Friday, July 26, 2013

कारागारबाट कैदी फरार


    मिति २०६९।१२।२० गतेबाट जवरजस्ती करणी मुद्धामा सम्मानित जिल्ला अदालतको आदेशले कारागार कार्यालय कास्कीमा पूर्पक्षको लागि थुनामा रहेको थुनुवाजि. कास्की सैमराङ्गगा.वि.स. वडा नं. ६ घर भई पोखरा १२माटेपानी बस्ने भिम बहादुर तामाङ्गको छोरा वर्ष २५को खजनाभन्ने हेम कुमार तामाङ्ग आज मिति २०७०/४/११ गते बिहान ०८:०० बजेको समयमा कारागार शाखा कास्कीको भित्रको फोहर बाहिर फ्याक्ने स्थानमा फाल्न भनी ल्याएको अवस्थामा प्रहरीलाई झुक्याई भागी फरार भएको ।उक्त फरार कैदीको भाग्न सक्ने संभावित र शंकास्पद एरियामा व्यापक खोज तलास भैरहेको छ । साथै उक्तघटनाको कसको लापरवाही, कमीकमजोरीको कारणबाट के कसरी हुनगएको भनि छानविनका लागि प्र.ना.उ. सन्तोष खड्का अध्यक्षतामा ७दिनभित्र प्रतिवेदन पेश गर्ने गरी तीन सदस्यीय टोली गठन भएको र सो टोलीले आजैबाट आफनो कार्य शुरु गरेको छ । उक्त घटनाको सम्बन्धमा छानविनको क्रममा आजैका मिति देखि लागू  हुने गरि कारागारमा कार्यरत प्र.ह.१ र प्र.ज. २ गरी ३ जनाप्रहरी कर्मचारीलाई निलम्वन गरी कारागार शाखाका प्रमुख प्र.ना.नि.लाई निलम्वनको लागि सिफारिश भई अन्य अनुसन्धानकार्य भईरहेको छ ।
मिति:२०७०/४/११ गते ।  
District Police Office Kaski, Pokhara.                 
जिल्लाप्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.