Friday, July 12, 2013

सेतीनदिले बगाई बेपत्ता

 सेती नदिको किनारामा बसी बाढीले बगाई ल्याएको दाउरा खोलाबाट झिकी बिक्री गर्दै आएका जिल्ला ओखलढुंगा स्थाई घर घई हाल जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.(११ रामघाट, सुकुम्बासीबस्ती परोपकारटोल बस्ने अ.बर्ष(३६ का रवि पौडेल मिति २०७०।०३।२७ गते बिहना ०५:३० बजेको समयमा रामघाटबाट सेतीनदिको बाढीले बगाई ल्याएको मुडा झिक्ने क्रममा अचानक नदिले बगाई बेपत्ता भएका छन् । हाल निजको खोजतलास कार्य जारी रहेको छ ।
    यसरी नदिकिनारका अन्य स्थानहरुबाट समेत बालुवा, ढुंगा, गिटी, दाउरा तथा काठ पात झिक्ने कार्य भई रहेको हुंदा वर्षातको समयमा पानीको मात्रा बढी भई नदिको बाहाव समेत बढ्न जाने भएकोले उक्त प्रकृतीको दुर्घटना घट्न सक्ने हुंदा वर्षातको अबधिभर नदिको अवस्था हेरी बालुवा, ढुंगा, गिटी, दाउरा तथा काठ पात झिक्ने कार्य गर्नु हुन सम्बद्द सबै सर्ब साधारण जानकारीको लागी जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध । 

जिल्ला प्रहरी कार्यालय कास्की ।                
 मिति २०७०।०३।२७ गते ।

No comments:

Post a Comment

Please, comment about this article.