थापा र कोषध्यक्ष दिपक बाँस्तोलाले प्रतिवेदन पेश गर्नु भएको थियो ।

कारागारबाट कैदी फरार


    मिति २०६९।१२।२० गतेबाट जवरजस्ती करणी मुद्धामा सम्मानित जिल्ला अदालतको आदेशले कारागार कार्यालय कास्कीमा पूर्पक्षको लागि थुनामा रहेको थुनुवाजि. कास्की सैमराङ्गगा.वि.स. वडा नं. ६ घर भई पोखरा १२माटेपानी बस्ने भिम बहादुर तामाङ्गको छोरा वर्ष २५को खजनाभन्ने हेम कुमार तामाङ्ग आज मिति २०७०/४/११ गते बिहान ०८:०० बजेको समयमा कारागार शाखा कास्कीको भित्रको फोहर बाहिर फ्याक्ने स्थानमा फाल्न भनी ल्याएको अवस्थामा प्रहरीलाई झुक्याई भागी फरार भएको ।उक्त फरार कैदीको भाग्न सक्ने संभावित र शंकास्पद एरियामा व्यापक खोज तलास भैरहेको छ । साथै उक्तघटनाको कसको लापरवाही, कमीकमजोरीको कारणबाट के कसरी हुनगएको भनि छानविनका लागि प्र.ना.उ. सन्तोष खड्का अध्यक्षतामा ७दिनभित्र प्रतिवेदन पेश गर्ने गरी तीन सदस्यीय टोली गठन भएको र सो टोलीले आजैबाट आफनो कार्य शुरु गरेको छ । उक्त घटनाको सम्बन्धमा छानविनको क्रममा आजैका मिति देखि लागू  हुने गरि कारागारमा कार्यरत प्र.ह.१ र प्र.ज. २ गरी ३ जनाप्रहरी कर्मचारीलाई निलम्वन गरी कारागार शाखाका प्रमुख प्र.ना.नि.लाई निलम्वनको लागि सिफारिश भई अन्य अनुसन्धानकार्य भईरहेको छ ।
मिति:२०७०/४/११ गते ।  
District Police Office Kaski, Pokhara.                 
जिल्लाप्रहरी कार्यालय, कास्की

युवतीको मृत्यु

    जि. स्याङ्गजाविचारीचौतारा ५ बस्ने वर्ष २० को त्रिलोचनशर्मा र जि. तनहुँदुलेगौडा २ बस्ने वर्ष १९ कि रुपा मगर मिति २०७०/४/१० गते अं. १२:०० बजेको समय माडेमसाईट स्थित होटल अशोकमा गई उक्त होटलको बाहिर बसीदुवैले चिसो (स्प्राईट) मगाई खाएका र अं. १५ मिनेट जति सोही स्थानमा बसी कुराकानी पश्चात सोही होटलको कोठा बुक गरी बसेकोमा केही समय पश्चात निज त्रिलोचन शर्मा टाउकोमा काटिएको गम्भिर चोट सहित कोठा बाहिर आई मलाई निज केटीले खुकुरी प्रहार गरिन उपचारको लागिपठाई दिनु होस भनिभने पश्चात उक्त होटलबाट तत्काल प्रहरीलाई खवर गरी निज घाईतेलाई उपचारको लागि फेवासिटीमा पठाएकोमा त्यहाँ उपचार हुन नसकि मणिपाल शिक्षण अस्पतालमा पु¥याई सघन उपचार कक्षमाउपचाररत रहेको ।सूचना प्राप्त हुना साथ तत्काल खटिई गएको प्रहरी टोली उक्त होटलमा गई हेर्दा भित्रबाट ढोकामाचुकुल लगाएको पाए पछि बाहिर झ्यालबाट हेर्दा सलले सोही कोठामा रहेको पंखामाझुण्डिई रहेको अवस्थामाभेटिएको । निज केटीको मृतकशवकोपोष्टमार्टमकोकार्य सम्पन्नभई अन्य अनुसन्धानभईरहेको छ ।

फिर्के खोलामा वेपत्ताभएकाव्यक्तिको शव भेटियो

    मिति २०७०/४/९ गते साँझको समयमाफिर्के खोलामाखसी वेपत्ताभएकाजि. कास्कीपोखरा उप.म.न.पा. वडा नं. ४ बस्ने वर्ष ५० का केशव पराजुलीको मिति २०७०।४।९ देखि   नेपालप्रहरी, सशस्त्रप्रहरी बल र नेपाली सेना समेतको टोलीले खोजतलास गरिरहेकोमाआजमिति २०७०/४/११ गते अं. १:२५ बजेको समयमापोखरा १७ स्थितफिर्के र फेवातालको संगमस्थिलनजिकफेवातालमा तैरिरहेको अवस्थामा फेला परेको छ । उक्त मृतकको लासजाँचलगायतको अनुसन्धानकार्य सम्पन्न गरी प.क्षे.अस्पतालपोखराबाटपोष्टमार्टम पश्चातआफन्तको जिम्मादिईएको ।

Sunday, July 14, 2013

डिजिटल साउन्ड एण्ड भिजनको शुभारम्भ पोखरामा-Opening of Digital Sound & Vision in Pokhara


    पोखराको व्यस्त बजार न्यूरोडमा इलेक्ट्रोनिक टी.भी., फ्रिज, डी फ्रीज, साउन्ड सिस्टम, म्युजिक प्लेयर, होम एप्लाएन्सेज, किचेन वेयर, घडी, मोबाइल, एअरकुलर, फ्यान लगायतका सम्पूर्ण घरायसी सामानहरूको ब्रान्डेड सो–रूम डिजिटल साउन्ड एण्ड भिजनको शुभारम्भ भएको छ ।
    सो–रूमको नेपाली चलचित्र जगत्का चर्चित नायक राजबल्लभ कोइरालाद्वारा उद्घाटन गरिएको थियो । २० वर्षअगाडि न्यू साउन्ड एण्ड भिजन महेन्द्रपुलबाट सुरू भएको यस व्यावसायिक यात्राको विस्तारित स्वरूप नै यस डिजिटल साउन्ड एण्ड भिजनको बृहत् सो–रूम भएको व्यहोरा यसका सञ्चालक मनोहर श्रेष्ठले उद्घाटनको क्रममा आगन्तुकहरूलाई स्वागत गर्दै बताउनुभएको थियो ।
    साथै उहाँले आफू यस स्थानमा आइपुग्न आफ्ना आदरणीय ग्राहकहरूले दर्शाउनुभएको अपार माया र सद्भावप्रति धन्यवाद ज्ञापन गर्नुभयो । साथै प्रमुख अतिथिज्यूले डिजिटल साउन्ड एण्ड भिजनको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    यस स्टोरमा हाल एलजी, सीजी, पानासोनिक लगायत विश्वप्रसिद्ध ब्राण्डका हरेक सामानहरू सुपथ मूल्यमा उपलब्ध गराइएको छ । साथै बिक्रीपछिको सेवामा सधैं प्रतिबद्ध रहने सो–रूमका सञ्चालक श्रेष्ठले बताउनुभयो ।
    यस सो–रूमको शुभारम्भको अवसरमा हरेक सामानमा १० देखि २५ प्रतिशतसम्म छुटको साथै उपहारको व्यवस्था गरिएको छ