मिति २०७०।२।१६ गते पोखरा उप.म.न.पा. वडा नं. ९ नयाँबजार स्थित थकाली भान्सा घरमा अवैध रुपमा जुवातास खेल्दा खेल्दै गरेको अवस्थामा नगद रु. ३५,७०० (पैतिस हजार सात सय ) र तास सहित ६ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
Thursday, May 30, 2013
Tuesday, May 28, 2013
घुम्ती सेवा र टोलीबाट वितरण भएको नागरिकता सम्वन्धी विवरण
२०७०/०१/१३ देखि शुरु भएको एकीकृत घुम्ती सेवा कार्यक्रम तथा २०७०/०१/१५ देखि शुरु भएको नागरिकता वितरण एवंमतदाता नामावली संकलन सम्वन्धी सम्पादित कार्यको संक्षिप्त जानकारी
जिल्ला सदरमुकाम सँग सहज पहुच नभएका तथा विभिन्न कारणले नेपाली नागरिकताको प्रमाणपत्र लिन नसकेका ग्रामीण इलाकाका वासिन्दाहरुलाई निजहरुको घरदैलो नजिकैबाट नेपाली नागरिकताको प्रमाणपत्र दिई निकट भविश्यमा हुने निर्वाचनका लागि योग्य मतदाताहरुको नामावली अध्यावधिक गर्ने अभिप्रायले नेपाल सरकार गृह मन्त्रालय र निर्वाचन आयोग समेतको कार्यक्रम अनुसार यस जिल्लामा २ (दुई) चरणमा उल्लेखित कार्यक्रम संचालन गरिएको थियो ।

Sunday, May 26, 2013
जुवातास खेल्ने पक्राउ (Gamblers arrested In Pokhara)
१) मिति २०७०/२/१२ गते पोखरा १२ चापापानीमा तास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले ८ जनालाई तास र नगद रु. ८,५००।– सहित पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।
२) मिति २०७०/२/१२ गते पोखरा ९ शान्तिनगर र नयाँबजारमा तास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले १२ जनालाई तास र नगद रु. ३४ हजार सहित पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
मिति : २०७०/२/१२ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की

सवारी दुर्घटना Bike Accident in Pokhara
मिति २०७०/२/१२ गते अं. ०८:०० बजेको समयमा जिल्ला कास्की पोखरा ८ सिमलचौरमा सृजनाचोकबाट राष्ट्रबैंकचोक तर्फ जाँदै गरेको ग.८.प. २४०३ नं. को मोटरसाईकल र विपरित दिशा बाट आउँदै गरेको ग.३.प. ७५३१ नं. को स्कुटर एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला बारा बेल्दारी ६ घर भई हाल पोखरा ८ बगालेटोल बस्ने वर्ष २८ को गुल्तेन महतो नुनिया घाईते भई उपचारको लागि गण्डकी अस्पताल हुँदै मणिपाल शिक्षण अस्पतालमा पु¥याई उपचारको क्रममा एै. १०:०५ बजेको समयमा मृत्यु भएको, दुवै सवारी साधन र स्कूटर चालक पोखरा १ बगर बस्ने वर्ष ५६ को प्रेम पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कारवाही भईरहेको छ ।
Saturday, May 25, 2013
सडक अवरोध गर्ने प्रर्दशनकारी पक्राउ-
मिति २०७०/१/२९ गते जिल्ला कास्की ले.न.पा. १३ स्थित पृथ्वीराजमार्गको लामेअहाल भन्ने स्थानमा चालक सन्त बहादुर गुरुङ्गले चलाएको ग.१.ख. ३४३८ नं. को ट्रकको ठक्करबाट बा.४.च. ६२३३ नं. को कारमा सवार ले.न.पा. ४ बस्ने वर्ष ३५ का अनंगम राज तिमिल्सेनाको मृत्यु भई उक्त कारमा सवार अन्य ३ जना व्यक्तिहरु घाईते भएको घट्नाको सम्बन्धमा यस कार्यालयबाट ट्रक तथा चालक समेतलाई नियन्त्रणमा लिई कानून बमोजिम अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढिरहेको अवस्थामा उक्त घटनाका पीडित पक्षहरुले कानून बमोजिम बाहेक थप क्षतिपूर्ति उपलव्ध गराउनु पर्ने माग राखी सडक अवरोध गरी प्रर्दशनमा उत्रिएको हुँदा अवरुद्ध सडक खुलाउने क्रममा ३७ जना महिला र ४४ जना पुरुष गरी ८१ जना प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिईएकोमा निजहरुलाई आजै साँझ छाडिएको ।
मिति: २०७०/२/११ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
Subscribe to:
Comments (Atom)