Saturday, May 25, 2013

सडक अवरोध गर्ने प्रर्दशनकारी पक्राउ-


    मिति २०७०/१/२९ गते जिल्ला कास्की ले.न.पा. १३ स्थित पृथ्वीराजमार्गको लामेअहाल भन्ने स्थानमा चालक सन्त बहादुर गुरुङ्गले चलाएको ग.१.ख. ३४३८ नं. को ट्रकको ठक्करबाट बा.४.च. ६२३३ नं. को कारमा सवार ले.न.पा. ४ बस्ने वर्ष ३५ का अनंगम राज तिमिल्सेनाको मृत्यु भई उक्त कारमा सवार अन्य ३ जना व्यक्तिहरु घाईते भएको घट्नाको सम्बन्धमा यस कार्यालयबाट ट्रक तथा चालक समेतलाई नियन्त्रणमा लिई कानून बमोजिम अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढिरहेको अवस्थामा उक्त घटनाका पीडित पक्षहरुले कानून बमोजिम बाहेक थप क्षतिपूर्ति उपलव्ध गराउनु पर्ने माग राखी सडक अवरोध गरी प्रर्दशनमा उत्रिएको हुँदा  अवरुद्ध सडक खुलाउने क्रममा ३७ जना महिला र ४४ जना पुरुष गरी ८१ जना प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिईएकोमा निजहरुलाई आजै साँझ छाडिएको ।
मिति: २०७०/२/११ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.