Monday, December 26, 2011

Pokhara - one of the must visit places during your holidays - पोखरा किन घुम्नै पर्ने ठाऊ हो?

Pokhara
Paragliding from Sarangkot to Sedi - one of the most loved tourist adventures in Pokhara
Christmas and New Year, and much more festive occasions to observe. We Nepalese even have many holidays than any other nationalities, eventually we got a lot of time to spend during holidays and travel inside and outside the country. If you have not yet visited and stayed in Pokhara for even a single day, consider reading this article to ensure to list a place to visit in your next holiday travel itenary.

विधेयक पास भए मानवअधिकार आयोग बन्द गर्नुपर्ने: श्रेष्ठ

बन्न लागेको नयाँ संविधानमा राष्ट्रिय मानवअधिकार आयोगको काम कर्तव्य, अधिकार, स्वायत्तता र स्वतन्त्रता खोसिएको भन्दै कास्कीका मानवअधिकारकर्मी, पत्रकार, बुद्धिजीवि, पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराले सोमबार पोखरामा आयोजना गरेको राष्ट्रिय मानवअधिकार आयोगको स्वायत्तता र स्वतन्त्रता विषयक छलफल कार्यक्रमका वक्ताहरुले चिन्ता प्रकट गरेका हुन् । कार्यक्रममा राष्ट्रिय मानवअधिकार महाभेलाका संयोजक प्रा. कपिल श्रेष्ठले नेपालका राजनैतिक दलहरुले मानवअधिकारका ठूला ठूला भाषण मात्र गर्ने र काम नगर्ने प्रवृत्त भएको बताउनुभयो । उँहाले नयाँ संविधानका लागि बनेको विधेयक पास भएमा राष्ट्रिय मानवअधिकार आयोग बन्द गरेर बसे पनि कुनै फरक नपर्ने बताउनुभयो । श्रेष्ठले नेपालका सबै राजनैतिक दलहरु यथास्थितिवादी हुनु र परिवर्तनशिल हुन नचाहनुले पनि दिनप्रतिदिन मानवअधिकारका घटनाहरु बढ्दै गएको बताउनुभयो । उँहाले नेपाली काँङ्ग्रेस र एकिकृत नेकपा माओवादीले हत्यारालाई आममाफिको प्रक्रिया थालेको र एमालेले द्धैध चरित्र देखाएको आरोप लगाउनुभयो । सरकारले ओएचसिएचआरको म्याद नथप्नाले पनि मानवअधिकार आयोग केही कमजोर देखिएको बताउनुभएको थियो । सो अवसरमा वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले अब मानवअधिकारकर्मीहरुले मानवअधिकारको संरक्षण गर्नका लागि आन्दोलन गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संवाद नेपालका अध्यक्ष निलकण्ठ शर्मा, इन्सेक क्षेत्रीय कार्यालय पोखराका निर्देशक शिव खकुरेल, वरिष्ठ मानवअधिकरकर्मी खगराज आचार्य, मानवअधिकार पत्रकार संघ(हुर्जा) कास्कीका महासचिव वीरेन्द्र सापकोटा, राष्ट्रिय सम्पदाका महासचिव रामबहादुर पौडेल, पुनरावेदन वार एशोसिएशन पोखराका सचिव कृष्ण प्रसाद तिमिल्सिना, एड्भोकेसि फोरम नेपाल पोखराकी संयोजक सरला पाण्डे लगायतका वक्ताहरुले अब ७५ जील्लाबाट मानवअधिकारको संरक्षणका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Friday, December 23, 2011

ट्याक्सी इकाई समितिको एघारौ अधिवेशन

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याक्सी इकाई समितिको एघारौ अधिवेशन ‘अब बन्ने संविधान यातायात मजदुरको सामाजिक सुरक्षा र सम्मान भन्ने मुल नाराका साथ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सभाहलमा सम्पन्न भयो ।
कार्याक्रमको उद्घाटन संगठनका केन्द्रिय सल्लाहकार ईन्द्र बहादुर गुरुङ्गले पानसमा दिप प्रज्वलन गरि गर्नु  भयो । प्रमुख अतिथि गुरुङ्गले अहिलेको जटिल अवस्थामा यातायात मजदुरहरु एक जुट हुनु पर्ने र आफ्नो हक अधिकार प्राप्तीका लागी आवाज बुलन्द गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

केन्द्रिय महासचिव रुद्र बहादुर खत्री, जिफण्ट अंचल सदस्य नन्दलनल अधिकारी,केन्द्रिय शिक्षा विभाग सदस्य तुलसी दाहाल,संगठनका अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्री,कामु प्र.जि.अ.ईश्वर रान रेग्मी, प्र.नि.कृष्ण अर्याल, ट्रफिक प्रहरी कार्यालयका प्रमुख प्र.नि.वीर बहादुर बुढामगर,अंचल सदस्य शिव प्रसाद अर्याल,माईक्रो इकाई अध्यक्ष हरिश्चन्द्र बजा्रचार्य लगायतका अतिथिहरुले अधिबेशनको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रमा सरुवा भई आउनु भएका कामु प्र.जि.अ. ईश्वर राज रेग्मी,प्र.नि.कृष्ण अर्याल,ट्रफिक प्रहरी कार्यालयका प्रमुख प्र.नि.वीर बहादुर बुढामगर लाई कार्याकालको सफलताको लागी शुभकामना सहित स्वगत तथा सम्मान सम्मान गरिएको थियो ।

Thursday, December 22, 2011

हुर्जा नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा छत्रशंकर

“मानवअधिकार उल्ल्ंघन विरुद्ध सञ्चार अभियान” भन्ने मूल नाराका साथ स्थापित मानवअधिकार पत्रकार संघ(हुर्जा) नेपालको सम्पन्न सातौँ साधारणसभा तथा दोश्रो अधिवेशन एक कार्यक्रमका बिच बिहीबार सम्पन्न भएको छ । अधिवेशनले पुन : छत्रबहादुर शंकरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रीमा झा, महासचिव गणेशप्रसाद घिमिरे, कोषाध्यक्ष किशोरकुमार पौडेल निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा क्रमश: विश्वनाथ आचार्य, कालिका खड्का, सन्देश सिम्खडा, टिकाश्वरी राई, निमेशजङ्ग राई, प्रज्ञा लम्साल र मिना शर्मा चयन हुनुभएको संघका केन्द्रिय महासचिव गणेशप्रसाद घिमिरेले जानकारि दिनुभयो । हुर्जा नेपालले आफनो शाखा कास्कीको पोखरामा मात्र गठन गरेको र अन्य क्षेत्रमा पनि शाखा विस्तार गरिने संघका अध्यक्ष छत्रशंकरले बताउनुभयो । कास्कीमा गठन भएको मानवअधिकार पत्रकार संघ(हुर्जा)ले मानवअधिकारसँग सम्बन्धित रहेर आफनो कार्यक्रमहरु गरिरहेको र हुर्जा नेपालमा निर्वाचित भएर आउनुभएका नवनिवार्चित कार्यसमितिहरुलाई संघका महासचिव वीरेन्द्र सापकोटाले कास्की शाखाको तर्फबाट बधाई ज्ञापन गर्दै आगामि दिनमा पनि आफना गतिविधिहरुलाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । 

Monday, December 19, 2011

Bicycle gifts - गस्ती गर्न साइकल उपहार

   एक कार्यक्रमको आयोजना गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तरगत संरक्षण क्षेत्र व्यवस्थापन समिति सार्दीखोला गा.वि.स.का अध्यक्ष विक्रम गुरुङ्गबाट अस्थायी प्रहरी पोष्ट सार्दीखोलाको लागि रु.३६०००। मुल्य बराबरका ४ थान गियर भएका साइकल प्रदान गर्नुभएको छ । विभिन्न दलका स्थानीय प्रतिनिधिहरु, स्थानीय भद्रभलादमी तथा समाजसेवीहरुको उपस्थितीमा पोष्ट इन्चार्ज प्र.ह.शिव प्रसाद उपाध्यायलाई अध्यक्ष गुरुङ्गज्यूले विधिवत् हस्तान्तरण गर्नुभएको थियो । स्थानीय जनताहरुको विशेष पहलमा हालै मात्र स्थापना भएको उक्त अस्थायी प्रहरी पोष्टमा भौतिक सामाग्रीहरुको अभाव रहेको सन्दर्भमा अन्दाजी रु.८०००। मुल्य पर्ने एक थान काठको दराज समेत प्रदान गरिदा शान्ति सुरक्षा प्रभावकारी गराउन टेवा पुग्ने कार्यक्रमका सहभागीहरुले बताउनुभएको थियो ।
>>>> Bicycle gifts -गस्ती गर्न साइकल उपहार