Sunday, June 30, 2013

प्रेश युनियन पश्चिमाञ्चलद्धारा शर्माको स्वास्थ्य लाभको कामना

पोखरा, असार १६ गते । नेपाल प्रेस युनियनका पश्चिमाञ्चल संयोजक एवम् बोडकाष्ट्रिङ एशोसिएसन अफ नेपालका केन्द्रीय सदस्य रमेश पौडेलले आज एक विज्ञपि प्रकाशित गरी प्रेश स्वतन्त्र सेनानी एवम् पे्रस काउन्सिल नेपालका सदस्य माधव शर्माको सिघ्र्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । उहाँको मष्तिसक सामान्य समस्या आएपछि चार दिनदेखि काठमाण्डौंमा उपचार गराई रहनु भएको छ ।

अग्रज पत्रकार शर्मा काठमाण्डौंस्थित बयोदा अस्पतालमा उपचार भईरहेकोमा प्रेश युनियन पश्चिमाञ्चल क्षेत्रीय समितिले उहाँको सिघ्र्र स्वास्थ्य लाभको कामना गरेको हो । उहाँको स्वास्थ्य लाभ भईरहेकोमा विज्ञत्ति मार्फत पौडेलले खुसीसमेत व्यक्त गर्नु भएको छ ।

पोखरा हटलाइनका प्रधान सम्पादकसमेत रहनु भएका पौडेलको रेडियो बाराहीका तर्फबाट पनि सिर्घ्र स्वास्थ्य लाभको कामना गरिएको छ । 


No comments:

Post a Comment

Please, comment about this article.