Monday, June 21, 2010

विश्वभरि संगीत महोत्सवको रुपमा मनाइदै

 विश्व संगीत दिवस सोमवार विश्वभर भव्यताका साथ मनाइयो । सन् १९८१ मा फ्रान्सको राष्ट्रिय प्रसारण एफएम मा रातको समयमा आयोजना गरिएको एक साँगीतिक कार्यक्रमको सफलतालाई विश्वभरि संगीत महोत्सवको रुपमा मनाइदै आएको छ । संगीतको सम्र्बधन र प्रर्वद्धन गर्ने उद्देश्यले यो दिवस मनाइदै आएको छ । विश्वसंगीत दिवसका अवसर पारेर सोमवार यूरोप,अमेरिका र एसियाका १२० राष्ट्रका ३५० शहरहरुमा विभिन्न साँगीतिक कार्यक्रमको आयोजना गरि संगीत दिवस मनाइयो । विश्व संगीत दिवसका अवसरमा आयोजना गरिएका सबै साँगीतिक कार्यक्रममा संगीतपारखीहरुलाई निःशुल्क प्रवेश गराइएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.