Sunday, July 14, 2013

डिजिटल साउन्ड एण्ड भिजनको शुभारम्भ पोखरामा-Opening of Digital Sound & Vision in Pokhara


    पोखराको व्यस्त बजार न्यूरोडमा इलेक्ट्रोनिक टी.भी., फ्रिज, डी फ्रीज, साउन्ड सिस्टम, म्युजिक प्लेयर, होम एप्लाएन्सेज, किचेन वेयर, घडी, मोबाइल, एअरकुलर, फ्यान लगायतका सम्पूर्ण घरायसी सामानहरूको ब्रान्डेड सो–रूम डिजिटल साउन्ड एण्ड भिजनको शुभारम्भ भएको छ ।
    सो–रूमको नेपाली चलचित्र जगत्का चर्चित नायक राजबल्लभ कोइरालाद्वारा उद्घाटन गरिएको थियो । २० वर्षअगाडि न्यू साउन्ड एण्ड भिजन महेन्द्रपुलबाट सुरू भएको यस व्यावसायिक यात्राको विस्तारित स्वरूप नै यस डिजिटल साउन्ड एण्ड भिजनको बृहत् सो–रूम भएको व्यहोरा यसका सञ्चालक मनोहर श्रेष्ठले उद्घाटनको क्रममा आगन्तुकहरूलाई स्वागत गर्दै बताउनुभएको थियो ।
    साथै उहाँले आफू यस स्थानमा आइपुग्न आफ्ना आदरणीय ग्राहकहरूले दर्शाउनुभएको अपार माया र सद्भावप्रति धन्यवाद ज्ञापन गर्नुभयो । साथै प्रमुख अतिथिज्यूले डिजिटल साउन्ड एण्ड भिजनको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    यस स्टोरमा हाल एलजी, सीजी, पानासोनिक लगायत विश्वप्रसिद्ध ब्राण्डका हरेक सामानहरू सुपथ मूल्यमा उपलब्ध गराइएको छ । साथै बिक्रीपछिको सेवामा सधैं प्रतिबद्ध रहने सो–रूमका सञ्चालक श्रेष्ठले बताउनुभयो ।
    यस सो–रूमको शुभारम्भको अवसरमा हरेक सामानमा १० देखि २५ प्रतिशतसम्म छुटको साथै उपहारको व्यवस्था गरिएको छ

No comments:

Post a Comment

Please, comment about this article.