Friday, May 31, 2013

Dead body found!-मृतक लाश फेला परेको

  16th Jestha,2070. A rotten dead body has been found in a community forest situated at Krishi Nachne Chaur V.D.C. Ward No. 9, Kaski. The identity has not yet been disclosed. The dead person is estimated to be of around 35-40 yrs. The body is kept at The Regional Hospital and further investigation is going on.The dead person was wearing a blue Adidas Track top & a white T-shirt.

Date : 2070/02/17
District Police Office, Kaski


Thursday, May 30, 2013

गुण्डागर्दी गर्ने पक्राउ

    सर्वसाधारणलाई डर धाक धम्की दिई अवैध रुपमा रकम असुली गर्ने तथा समाजिक विकृत्तिमा संलग्न रहेका जिल्ला लम्जुङ्ग पसगाउँ –३ घर भई हाल पोखरा उप.म.न.पा. वडा नं. १२ सिंगापुरेटोल बस्ने वर्ष २७ को थल बहादुर गुरुङ्गलाई आज मिति २०७०/२/१६ गते पोखराको चिप्लेढुंगाबाट पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्की

जुवातास खेल्ने पक्राउ-Gamblers Arrested

  मिति २०७०।२।१६ गते पोखरा उप.म.न.पा. वडा नं. ९ नयाँबजार स्थित थकाली भान्सा घरमा अवैध रुपमा जुवातास खेल्दा खेल्दै गरेको अवस्थामा नगद रु. ३५,७०० (पैतिस हजार सात सय ) र तास सहित ६ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।

Tuesday, May 28, 2013

घुम्ती सेवा र टोलीबाट वितरण भएको नागरिकता सम्वन्धी विवरण

२०७०/०१/१३ देखि शुरु भएको एकीकृत घुम्ती सेवा कार्यक्रम तथा २०७०/०१/१५ देखि शुरु भएको नागरिकता वितरण एवंमतदाता नामावली संकलन सम्वन्धी सम्पादित कार्यको संक्षिप्त जानकारी

जिल्ला सदरमुकाम सँग सहज पहुच नभएका तथा विभिन्न कारणले नेपाली नागरिकताको प्रमाणपत्र लिन नसकेका ग्रामीण इलाकाका वासिन्दाहरुलाई निजहरुको घरदैलो नजिकैबाट नेपाली नागरिकताको प्रमाणपत्र दिई निकट भविश्यमा हुने निर्वाचनका लागि योग्य मतदाताहरुको नामावली अध्यावधिक गर्ने अभिप्रायले नेपाल सरकार गृह मन्त्रालय र निर्वाचन आयोग समेतको कार्यक्रम अनुसार यस जिल्लामा २   (दुई) चरणमा उल्लेखित कार्यक्रम संचालन गरिएको थियो ।

Sunday, May 26, 2013

जुवातास खेल्ने पक्राउ (Gamblers arrested In Pokhara)

१)    मिति २०७०/२/१२ गते पोखरा १२ चापापानीमा तास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले ८ जनालाई तास र नगद रु. ८,५००।– सहित पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।
२)    मिति २०७०/२/१२ गते पोखरा ९ शान्तिनगर र नयाँबजारमा तास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले १२ जनालाई तास र नगद रु. ३४ हजार सहित पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।

मिति : २०७०/२/१२ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की