Friday, July 12, 2013

वडा प्रहरी कार्यालय बगर कास्कीमा थुनुवा भेटघाट कक्षको शिलान्यास

वडा प्रहरी कार्यालय बगर कास्कीमा एक थुनुवा भेटघाट कक्षको निर्माण कार्य हुंने भएको छ । मिति २०७०/०३/२७ गते बिहान ०९:१५ बजेको समयमा भवन निर्माण समितिका कोषाध्यक्ष चित्र बहादुर थापाको अध्यक्षतामा वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्रहरी निरीक्षक रोशन खड्का र भवन निर्माण समितिका जेष्ठ सदस्य टंकनाथ पौडेलले स्थानिय जनता र प्रहरीको ब्यापक उपस्थितिमा सयुंक्त रुपमा उक्त भेटघाट कक्षको सिलान्यास गर्नु भएको हो । उक्त शिलान्यास कार्यक्रममा भवन निर्माण समितिका सल्लाहाकार सिता गुरुङ, सदस्यहरु सुर्य प्रसाद अधिकारी, माया गिरी, ईन्द्र बहादुर भारी, बिष्णु शंकर ख्वाजु, बुद्विजिवी सन्देश गुरुङ समेतको उपस्थिती थियो । हिरासतमा रहेका थुनुवाहरुलाई आफन्तले भेटघाट गर्नको लागि हुने गरेको असुविधालाई मध्यनजर राखी सुविधा सम्पन्न थुनुवा भेटघाट कक्ष निर्माण गर्न लागेको वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्रहरी निरीक्षक रोशन खड्काले जानकारी दिनु भयो ।

No comments:

Post a Comment

Please, comment about this article.