Sunday, July 14, 2013

डिजिटल साउन्ड एण्ड भिजनको शुभारम्भ पोखरामा-Opening of Digital Sound & Vision in Pokhara


    पोखराको व्यस्त बजार न्यूरोडमा इलेक्ट्रोनिक टी.भी., फ्रिज, डी फ्रीज, साउन्ड सिस्टम, म्युजिक प्लेयर, होम एप्लाएन्सेज, किचेन वेयर, घडी, मोबाइल, एअरकुलर, फ्यान लगायतका सम्पूर्ण घरायसी सामानहरूको ब्रान्डेड सो–रूम डिजिटल साउन्ड एण्ड भिजनको शुभारम्भ भएको छ ।
    सो–रूमको नेपाली चलचित्र जगत्का चर्चित नायक राजबल्लभ कोइरालाद्वारा उद्घाटन गरिएको थियो । २० वर्षअगाडि न्यू साउन्ड एण्ड भिजन महेन्द्रपुलबाट सुरू भएको यस व्यावसायिक यात्राको विस्तारित स्वरूप नै यस डिजिटल साउन्ड एण्ड भिजनको बृहत् सो–रूम भएको व्यहोरा यसका सञ्चालक मनोहर श्रेष्ठले उद्घाटनको क्रममा आगन्तुकहरूलाई स्वागत गर्दै बताउनुभएको थियो ।
    साथै उहाँले आफू यस स्थानमा आइपुग्न आफ्ना आदरणीय ग्राहकहरूले दर्शाउनुभएको अपार माया र सद्भावप्रति धन्यवाद ज्ञापन गर्नुभयो । साथै प्रमुख अतिथिज्यूले डिजिटल साउन्ड एण्ड भिजनको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    यस स्टोरमा हाल एलजी, सीजी, पानासोनिक लगायत विश्वप्रसिद्ध ब्राण्डका हरेक सामानहरू सुपथ मूल्यमा उपलब्ध गराइएको छ । साथै बिक्रीपछिको सेवामा सधैं प्रतिबद्ध रहने सो–रूमका सञ्चालक श्रेष्ठले बताउनुभयो ।
    यस सो–रूमको शुभारम्भको अवसरमा हरेक सामानमा १० देखि २५ प्रतिशतसम्म छुटको साथै उपहारको व्यवस्था गरिएको छ

Friday, July 12, 2013

सेतीनदिले बगाई बेपत्ता

 सेती नदिको किनारामा बसी बाढीले बगाई ल्याएको दाउरा खोलाबाट झिकी बिक्री गर्दै आएका जिल्ला ओखलढुंगा स्थाई घर घई हाल जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.(११ रामघाट, सुकुम्बासीबस्ती परोपकारटोल बस्ने अ.बर्ष(३६ का रवि पौडेल मिति २०७०।०३।२७ गते बिहना ०५:३० बजेको समयमा रामघाटबाट सेतीनदिको बाढीले बगाई ल्याएको मुडा झिक्ने क्रममा अचानक नदिले बगाई बेपत्ता भएका छन् । हाल निजको खोजतलास कार्य जारी रहेको छ ।
    यसरी नदिकिनारका अन्य स्थानहरुबाट समेत बालुवा, ढुंगा, गिटी, दाउरा तथा काठ पात झिक्ने कार्य भई रहेको हुंदा वर्षातको समयमा पानीको मात्रा बढी भई नदिको बाहाव समेत बढ्न जाने भएकोले उक्त प्रकृतीको दुर्घटना घट्न सक्ने हुंदा वर्षातको अबधिभर नदिको अवस्था हेरी बालुवा, ढुंगा, गिटी, दाउरा तथा काठ पात झिक्ने कार्य गर्नु हुन सम्बद्द सबै सर्ब साधारण जानकारीको लागी जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध । 

जिल्ला प्रहरी कार्यालय कास्की ।                
 मिति २०७०।०३।२७ गते ।

वडा प्रहरी कार्यालय बगर कास्कीमा थुनुवा भेटघाट कक्षको शिलान्यास

वडा प्रहरी कार्यालय बगर कास्कीमा एक थुनुवा भेटघाट कक्षको निर्माण कार्य हुंने भएको छ । मिति २०७०/०३/२७ गते बिहान ०९:१५ बजेको समयमा भवन निर्माण समितिका कोषाध्यक्ष चित्र बहादुर थापाको अध्यक्षतामा वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्रहरी निरीक्षक रोशन खड्का र भवन निर्माण समितिका जेष्ठ सदस्य टंकनाथ पौडेलले स्थानिय जनता र प्रहरीको ब्यापक उपस्थितिमा सयुंक्त रुपमा उक्त भेटघाट कक्षको सिलान्यास गर्नु भएको हो । उक्त शिलान्यास कार्यक्रममा भवन निर्माण समितिका सल्लाहाकार सिता गुरुङ, सदस्यहरु सुर्य प्रसाद अधिकारी, माया गिरी, ईन्द्र बहादुर भारी, बिष्णु शंकर ख्वाजु, बुद्विजिवी सन्देश गुरुङ समेतको उपस्थिती थियो । हिरासतमा रहेका थुनुवाहरुलाई आफन्तले भेटघाट गर्नको लागि हुने गरेको असुविधालाई मध्यनजर राखी सुविधा सम्पन्न थुनुवा भेटघाट कक्ष निर्माण गर्न लागेको वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्रहरी निरीक्षक रोशन खड्काले जानकारी दिनु भयो ।

Sunday, June 30, 2013

प्रेश युनियन पश्चिमाञ्चलद्धारा शर्माको स्वास्थ्य लाभको कामना

पोखरा, असार १६ गते । नेपाल प्रेस युनियनका पश्चिमाञ्चल संयोजक एवम् बोडकाष्ट्रिङ एशोसिएसन अफ नेपालका केन्द्रीय सदस्य रमेश पौडेलले आज एक विज्ञपि प्रकाशित गरी प्रेश स्वतन्त्र सेनानी एवम् पे्रस काउन्सिल नेपालका सदस्य माधव शर्माको सिघ्र्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । उहाँको मष्तिसक सामान्य समस्या आएपछि चार दिनदेखि काठमाण्डौंमा उपचार गराई रहनु भएको छ ।

अग्रज पत्रकार शर्मा काठमाण्डौंस्थित बयोदा अस्पतालमा उपचार भईरहेकोमा प्रेश युनियन पश्चिमाञ्चल क्षेत्रीय समितिले उहाँको सिघ्र्र स्वास्थ्य लाभको कामना गरेको हो । उहाँको स्वास्थ्य लाभ भईरहेकोमा विज्ञत्ति मार्फत पौडेलले खुसीसमेत व्यक्त गर्नु भएको छ ।

पोखरा हटलाइनका प्रधान सम्पादकसमेत रहनु भएका पौडेलको रेडियो बाराहीका तर्फबाट पनि सिर्घ्र स्वास्थ्य लाभको कामना गरिएको छ । 


Saturday, June 22, 2013

गाँजा सहित पक्राउ Man Caught with Weed

 
   मिति २०७०/३/८ गते पोखरा नयाँबजारबाट वर्ष २६को सुर्य बहादुर पाण्डे क्षेत्रीको साथबाट ३०० ग्राम गाँजा सहित पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको
 मिति : २०७०।३।८ गते
जिल्ला प्रहरी कार्यालय, कास्की