Saturday, July 3, 2010

रामबजार सोसाइटी युकेद्वारा एम्बुलेन्स सहयोग

पोखराको रामबजारमा स्थायी घर भई हाल बेलायतमा रहेका नेपालीहरुले एम्बुलेन्स सहयोग गरेका छन् । रामबजार सोसाईटी यूकेले नेपाल रेडक्रस सोसाईटी उपशाखा वडा नं १० र ११ लाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । 
रामबजार टोल सुधार समितिको समन्यवमा उक्त एम्बुलेन्स रेडक्रस उपशाखाले संचालन गर्ने गरी रामबजार सोसाईटी यूकेका सल्लहाकार चन्द्रबहादुर पूनले शनिबार एक समारोहबिच हस्तान्तरण गर्नु भएको थियो । रामबजारका करिव २ सय ५० जना यूकेमा रहेपनि ९२ जनाले ९ लाख ७१ हजार सहयोग गरेको एम्बुलेन्स संचालन समितिका महासचिव सम्मरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
सो अवसरमा प्रमुख अतिथि पुनले रामबजारवासीले गरेको यस्तो कार्यदेखी ज्यादै हर्षित भएको र आगामी दिनमा रामबजार सोसाइटी यूकेको सहयोग अझै निरन्तर रहने र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा कार्यक्रम अघि बढाउनु पर्ने सुझाव दिदैं स्वास्थ्य क्षेत्रमा पनि लगानी गर्न हामी तयार भएको बताउनुभयो । साथै एम्बुलेन्स संचालनको लागि छुट्टै अक्षयकोष स्थापनाको लागि आफूले पहल गर्ने बचनबद्धता पनि व्यक्त गर्नुभयो ।
उक्त एक्बुलेन्स संचालन गर्नका लागि लेखबहादुर थापाले २५ हजार ५ सय, सूर्य बानिया, सम्मरबहादुर श्रेष्ठ र अमृत पौडेलले जनही २५ हजार १ सय २५ रुपैयाँ अक्षय कोषका लागि सहयोग गरी करिव १ लाखको अक्षय कोष स्थापना गर्नु भएको छ । एम्बुलेन्स संचालन गर्नका लागि अहिले खर्च नभएकोले अक्षयकोष स्थापना गरिएको श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा समाजसेवी निरज थापा, बम्हाकुमारी ईश्वरीय विश्वविद्यालय रामबजार शाखाकी सञ्चालिका गोमा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सदस्य कृष्ण तिमिल्सिनाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा १०÷११ का सभापति जीवननाथ पौडेलको सभापतित्वमा भएको  कार्यक्रममा स्वागत मन्तव्य टोल सुधार समिति रामबजारका अध्यक्ष तेजप्रसाद दाहालले राख्नु भएको थियो भने कार्यक्रमको संचालन नेपाल रेडक्रस सोसाइटी उपशाखा १०÷११ एवं एम्बुलेन्स संचालक समितिका सचिव बालाकृष्ण शर्माले गर्नुभएको थियो । 
उक्त अवसरमा रामबजार चोकबाट तायमचा नाचको बाजागाजासहित स्थानीय कालिका मन्दिर, अमरसिंह चोक, बुद्धचोक, गौरीमार्ग हुँदै रामबजारबाट कृष्णमन्दिरमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा एम्बुलेन्स प्राप्तिको प्रकृया, हालसम्म संकलित रकम एवम् खर्चको विवरण एवम् सो सञ्चालन सम्बन्धमा सम्भावित समस्याहरुको विस्तृत रुपमा एम्बुलेन्स सञ्चालक समितिका महासचिव एवम नेपाल रेडक्रस सोसाइटी उपशाखा १०÷११ का उपसभापति सम्मरबहादुर श्रेष्ठले पेश गर्नुभएको थियो । प्रमुख अतिथि एवम् रामबजार सोसाइटी यूकेका सल्लाहकार क्या. चन्द्रबहादुर पुन, उहाँकी धर्मपत्नी, बहिनी सरिता पुन र उहाँका परिवार समेतलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा परम्परा फिल्स्का निर्देशक केशबहादुर गुरुङलाई पनि खादा ओढाई सम्मान गरिएको थियो । 
टोल सुधार समिति रामबजार–१०÷१५, रामबजार तायमचा नाच समिति रामबजार–१०÷१५, नेपाल रेडक्रस सोसाइटी उपशाखा १०÷११, श्रीकृष्ण मन्दिर आमा समूह, श्रीकृष्ण मन्दिर सञ्चालक समिति, रामबजार ट्याक्सी ईकाई समिति, माछापुच्छे« महिला समूह, सीताटोल आमा समूह, समाजकल्याण महिला समिति लगायतका संघसंस्थाहरुले खादा ओढाई क्या.पुनलाई सम्मान गर्नुभएको थियो ।
सो अबसरमा रामबजार टोल सुधार समिति र नेपाल रेडक्रस सोसाइटी उपशाखा १०÷११ ले सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेको थियो । सो कार्यक्रम कृष्णमन्दिरको प्राङ्गणमा गरिएको थियो । एम्बुलेन्सको सेवा आवश्यक परेमा सम्पर्क फोनः ९८०४१०५१००, ९८४६०३३३११ र चालकको फोनः ९८०६६८७६२१ मा सम्पर्क गरी सेवाको फाइदा लिनुहुन अनुरोध छ ।

Sunday, June 27, 2010

The Lenovo 3000 Y300 Laptop PC coming soon in Pokhara

 
Lenovo 3000 Y300 Laptop PC is powered by 1.66 GHz Intel Core 2 Duo Processor T5500 with 2-MB L2 Cache, 533 MHz FSB featuring Mobile Intel 945PM Express Chipset, 1024-MB (1-GB) DDR2 533 SDRAM, 100-GB 5400 rpm SATA hard disk drive and a 6X Super Multi Double Layer (8.5 GB) Slot-in DVD Writer
The Lenovo 3000 Y300 Laptop features a compact 13.1-inch WXGA Widescreen Vibrant View Active Matrix non-trans flective LCD TFT display powered by integrated NVIDIA GeForce Go 7300 graphics chipset with 256 shared memory and built-in into Intel 945PM main board offering up to 1280 x 768 pixels screen resolution with 16.7 million colors.
Preloaded with Microsoft Windows XP Professional Edition, the Lenovo 3000 Y300 Laptop PC comes with integrated Wi-Fi 802.11a/b/g wireless connection, integrated 10/100 Ethernet LAN connection, standard 56kbps V.92 fax/modem card for data connectivity and Integrated Bluetooth v2.0 wireless connection.
The Lenovo 3000 Y300 notebook PC also features Dolby Home Theater sound system, integrated 1.3 megapixel digital camera and built-in microphone.
The Shuttle Center system in notebooks is an audio and video entertainment platform which allows easy navigation between menus without a mouse. It allows easy access to music and video files, with discrete playback controls makes it as easy to listen to your tunes as well as peek at your movies.  
Security:
A software viz ’Ultimaco SafeGuard PrivateDisk’ is offered by Lenovo 3000 Y300 laptop which allows creation of a private partition which is not only password protected, but can be encrypted in such a manner that should the password be cracked, the data will not be readable except in another Lenovo 3000 series laptop PC.
Windows XP preinstalled Lenovo 3000 Y300 Laptop comes with several software and applications including the ThinkVantage software to simplify security, backup, rescue and recovery process as well as software and driver updates into one integrated interface.
Instant On feature of Lenovo 3000 Y300 Laptop allows playing MP3s, music CDs, and DVDs or look at digital photos without having to boot into Windows XP, and the ExpressCard 54 slot offering more ‘future-proof’ upgrades than a traditional PC Card slot or an Express 34 slot.
Lenovo Y300 notebook also offers Lenovo’s One-Touch-System-Recovery feature and it comes with various software preinstalled such as Shuttle Centre, Power 2 GO, Veriface, Easy Capture 2.5, IGRS Anywhere and Norton antivirus software.
Weighing 2.16 Kgs without battery pack, the Lenovo 3000 Y300 Laptop PC comes with integrated Altec Lansing Stereo Speakers (1.5W each) offering Realtek ALC655 audio controller with built-in AC 97 stero Sound with 3D Sound effect. In addition, the Laptop offers 3 USB v2.0 compliant 4-pin connectors, ExpressCard 54mm port, S-Video TV-out port and IEEE 1394 (FireWire) integrated port.
I/O Ports
  • 3 x USB v2.0 compliant 4-pin connectors
  • ExpressCard 54mm
  • IEEE 1394 (FireWire) integrated port
  • VGA port
  • RJ-45, Ethernet
  • RJ-11, fax/modem
  • Microphone-in
  • Headphone-out
  • S-Video TV-out
  • PCMCIA Card Slot

    Lenovo 3000 Y300 Laptop Specifications:

  • Intel Core 2 Duo Processor T5500, 1.66 GHz
  • 2-MB L2 Cache, 533 MHz FSB
  • Intel 945PM Express Chipset Mainboard
  • 1024-MB DDR2 533 MHz SDRAM (Max 2-GB)
  • 100-GB Serial-ATA 5400 rpm Hard Disk Drive
  • 6X Super Multi Double Layer (8.5 GB) Slot-in DVD WriterDisplay & Graphic
  • 13.1-inch WXGA Widescreen VibrantView TFT Display
  • NVIDIA GeForce Go 7300 with 256 shared memory
  • 1280 x 768 pixels resolution
Network & Communication
  • Intel PRO/Wireless 9345ABG / 3945BG Wi-Fi Network Connection
  • Integrated 10/100 Realtel RTL8100CL Fast Ethernet LAN
  • 56Kbps V.92 Data/Fax Modem
  • Integrated Bluetooth v2.0 Wireless Connection
Other features
  • Microsoft Windows XP Preinstalled
  • ExpressCard/54 slot
  • Type II PC Card slot
  • Integrated TV Tuner with Remote
  • Integrated VGA resolution Camera
  • Built-in Microphone
  • AC’97 Stereo Sound with 3D Sound effect, Altec Lansing Stereo Speakers
  • 5-in-1 Smart Card Reader supporting SD, MMC, MS, MS pro, and xD media cards
  • Li-Ion 8-cell Standard Battery, 4.55 hrs backup
  • Dimensions: (WxDxH) – 317.2 x 236 x 35.2 mm
  • Weight: 2.16 kg without power pack
Price and Availability
Intel Core 2 Duo Processor T5500 powered Lenovo 3000 Y300 Laptop with 13.1-inch WXGA Widescreen TFT display and DCD Writer is available in India for Rs. 62,255 which includes one years warranty.

Saturday, June 26, 2010

नेपाल चीनबीचको दौन्त्य सम्बन्ध ५५ बर्ष पुग्यो


 नेपालका लागि चिनिया राजदुत क्यू गोहोङले नेपाल चीनबीचको दौन्त्य सम्बन्ध ५५ बर्ष पुगेको उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राजदुत गोहोङले नेपालको कुनै पनि स्वतन्त्र गतिविधिप्रति चिनको हस्तक्षेप नरहने बताउँदै आफुहरु नेपालसँग व्यापारिक लगानीमुलक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताउनुभयो नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रबीर मालाकारले चिनिया सरकारले नेपालको व्यापार विस्तार विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।अध्यक्ष मालाकारले व्यापार विस्तारका लागि चीनले करिब सय नेपाली बस्तुहरुमा दिएको भन्सार सुविधा स्वागतयोग्य भएको बताउनुभयो नेपाली काँग्रेसका नेता चक्र प्रसाद बास्तोलाले नेपाल चीनबीचको पुरानो सम्बन्ध उहाँले मुलुकको विकासका लागि एकै खालको राजनीतिक, आर्थिक संरचना भन्दा परिवर्तित संरचना आबश्यक पर्ने औल्याउनुभयो नेता बास्तोलाले नेपाल चीनबीचको व्यापारिक सम्बन्ध विस्तारमा कोदारी सडक खण्डको भूमिका महत्वपूर्ण रहने औल्याउनुभयो

Monday, June 21, 2010

आदिवासी चलचित्र महोत्सव




 
आदिवासी जनजातिको रीति संस्कृतिलाई सर्वव्यापी गर्ने उद्देश्यले विगत तीन वर्षदेखि निरन्तरता पाउँदै आएको नेपाल अन्र्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव आगामि शुक्रवारदेखि काठमाडौंमा सुरु हुँदैछ कथानक चलचित्र,बृत्तचित्र,छोटा चलचित्र म्यूजिक भिडियोहरु समावेश हुने सो महोत्सवमा स्वदेश तथा विदेशका ३२ वटा चलचित्र समाबेश हुने भएको

विश्वभरि संगीत महोत्सवको रुपमा मनाइदै

 विश्व संगीत दिवस सोमवार विश्वभर भव्यताका साथ मनाइयो । सन् १९८१ मा फ्रान्सको राष्ट्रिय प्रसारण एफएम मा रातको समयमा आयोजना गरिएको एक साँगीतिक कार्यक्रमको सफलतालाई विश्वभरि संगीत महोत्सवको रुपमा मनाइदै आएको छ । संगीतको सम्र्बधन र प्रर्वद्धन गर्ने उद्देश्यले यो दिवस मनाइदै आएको छ । विश्वसंगीत दिवसका अवसर पारेर सोमवार यूरोप,अमेरिका र एसियाका १२० राष्ट्रका ३५० शहरहरुमा विभिन्न साँगीतिक कार्यक्रमको आयोजना गरि संगीत दिवस मनाइयो । विश्व संगीत दिवसका अवसरमा आयोजना गरिएका सबै साँगीतिक कार्यक्रममा संगीतपारखीहरुलाई निःशुल्क प्रवेश गराइएको थियो ।