Showing posts with label National News. Show all posts
Showing posts with label National News. Show all posts

Monday, April 4, 2016

लायन्स क्लब अफ पोखरा हेल्पपूल ह्याण्डको नयाँ कार्यसमिति चयन -LionsClubs of Pokhara-Helpful Hands

पोखरा २१ चैत्र ।
लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्याण्डस्ले लायन वर्ष २०१६/१७ का लागि लायन अमृत प्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गाइडिङ्ग लायन शारदा पराजुली तथा जोन चेयर पर्सन लायन बेलकुमारी चापाईको उपस्थितिमा भएको चुनावबाट प्रथम उपाध्यक्ष लायन मोहनमणि सुवेदी, द्वितिय उपाध्यक्षमा लायन डील ब.विश्वकर्मा, तृतिय उपाध्यक्षमा लायन नर्बु योल्मो र सचिवमा लायन मोहन सुवेदी चयन हुनुभएको छ ।
    यसैगरी सह सचिव लायन अन्जु नेपाली, कोषाध्यक्ष लायन तेज प्रसाद अधिकारी, सह कोषाध्यक्ष लायन कुष्ण नेपाली, मेम्बरसीप चेयर पर्सन लायन दुर्गा सुनार,पी.आर.ओ. लायन प्रेम ब.सुनार, टेल टुइस्टर लायन चित्र ब.सुनार, र टेमर लायन विनोद सुनार चयन हुनुभएको क्लबका नवनिर्वाचित सचिव लायन नर्बु योल्मोले जानकारी दिनुभयो । यसैगरी क्लबको स्वास्थ्य निर्देशकमा लायन विमल कुमार गुरुङ्ग, संचार निर्देशकमा लायन नरेश बि.क, खेलकुद निर्देशकमा लायन महेन्द्रमणि अधिकारी, कोष बृद्घि निर्देशकमा लायन कुल बं सुनार (सञ्जु) र आपतकालिन निर्देशकमा लायन मन ब. सुनार रहनुभएको छ । यस्तै सल्लाहकारहरुमा लायन डी.बी.विश्वकर्मा, लायन शिव सुनार , लायन शान्त कु.श्रेष्ठ, लायन विश्वमणि ढुंगाना तथा लायन ईन्द्र प्रसाद बराल रहनुभएको छ ।
निवर्तमान अध्यक्ष लायन डी.बी.विश्वकर्माको संयोजकत्व तथा सह निर्वाचन संयोजक लायन ईन्द्र प्रसाद बराल र लायन शान्त कुमार श्रेष्ठको निर्वाचन मण्डलले विधिवतरुपमा निर्वाचन गराएको जनाईएको छ । कार्यक्रममा बोल्दै लायन अमृत प्रसाद तिवारीले आगामी लायन वर्ष २०१६/१७ का लागी भावि कार्यक्रमहरुका साथ अध्यक्षको सक्रिय भुमिका निर्वाह गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।




Tuesday, March 29, 2016

लागू औषध सहित मानिस पक्राउ-Man arrested with Drugs-Pokhara,Nepal

 पोखरा,चैत्र १५ गते
    मिति २०७२/१२/१४ गते अं. १९:०० बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ६ खहरे स्थित सडकमा ग.१.च. ६७९० को कारमा लागू औषध डाईजापाम समेत खरिद बिक्री गर्दै छन भन्ने बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उक्त सवारी चेकजांच गर्दा डाईजापाम सि.सि. थान १३, लुपिजेसिक थान १३ र फेनेरागन थान १३ र ग.१.च. ६७९० नम्बरको सवारी साधन सहित निम्न ब्यक्तिहरुलाई पक्राउ गरी लागू औषध मुद्दामा आबश्यक अनुसन्धान कार्य भईरहेको छ ।
पक्राउमा परेका ब्यक्तिहरु :
१.    जिल्ला कास्की पोखरा १७ बस्ने बर्ष २५ को अरुण तामाङ ।
२.    जि. स्याङजा फेदीखोला गा.वि.स. वडा नं. ८ बस्ने बर्ष ३७ को मोहन गुरुङ ।
३.    जि. झापा दमक न.पा. वडा नं. १ बस्ने बर्ष २८ कि शर्मिला खजुम ।
   
मिति: २०७२/१२/१५ गते।                     
 जिल्ला प्रहरी कार्यालय कास्की
               

Wednesday, March 16, 2016

पेस्तोल देखाई रकम लुटपाट गर्ने पक्राउ-Man arrested with Pistol

पोखरा,चैत्र २,गते     आज मिति २०७२/१२/२ गते बिहान अं.१०:३० बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ८ पृथ्वीचोकको शिवालय मार्गमा रहेको सभ्यता मनी ट्रान्सफरको कार्यालयमा अपरिचित ब्यक्ति मोटरसाईकलको हेल्मेट लगाई कार्यालय भित्र प्रवेश गरी  पेस्तोल देखाई डर, धम्की दिई नगद लुटपाट  गरी भागेको भन्ने खवर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिई गई स्थानियबासीहरुको सहयोगमा लुटपाटमा संलग्न जिल्ला सुनसरी धरान नगरपालिका घर भई हाल पोखरा १० रामबजार बस्ने बर्ष ३७ को प्रशान्त थापा मगरलाई निजले लुटन प्रयोग गरेको एयर पेस्तोल १ नाल,  ऐ। को छर्रा १३ थान, बा।२४।प। ४०७९ नम्बरको मोटरसाईकल र लुटिएको नगदरु. रु. ६,४५,५००।( ९ अक्षरुपी छ लाख पैतालिस हजार पांच सय  सहित पक्राउ गरिएको ।
    पक्राउमा परेको प्रशान्त थापा मगरलाई आजै सम्मानित अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की

ट्रेड यूनियन महासंघ ४ नम्बरमा गौतम -Pokhara News


पोखरा, चैत २ गते
अखिल नेपाल ट्रेड  यूनियन महासंघ चार नम्बर प्रदेशको अध्यक्षमा पोखराका रुद्र गौतम चयन भएका छन् ।
महासंघको मंगलबार पोखरामा भएको सम्मेलनले उपाध्यक्षत्रयमा राजेन्द्र तिमिल्सिना, लोक प्रसाद भुर्तेल, बिनोद पाण्डे, सचिबमा राजेन्द्र न्यौपाने, सह सचिबमा नबीन अधिकारी  र कोषाध्यक्ष सुन्तली थारु सहित २८ सदस्यीय नयाँ समिति चयन गरेको हो । समितिमा ७ जना सदस्य पछि थप गरीने नब निर्बाचित अध्यक्ष रुद्र गौतमले जानकारी दिए ।
सम्मेलनको उद्घाटन गर्दै अखिल नेपाल ट्रेड  यूनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलले मजदुरहरुकै नेतृत्वमा नेपालमा समाजवादी क्रान्ति सम्पनन हुने दाबी गरे ।
“माओवादी पार्टीले अघि सारेको समाजबादी क्रान्ति पुरा गर्न अब धेरै समय लाग्दैन । सात आठ बर्षमै पुरा हुन्छ ।” जमरकट्टेलले थपे– “त्यसको नेतृत्व गर्न अब सम्पुर्ण मजदुरहरु एकजुट हुनुपर्दछ ।”
माओवादी मजदुर आन्दोलनकै कारण देशभरका मजदुरहरुको सेवा सुबिधा बढेको तर अहिले मजदुरहरु सुस्ताउँदा मालिकहरुले हेप्ने प्रबृत्ति बढेको भन्दै अब नयाँ उर्जा सहित मजदुरहरुको हक अधिकारका लागि आफ्नो नेतृत्वको महासंघ जुर्मुराएर अघि बढ्ने वताए ।
सम्मेलनमा बोल्दै एनेकपा माओवादी कास्कीका इञ्चार्ज राजकाजी गुरुङले मजदुरहरुकै नेतृत्वमा संसारमा ठुला ठुला परिवर्तन भएको भन्दै अब नेपालमा पनि मजदुरहरुको नेतृत्वमा श्रमजिवी जनताको सत्ता स्थापना हुने गरी परिवर्तनको आन्दोलन हुनुपर्ने कुरामा जोड दिनुभयो 
कार्यक्रममा महासंघका उपाध्यक्ष जय कार्की, महासचिब गणेश रेग्मी, एमाओवादी कास्कीका नेता लालमोहन तिवारी महासंघका तिन नम्बर प्रदेश अध्यक्ष जगत सिंखडा तथा महासंघका चार नम्बर प्रदेश संयोजक भुमबहादुर रेग्मी, अखिल नेपाल खेलकुद महासंघ चार नम्बर प्रदेश अध्यक्ष जिवन खाती, पृथ्बीराज बस संचालक समितिका महासचिब योगेन्द्र केसी र जिफण्टका गण्डकी अध्यक्ष रुद्र खत्री लगायतले सम्मेलनमा शुभकामना दिनुभएको सचिब राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

Saturday, March 12, 2016

उपमहानगरप्रति प्लाष्टिक उत्पादक र व्यवसायी असन्तुष्ट -Pokhara news


पोखरा, २८ फागुन 
 विकल्प नदिई पोखरा उपमहानगरपालिकाले पोखरालाई प्लाष्टिक झोला र कप मुक्त नगर घोषणा गर्न लागेको भन्दै त्यसको उत्पादन र कारोवार गर्ने व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् ।
पोखरामा रहेर विभिन्न किसिमका प्लाष्टिकका झोला तथा प्लाष्टिकजन्य सामान उत्पादन तथा बिक्री गर्दै आएका व्यवसायीहरुले छाता संस्था पोखरा उद्योग वाणिज्य संघ समक्ष उपमहानगरपालिकाले नागरिकको लगानी सुरक्षित नगराएको गुनासो समेत गरे । कुनै एक व्यक्तिले आफू हिरो हुन हचुवाको भरमा प्लाष्टिक मुक्त अभियान चािलएको  भन्दै उनीहरुले त्यसका विरुद्ध आन्दोलन नै गर्ने चेतावनी पनि दिए ।
‘प्लाष्टिक मान्छेको दैनिक जीवनमा प्रयोग हुन्छ, चुरोट, रक्सी बेच्नेलाई नियन्त्रण नगर्ने राज्य संयन्त्रले हामीलाई किन पेलियो, किन उद्योग बन्द गराउन खोजियो,किन विकल्प दिइएन ?’–प्लाष्टिक उत्पादकहरुले गठन गरेको संघर्ष समितिका संयोजक परमेश्वर आचार्यले प्रश्न गरे । प्लाष्टिकको पुन प्रयोग हुनुपर्ने, सफाइमा ध्यान दिँदै व्यवस्थापन गर्नेतर्फ उपमहानगरपालिकाले ध्यान नदिएको उनले गुनासो गरे ।
पोखरामा चारवटा प्लाष्टिक कम्पनी रहेका छन् । तर, उनीहरुको उत्पादनको बजार हिस्सा भने अत्यन्त सानो छ । उनीहरुको आशय उपमहामनगरपालिकाले लगानी सुरक्षित गर्ने समय दिओस् भन्ने रहेको छ ।
उनीहको कुरा सुनेपछि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले लगानीको सुरक्षाप्रति संघ संवेदनशील भएको बताए । पोखरालाई सफा र सुन्दर राख्नुपर्छ  भन्नेमा कसैको द्धिविधा नभएको जनाउँदै उनले लगानीको सुरक्षाप्रति उपमहागरपालिका संवेदनशील हुनुपर्ने बताए । यसको लागि संघले पहल गर्ने उनको भनाई थियो । संघका महासचिव रवीन्द्रबहादुर प्रजुले लगानीको सुरक्षा र विकल्प दिनको लागि उपमहागरपालिका तयार हुनुपर्ने बताए । कार्यक्रममा प्लाष्टिक उत्पादकको तर्फबाट हरिप्रसाद कर्मचार्य, मासु व्यवसायी ज्ञानहरि आचार्य,बिसाल बजार व्यवसायिक एसोसियसनका शिव शर्मा पौडेल,प्लाष्टिक व्यवसायी परमेश्वर आचार्य लगायतले मन्तव्य राखेका थिए । संघर्ष समितिले आइतबार ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

आमा समूहहलाई मेलामा प्रवेश निःशुल्क -News-Pokhara-Nepal

पोखरा, २८ फागनु 
 पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले नयाँबजारमा जारी रािष्ट्रय औद्योगिक व्यापार मेलामा सहभागी हुन पोखरामा रहेका आमा समूहहरुलाई आग्रह गरेका छन् ।
 मेलामा राखिएका महिला उद्यमीले संचालन गरेका उद्यमहरु, प्राङ्गारिक खेती, विभिन्न व्यवसायको अध्ययन अवलोकनबाट महिलाले आत्मनिर्भरताको बाटो समात्ने सक्ने भएकोले महिलाहलाई सो आग्रह गरिएको उनले जनाए । ‘आफ्नो समूहको पोशाक लगाएर मेलामा सहभागी हुनुहोस् र उद्यमशीलता सिक्नुहोस्’, उनले भने,‘ हाम्रो उदेश्य मेलामार्फत उद्यमशीलता सिकाउनु पनि हो, त्यसैले महिलाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।’ उनले मेला मनोरञ्जनसँगै सिक्ने थलो पनि भएकोले यसको भरपुर उपयोग हुनुपर्नेमा जोड पनि दिए ।
संघकी कार्यसमिति सदस्य तथा सुरक्षा उपसमिति संयोजक सीता गुरुङका अनुसार आमा समूहहरुका सदस्यहरुको  प्रवेशको लागि डे«स भने अनिवार्य गरिएको छ । आफ्नो समूहको पोशाकमा आउँदा पहिचान गर्न सजिलो हुने भएकोले यो व्यवस्था गरिएको उनले जनाइन् । यसैगरी समूहमा आउने विद्यार्थीहरुलाई टिकटमा ४० प्रतिशत छुट समेत दिइएको छ । विद्यार्थीको हकमा टिकट दर ४० कायम गरिएको थियो । विद्यार्थी लिएर आउने शिक्षकलाई प्रवेश निशुल्क गरिएको छ ।
मेलामा शनिबार  लोकदोहोरीतर्फ बद्रि पंगेनी पुरुषोत्तम न्यौपाने,प्रजापति पराजुली, लक्ष्मी नेपाली, निशा पोखरेल, रमेश विसी, चोलेन्द्र पौडेल, जीवन दाहाल, घनश्याम रिजाल, शिवहरि ढुंगाना लगायतको प्रस्तुति रहनेछ भने हाँस्यव्यङ्ग्यतर्फ ः किरण केसी र शिवहरि पौडेलले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । पपतर्फ डि–मोर्चा र ःत डडद्धड व्याण्डको लाइभ प्रस्तुति साथमा रहेका अन्तर जिल्ला उद्योग वाणिज्य संघ लोकदोहोरी प्रतियोगिता र खुल्ला नृत्य प्रतियोगिता एवं  आकर्षक नृत्यहरु पनि मेलाका आकर्षक हुनेछन् ।
यता संघका महासचिव तथा प्रचार प्रसार उपसमिति संयोजक रवीन्द्रबहादुर प्रजुका अनुसार मेलामा शुक्रबारसम्म १ लाख १५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने ४ करोड २५ लाख भन्दा बढीको कारोवार भएको अनुमान गरिएको छ । मेला अन्तर्गत प्रवेश टिकटमा राखिएको कलर्स मोवाइल फागुन २५ गते ४० रुपैयाँ टिकट दरको १२१९ नम्बरलाई र फागुन २६ गते १२० रुपैयाँ टिकट दरको ००३१ नम्बरलाई प्राप्त भएको छ ।
यता गृहलक्ष्मी ग्याँस कम्पनीको प्रायोजनमा मेलामा उत्कृष्ट नृत्य गर्ने सहभागीलाई शुक्रबार एक थान भरिएको ग्याँस सिलिण्डर पनि बितरण गरियो । साँस्कृतिक उपसमिति संयोजक मोहनबाबु खड्काका अनुसार शान्तिबन टोलमा बस्दै आएकी सविना घर्ती मगरलेले ग्याँस प्राप्त गरिन्  । यसैगरी पोखरा नुडल्सको तर्फबाट सरर ब्राण्डको चाउचाउ, चाचन समूहको हरपल ब्राण्डको ५ किलोग्राम र २० किलोग्रामको चामल र तेलहरु पनि मेलामा राम्रो नाच्नेहरुलाई उपहार स्वरुप प्रदान गरिँदै आएको छ । अब फागुन ३० गते आइतबार राम्रो नाच्नेलाई पनि एक थान ग्याँस उपहार पाउने अवसर रहेको छ ।

Friday, March 11, 2016

व्यापार मेलामा छुटको बहार, आज कन्दरा घन्किने -National-Industrial-Business-Event-2072-Pokhara

पोखरा, २७ फागुन ।
पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएका स्टलहरुले आफ्ना उत्पादनमा भारी छुटको व्यवस्था गरेका छन् । मेलामा राखिएका सबैजसो तयारी पोशाकका स्टलहरुले आफ्नो सामानमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् ।
 आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुका अनुसार मेलामा केही उत्पादनहरु प्रदर्शनीको लागि मात्र राखिएका छन् भने धेरैजसो सामानहरु बिक्रीकै लागि प्रदर्शन गरिएको छ । यता,मेलामा रहेका सूचना प्रविधीसम्बन्धी स्टलहरुले कम्प्यूटर, ल्यापटप, पावर बैंक र अन्य सामानहरुमा भारी छुट दिएका छन् ।
‘ चिया, प्राङ्गारिक उत्पादन, विभिन्न खाद्यान्न कम्पनीका चामल,तेल लगायतका सामानहरु बिक्रीसँगै प्रर्दशनीको उदेश्यमा समर्पित छन्’, उनले भने,‘ ति कम्पनीहरुले मेलालाई आफ्नो सामानको प्रचार स्थलको रुपमा प्रयोग गरेका हुन् । ’
महासचिव प्रजुका अनुसार मेलामा  रहेका स्टलहरुले तोकेको मूल्य बाहिरी बजारको भन्दा सस्तो रहेको छ । यसैगरी मेलामा चम्पा कपडा उद्योगले  खागीका बेचिरहेको छ । उद्योगका संचालक चप्पा सिँहका अनुसार पछिल्लो समयमा खाडीको कपडाप्रति मानिसहरुको चासो ह्वात्तै बढेको छ । लगाउन सलिलो , शालिनता अनि सितलता खाडीको कपडको विशेषता हो ।  यसैगरी मेलामा रहेको कपडा, मेरो चित्र मेरो टिसर्ट भन्ने स्टलले विभिन्न उत्कृष्ट भनाई र चित्र भएको टिसर्टहरु बिक्री गरिरहेको छ । ‘युवा पुस्तालाई सार्थक जीवनको महत्व बुझाउन तथा कलाको प्रवद्र्धन गर्नु हाम्रो उदेश्य हो ।’– मेरो चित्र मेरो टिर्सट पसलका संचालक कृष्णकुमार श्रेष्ठले भने । त्यसो त मेलामा पुस्तकप्रेमीहरुले पनि छुटको अनुभव गर्न पाउने छन् । मेलास्थलमा रहेको रिडर कर्नरले १५ प्रतिशत छुटमा किताब बेचिरहेको छ । कलर्स मोवाइल,विन्ध्यवासिनी अचार उद्योग लगायतका सबैजसो स्टलहरुले आफ्नो सामानमा छुट दिँदै आएका छन् ।
‘ सायद, मेलामा छुट नभएको कुनै सामान नै छैन’, मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष तथा स्टल व्यवस्थापन उपसमिति संयोजक मीनराज काफ्लेले भने,‘ मेला समापन हुने दिन नजिकिँदै गर्दा छुटको बहार झन बढ्नेछ ।’ प्राङ्गारिक कृषिबारे जनचासो बढाउन तथा उद्यमशीलता सिकाउनको लागि कृषिको स्टलबाट जानकारी पनि बाँडिएको उनले जनाए ।
 यता बिहीबारसम्म १ लाख ५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने ४ करोडभन्दा बढीको कारोवार भएको छ । आउँदा दिनमा कारोवार झन बढ्ने छ । मेलामा रहेको अटोका स्टलहरुबाट विभिन्न ब्राण्डका गाडीहरु बुकिङ बढ्दै गएकाले कारोवार उकालो लाग्ने संघका उपमहासचिव  प्रकाशदेव पालिखेले जनाए ।
मेला अन्तर्गत शुक्रबार चर्चित ब्याण्ड कन्दराको सांगितिक प्रस्तुति रहनेछ । नयाँ एल्बम बजारमा ल्याउन लागेको कन्दराले साँझ हुने कार्यक्रममा आफ्ना नयाँ र पुराना गीत गाउने छ । कन्दरालाई देउराली ब्याण्ड र एसकुमारले साथ दिनेछन् । यसैगरी पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा,प्रजापति पराजुली, चोलेन्द्र पौडेल,जीवन दाहाल,सुरेन्द्र गुरुङ,शिवहरि ढुंगाना, रामजी पौडेल,ज्योति लोहनी, इन्द्रा गुरुङ लगायतको प्रस्तुति रहनेछ । यसैगरी अन्तर जिल्ला उद्योग वाणिज्य संघस्तरीय लोकदोहोरी प्रतियोगिता अन्तर्गत शुक्रबारबाट सेमिफाइनलको प्रतिष्पर्धा हुनेछ । पोखरा,पाल्पा, बालिङ र बुटवल उद्योग वाणिज्य संघ सेमिफाइनमा प्रवेश गरेका छन् । यता  मेला अन्तर्गत दैनिक टिकटमा कलर्स मोवाइल बुधबार अर्थात फागुन २६ गते ४० रुपैयाँ टिकट समूहको १२१९ नम्बरलाई प्राप्त भएको छ।

Thursday, March 10, 2016

सिर्जनाचोकमा सहकारी पसल-Pokhara News

पोखरा समाचारदाता
पोखरा, फागुन २७ गते । परोपकार सहकारी संस्था लिमिटेडद्धारा संञ्चालित परोपकार सहकारी पसलको डिभिजन सहकारी कार्यालयका प्रमुख बद्रि अधिकारीले आज एक समारोह बीच सिर्जनाचोकमा उद्घाटन गर्नु भयो ।
सात करोड पुँजी रहेको सो सहकारीले ५०लाखको लागतमा पसल संञ्चालनमा ल्याएको संस्थाको अध्यक्ष विष्णु बरालले जानकारी दिनु भयो ।
संस्थाका शेयर सदस्य लगायत सबै क्षेत्रका गाह्रकहरुलाई लक्षित गरि संञ्चालन गरिएको सो पसलमा गुणस्तरीय सेवा दिने दावी गरिएको छ । प्रतिसप्रधात्मक बजारमा सस्तो, राम्रो र स्तरीय सामान उपलब्ध गराउने भएकाले पसलले छिटैनै गाह्रकको मन जित्ने दावी छ ।
छ सयभन्दा बढी शेयर सदस्य भएको सो संस्थाले सहकारीको सिद्धान्त अनुसारनै सहकारी पसल संञ्चालनमा ल्याएको अध्यक्ष बरालको भनाई छ ।
कार्यक्रममा डिभिजन कार्यालयका प्रमुख बद्रि अधिकारीले शेयर धनीहरुको लगानीलाई सुरक्षित राख्दै सेवा र नाफा दुवै दिनु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा सिमलचौर सहकारी संस्थाका अध्यक्ष सुवास सिग्देल, सिर्जना महिला सहकारीका अध्यक्ष कमला गिरी, शेयर धनीहरु सीता पौडेल, मिन गुरु लगायतका वक्ताले सहकारीको बारेमा बोल्नु भएको थियो ।

Monday, March 7, 2016

थ्रि एन्जल्स मीसन स्कूलको पाँचौ वार्षिकोत्सव

पोखरा २३ फागुन
पोखराको ईन्द्रचोकमा रहेको थ्रि एन्जल्स ईन्टरनेशनल मीसन स्कूल स्थापनाको पाँचौ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
    विद्यालय परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी केदार आचार्यले शिक्षण सिकाईमा गुणस्तरीयता कायम गर्नुपर्ने बताउनुभयो ।  पहिलो पाठशाला घर भएको बताउँदै घरमा दिईएको शिक्षाको आधारमा नै बालबालिकाको शिक्षाको स्तर विकाश हुने उहाँको भनाई थियो । शिक्षकहरु असल भए विद्यार्थीहरु असल हुने भन्दै आचार्यले विद्यार्थीमा लुकेर रहेको प्रतिभालाई शिक्षकले पहिचान गराईदिन सक्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कास्कीका बाल अधिकार अधिकृत बद्री वाग्लेले बालमैत्री वातावरणमा शिक्षा दिनु आजको आवस्यकता भएको भन्दै उनीहरुको समग्र शैक्षिक उन्नतीलाई ख्याल गरिनुपर्र्ने बताउनुभयो । सबै विद्यार्थी आँफैमा उत्कृष्ठ हुने बताउँदै वाग्लेले शिक्षाको व्यवहारिक प्रयोग अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो ।
विद्यालयका संस्थापक निर्देशक डा राजेन्द्र गौतमले विद्यालयले विद्यार्थीहको चौतर्फी हितका लागि शिक्षा प्रदान गर्ने विश्वाश दिलाउनुभयो । सर्वाङ्गीण विकाश गर्ने शिक्षाको आवस्यकतामा विद्यालय सदैव लागिपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश पाण्डेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा अझ शशक्त ढंगले अघि बढ्ने योजना रहेको बताउनुभयो । 
यसैबीच विद्यालयले विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ । जस अन्र्तगत जुनियर लेवलतर्फ कक्षा ३ का सागर बादी र पुनु तामाङ्ग, तथा सिनियर लेबलतर्फ कक्षा ७ का विनुमाया प्रजा र कक्षा ६ का जिवित कुश्मा थारु रहेका छन् । यस्तै विशाल बादी र अप्सरा राईले उत्कृष्ठ खेलकूद पुरस्कार प्राप्त गरेका छन् । अनुशाशन विधातर्फ कक्षा ७ का खुश्वु शाह र कक्षा ८ का विनोद कुमाल पुरस्कृत भए । यसैगरी ब्लू हाउसलाई उत्कृष्ठ सदनको पुरस्कारबाट पुरस्कृत गरिएको छ । उत्कृष्ठ विद्यार्थीहरुलाई कास्कीका बाल अधिकार अधिकृत बद्री वाग्ले, थ्रि एन्जल्स नेपालका कार्यकारी निर्देशक डा. राजेन्द्र गौतम, वित्त निर्देशक डा.मदन थापा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा किन्डर गार्टनका विद्यार्थीहरुले प्रस्तुत गरेका राईम्स, कक्षा १, २, र ३ का विद्यार्थीहरुले प्रस्तुत गरेको नृत्य, बालगीत, एवं विभिन्न कक्षाका विद्यार्थीहरुले प्रस्तुत गरेको नेपाली तथा अंग्रेजी नाटकप्रति अभिभावकहरु मन्त्रमुग्ध भएका थिए ।
विद्यालयका संस्थापक निर्देशक डा राजेन्द्रकुमार गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सिद्ध माविका प्रधानाध्यापक शंकर ज्ञवाली, अभिभावक प्रतिनिधि रमाकान्त गौतम, समाजसेवी बलराम पौडेल, भक्त केसी लगायतले विद्यालयको प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक बेजप्रसाद जोशी, सोसिलय पब्लीक स्कूलका प्रिन्सिपल खिम गुरुङ्ग, वडा समन्वय समिति पोखरा १५ का अध्यक्ष प्रकाश पौडेल, विद्यालय व्यवस्थापन सहल्लाहकार समिति सदस्य लक्ष्मण बानिया, राम बानिया, तोरण बानिया, तल्लो नयाँगाउँ टोल विकाश संस्थाका उपाध्यक्ष विष्णु आचार्य लगायतको उपस्थिति रहेको थियो ।
विद्यार्थीका तर्फबाट उमिता दहाल र विद्यालयको तर्फबाट सहायक प्रिन्सिपल अनर्व विश्वासले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन कक्षा ७ का छात्रा खुश्वु शाह र कक्षा ९ का छात्र अशिम पाण्डेले गरेका थिए । 


राम्रो नाच्नेलाईन ग्याँस उपहार प्रदान-Pokhara News


पोखरा, २३ फागुन ।
 गायिका कोमल ओलीले राम्रो पोइको लागि कहिले झ्वाँक तन्देरीलाई आह्वान गरिन् त कहिले शिवजी गुहारिन् । तर, के मिलने कुन्नी  ? उनी अझै अविवाहित छिन् । आइतबार उनी अविवाहित ओली पोखरामा झुल्किइन् । पोखरा उद्योग वाणिज्य संघले यहाँको नयाँबजारमा  आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला– २०७२ मा आउँदा उनी  ढाकाको कपडामा सजिएकी थिइन् । उनले पोखरेली सोल्टीहरुलाई आफ्नो अधर पिउन आग्रह मात्र गरिनन् भोली कुनै दिन ‘आइ लभ यु’ भन्ने आश्वासन पनि बाँडिन ।
 उनले सुरुमै शीरमा सिरबन्दी  भन्ने गीतमा दर्शकलाई नचाइन् । ‘तिमी सोल्टी म तिम्रो सोल्टिनी, जता सोल्टी उतै मन  गुल्टिनी’ भन्दै उनले दर्शकमाझ पुगेर नै सबैलाई मनोरञ्जन प्रदान गरिन् । माया बस्यो मुटुमा, ‘हरि ओम हरि’ भन्ने जस्ता गीतमा उनलाई दर्शकले राम्रै साथ दिए । पानी परेपछि खुलेको पोखरामा राधिका हमाल लगायतका कलाकारले पनि दर्शक नचाए ।
 यता आइतबार संघले राम्रो नृत्य गर्ने एक जना दर्शकलाई गृहलक्ष्मी ग्याँसको भरिएको सिलिल्डर नै उपहार दिइयो । साँस्कृतिक उपसमितिका संयोजक मोहनबाबु खड्काले विजेता ... लाई ग्याँस उपहार प्रदान गरे । प्रजापति पराजुली र गायिका कोमल ओलीको रोहवरमा ग्याँस पाएपछि उनले खुसी व्यक्त गरे । यता मेलाको तेस्रो दिन उत्कृष्ट नाच्नेहरुलाई ग्याँस सिलिण्डरसहित चामलको बोरा, चाउचाउ लगायतका उपहार पनि प्रदान गरिएको थियो । उपहार दिने क्रम आउँदा दिनमा पनि जारी रहने साँस्कृतिक उपसमिति संयोजक मोहनबाबु खड्काले जनाए ।
 यता सोमबार मेलामा विभिन्न सात देशका साँस्कृतिक समूहद्धारा विशेष अन्तर्राष्ट्रिय साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । पपतर्फ  कन्दरा व्याण्डको लाइभ प्रस्तुति साथमा रवण व्याण्डको प्रस्तुति समेत रहने छ । हाँस्यतर्फ सविता गुरुङ,रतिमाया खड्काले दर्शकलाई हँसाउने छन् । लोकदोहोरीतर्फ नारायण रायमाझी, दुर्गा रायमाझी, चन्द्र शर्मा,प्रजापति पराजुली, जीवन दाहाल शिवहरि ढुंगाना, शंकर विरही गुरुङ,तारापति सुवेदी, प्रेमराज अधिकारी,टेक क्षेत्री लगायतका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने छ ।
वर्षाका कारण मेलामा केही असहजता उत्पन्न भए पनि अवलोकनकर्ताले देखाएको सहृदयताप्रति पोखरा उद्योग वाणिज्य संघले धन्यवाद ज्ञापन गरेको छ । संघका महासचिव तथा प्रचारप्रसार समिति संयोजक रवीन्द्रबहादुर प्रजुले मेलालाई सफल बनाउन सम्पूर्ण पोखरेलीहरुसँग आग्रह समेत गरे । यता मेला अन्तर्गत फागुन २२ गते प्रवेश टिकटमा दिइने कलर्स मोवाइल टिकट नम्बर २०४३ नम्बरको टिकटलाई प्राप्त भएको टिकट व्यवस्थापन उपसमिति संयोजक अमितराज मुल्मीले जनाए ।
 नोट: समाचारबारे थप जानकारी चाहिएमा महासचिव रवीन्द्रबहादुर प्रजु ः ९८५६०२०१४८

पत्रकार राजाराम पौडेल रिमझिम दोहोरी साँझमा सम्मानित


 पोखरा २४ फागुन
 पोखराको विरौटामा रहेको रिमझिम दोहोरी साँझको प्रथम वार्षीकोत्सवको अवसरमा पत्रकार राजाराम पौडेललाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट नेपाली लोक संस्कृती र नेपाली लोक दोहोरी क्षेत्रको बारेमा गरेको योगदानको कदर गर्दै पत्रकार पौडेललाई सम्मान गरिएको हो । उनलाई नगद ३ हजार ३ सय ३३, दोसल्ला र सम्मानपत्रले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकदोहोरी गायिका कोमल वलीले सम्मान गरेकी थिइन् । प्रेस चौतारी कास्कीका कोषाध्यक्ष तथा चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष समेत रहेका पौडेलले लोक संस्कृतीको क्षेत्रमा कलम चलाउने सबै पत्रकारलाई यो सम्मानले उत्पेरणा प्रदान गरेको बताए । पत्रकार पौडेल सुनौलो एफ एम, हाम्रो कलम राष्ट्रिय दैनिक, गोल्डेन न्युज राष्ट्रिय दैनिक, सफल न्युज डट कममा आवद्ध छन् । यसैबिच दोहोरी साँझले लोकदोहोरी गायक श्रीराम अधिकारी, उत्कृष्ठ कर्मचारीको रुपमा गायक गगन गुरुङ र राम्रो सेवा प्रदान गर्ने कर्मचारी मनिषा श्रेष्ठलाई सम्मान गरेको थियो । उनीहरुलाई पनि नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

दोहोरी साँझले आफ्नो वार्षीकोत्सवको अवसरमा एकहप्तासम्म चर्चीत कलाकारको साथमा विशेष कार्यक्रमको आयोजना समेत गरिरहेको छ ।  फागुन २७ गतेसम्म सञ्चालन गरिने यो कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको सहभागिता रहने कार्यक्रम संयोजक समेत रहेका वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले बताए ।

एक हप्ते कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार कोमल वली, पुरुषोत्तम न्यौपाने, रामभक्त जोजीजु, रमेश विजी, कुमार पुन, जुना श्रीस मगर, राधिका हमाल, निता पुन, शंकर विरही गुरुङ, जानकी मगर लगायतले आफ्नो प्रस्तुती राख्दै आएका छन् । २०७१ साल फागुन २२ गतेबाट पिताम्बर भण्डारी, पुरुषोत्तम न्यौपाने, श्रीराम वराल, ईश्वर श्रेष्ठ, प्रेमलाल पाण्डे, कुमार पुन, नविन आले र जानुका भट्टराईको संयुक्त लगानिमा पोखराको विरौटामा दोहोरी साँझ सञ्चालनमा आएको हो । दोहोरी सञ्चालन गर्न ९४ लाख लगानी लागेको सञ्चालक न्यौपानेले  बताए । दोहोरी साँझमा १६ कलाकार सहित ३५ जना कर्मचारी कार्यरत रहेका छन् । नियमित कलाकारको रुपमा पुरुषोत्तम न्यौपाने, कुमार पुन, गगन गुरुङ, श्रीराम अधिकारी, बुद्धि थापा, होम नेपाली, सपना वि.क., प्रेमा मगर, रजनि मगर, सञ्जु थापामगर, उषा पुन, राजेन्द्र परियार, विमल गायक, अनुप गुरुङ, जितेन्द्र सेन्चुरी, मदन गिरीले साँझमा दैनिक प्रस्तुती राख्ने गरेको उनले बताए ।

Tuesday, March 1, 2016

भाष्करमा विद्यार्थी सम्मान-Pokhara-News


पोखरा, १७ फागुन ।
पोखरा ११ फुलबारीमा अवस्थित भाष्कर मेमोरियल स्कूलले विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
    हालै सम्पन्न लेखनाथ महोत्सवमा नृत्य विद्यामा तृतीय हुन सफल एलिना पुनलाई एक कार्यक्रमको आयोजना गरी विद्यालयले सम्मान गरेको हो । उनलाई विद्यालयका शिक्षकहरु गणेश बहादुर राना, होमराज अधिकारी लगायतकाले सम्मान गरेका थिए ।
यसै बीच विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत कथा लेखन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा प्रा.वि. तहमा अदिती पौडेल, विनम्र बास्तोला, विराज ढुंगाना र कृपा सुवेदीले क्रमशः सान्त्वना, तृतीय, द्वितीय र प्रथम स्थान हासिल गरे ।
    त्यसैगरी नि.मा.वि. तहमा यूरिका गुरुङ, निर्देश सुवेदी, किरण आचार्य र गरीमा गौतमले क्रमशः प्रथम, दितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरे भने मा.वि. तहमा अपर्णा बास्तोला, सोनीका ढुंगाना र श्रुती अधिकारीले प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख शिक्षक गोविन्द थापाले बताए ।

न्याश्नल ईन्भेन्टिभमा विद्यार्थीको विदाई

पोखरा १७ फागुन ।
पोखराको बैदामस्थित न्याश्नल ईन्भेन्टिभ आवासीय उच्च माविबाट प्रवेशिका परिक्षा दिने कक्षा १० का विद्यार्थीहरुलाई सोमबार विदाई गरिएको छ ।
कक्षा ९ का विद्यार्थीहरुले आयोजना गरेको विदाई कार्यक्रममा शुभकामना दिनुहुँदै विद्यालयका प्राचार्य उमा लामिछानेले एस एल सी परिक्षा २०७२ मा सहभागि हुने सम्पूर्ण विद्यार्थीहरुलाई मेहनतका साथ पढ्न आग्रह गर्नुभयो । उहाँले परीक्षामा उत्कृष्ठ अंकका साथ उत्तिर्ण हुनका लागि लगनशील भएर अघि बढ्नुपर्ने आवस्यकता औँल्याउनुभयो । कक्षा ९ का छात्रा बिपना पहारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विद्यालयका सह प्राचार्य विक्रम पौडेल,  कक्षा १० का छात्र योगेन्द्र राना, कक्षा ९ का छात्र प्रशिद्ध दाहाल लगायतले पनि बोल्नुभएको थियो । सो अवसरमा कक्षा ९ र १० का विद्यार्थीहरुबीच मायाँको चिनो आदानप्रदान गरिएको थियो भने नृत्य तथा गीत समेत प्रस्तुत गरिएको थियो । कक्षा ९ का छात्रा लस्ता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन समेत कक्षा ९ का विद्यार्थीहरुले नै गरेको विद्यालयले जनाएको छ । उक्त विद्यालयबाट यस वर्ष ४८ जना विद्यार्थीहरु प्रवेशिका परीक्षामा सहभागि हुँदैछन् ।

भुर्तेल बन्धुहरुको कुल पूजा-Pokhara News


पोखरा, १७ फागुन
भुर्तेल बन्धु समाज नेपालको कुलपूजा सम्पन्न भएको छ । माझठाना ६ स्थित नवनिर्वित कुल मन्दिरमा सोमबार पूजा सम्पन्न भएको हो । समाजका अध्यक्ष सोमनाथ भुर्तेलको अध्यक्षतामा आयोजित पूजामा १ सय वटा बोकालाई बलि दिइएको छ ।
नेपाल खाद्य संस्थानका केन्द्रीय अध्यक्ष प्रकाशबहादुर भुर्तेल केसीको प्रमुख आतिथ्यतामा आयोजित पूजामा विष्णुप्रसाद भुर्तेल, यादवचन्द्र भुर्तेल, विश्वबन्धु भुर्तेल, कृष्णमणि भुर्तेल, चेतकृष्ण भुर्तेल, भोजराज भुर्तेल, कूल मन्दिर निर्माण समितिका संयोजक प्रजापति भुर्तेल, अर्थ संंकलन समितिका संंयोजक दुर्गादत्त भुर्तेल, स्मारिका प्रकाशन समितिका संयोजक कालिप्रसाद भुर्तेल लगायतले बोलेका थिए ।
जग्गादाता डिल्लिराम भुर्तेल तथा कुल मन्दिर निर्माणार्थ ५ हजार रुपैयाँ भन्दा बढी सहयोग गर्नेहरुलाई उक्त अवसरमा प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिएको छ । पूजामा विभिन्न क्षेत्रमा छरिएर रहेका भुर्तेल बन्धुहरुकोे उल्लेखनीय सहभागिता रहेको समाजले जनाएको छ । कूल मन्दिर निर्माण समितिका संयोजक प्रजापति भुर्तेलको घरबाट पूजाको दियोकलश निकाली गाउँ परिक्रमा गराइएको थियो ।

शाहीलाई गण्डकी पत्रकारिता पुरस्कार-Pokhara News Nepal

गण्डकी सञ्चार गृहद्धारा स्थापित तथा सञ्चालित गण्डकी पत्रकारिता पुरस्कार २०७२ बाट गण्डकी सञ्चार गृहका बरिष्ठ सम्बाददाता नारायाण शाहीलाई सम्मान गर्ने भएकोछ । रेडियोको तर्फबाट स्टेशन म्यानेजर घनश्याम पाण्डेय, पत्रकार महासघ कास्कीका सचिव त्रिभुवन पौडेल र क्रान्तिकारी पत्रकार संघका कास्कीका संयोजक दिपक परियार रहेको प्रतिभा छनोट समितिले शाहीलाई सिफारिस गरेको हो । शाहीलाई रेडीयोका बार्षिकोत्सवको दिन रेडियोको प्राङ्गणमा हुने विशेष समारोहमा नगद पाँच हजार सहित प्रमाण पत्रद्धारा सम्मान गर्ने संचार गृहले जनाएको छ ।
तनहुँ जिल्ला बरभञ्ज्याङ नाबरुङमा जन्मनुभएका पत्रकार शाहीले २०५३ सालदेखि पत्रकारिता शुरु गर्नुभएको हो । शाही गण्डकी सञ्चार गृहमा २०६४ सालदेखि आबद्ध हुनुहुन्छ भने यसअघि, उहाँले दृष्टी, जनादेश, समदृष्टि र निष्पक्ष  लगायतका साप्ताहिक पत्रिकाहरुमा काम गर्नुभएको थियो । त्रिभूवन बिश्वबिद्यालयबाट पत्रकारिता तथा आमसञ्चार बिषयमा स्नाकोत्तर गर्नुभएका शाही हाल प्रेस रिपोर्ट साप्ताहिक अखबारको सम्पादक समेत हुनुहुन्छ ।


रेडियो गण्डकीले बार्षिकोत्सवमा साइकल ¥याली र विशेष कार्यक्रम गर्ने Pokhara News


         सामुदायिक संचार केन्द्र कास्कीद्धारा संचालित सामुदायिक रेडियो गण्डकी ९०.२ मेगाहर्जले आफ्नो नबौं बार्षिकोत्सवको अबसरमा साइकल ¥याली र शुभकामना आदान प्रदानसंगै गण्डकी पत्रकारिता पुरस्कार वितरण गर्ने भएकोछ । फागुन १९ गते बुधबार विहान ७ बजे साइकल ¥याली र  ११ बजेपछि विशेष समारोह हुने रेडियोले जनाएको छ ।
      रेडियोले बार्षिकोत्सवमा यस पटक साइकल ¥यालीको आयोजना गर्न लागेको रेडियोका अध्यक्ष अग्निप्रसाद कँडेलले जानकारी दिनुभएको छ । ¥यालीमा   साइकल सिटीको संस्थागत सहभागिता रहनेछ भने पोखराका कलेज तथा विद्यालयका बिद्यार्थीहरु, सघसंस्था, बैकर, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, उधोगी ब्यबसायी, पर्यटन ब्यबसायी, समाजसेवी लगायतको सहभागिता रहने कँडेलले बताउनुभयो ।
मानिसलाई स्वास्थ्य राख्न र शुन्दर पोखरालाई स्वच्छ राख्न साइकल उपयोगी हुने भन्दै सञ्चार गृहका प्रबन्ध निर्देशक लक्ष्मण गुरुङले साइकल ¥यालीमा स्वतःस्फुर्त रुपमा पनि सवै सहभागी हुन सक्ने बताउनुभयो ।

Monday, February 29, 2016

रेडियो बाराहीको आहा–रारा विशेषमा विजेता श्रोतालाई नगद १० हजार रुपैया प्रदान

पोखरा, फागुन १७ गते । 
रेडियो बाराहीले सञ्चालन गरेको आहा–रारा गोल्डकप विशेष कार्यक्रमको विजेता स्रोतालाई आज नगद १० हजार रुपैया पुरस्कार वितरण गरिएको छ । १४ औं संस्करणको आहा–रारा गोल्डकपको अवसरमा रेडियोले आयोजना गरेको विशेष कार्यक्रममा पोखरा अमरसिंहचोकका प्रवेश शाही विजेता बन्नुभएको थियो ।
सहारा क्लव पोखराले आयोजना गरेको १४ औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्ला ? भनि रेडियोले सोधेको प्रश्नमा मनाङ मस्र्याङ्दी क्लवको पक्षमा एसएमएस गर्ने ४ हजार १ सय ९३ स्रोतामध्येबाट गोलाप्रथाको आधारमा ९८४६६– ४७१७६ मोवाइल नम्वरबाट एसएमएस गर्ने श्रोता प्रवेश शाही भाग्यशाली घोषित हुनुभएको थियो ।
कार्यक्रममा बोल्दै सहरा क्लवका अध्यक्ष विरभद्र आचार्यले आहा–रारा खेल प्रतियोगितालाई विशेष बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले रेडियो बाराहीले स्रोता र खेलप्रेमीलाई जोड्ने पुलको काम गरेको बताउनुभयो ।
स्थानीय श्रृंगा यातायात व्यवसायी समितिका अध्यक्ष केदार पौडेलले समितिले सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको बताउदै समितिले आफ्ना सेवालाई प्रभावकारी बनाउदै लगेको समेत जानकारी दिनुभयो । विजेता शाहिले रेडियोको आहा–रारा विशेष कार्यक्रम उत्कृष्ट रहेको बताउदै दर्शकलाई रंगशालासम्म पु¥याउन प्रेरित गरेको उल्लेख गर्नुभयो । 
रेडियोका कार्यकारी निर्देशक रमेश पौडेलले रेडियोले स्रोतामुखि कार्यक्रम सञ्चालन गर्दै आएको बताउदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रम संयोजक एवम् खेलकुद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष विनोद लामिछानेले खेल कार्यक्रम सञ्चालन गर्दाको अनुभव सुनाउनुभएको थियो । कार्यक्रमको सञ्चालन प्रस्तोता रोचक अधिकारीले गर्नुभएको थियो । रेडियोले सो्रताहरुलाई बढी सहभागीता गराउन  यस्ता प्रकारका कार्यक्रम गदै आएको छ ।


Thursday, February 25, 2016

सवारी दुर्घटना-Accident In Nepal



पोखरा फाल्गुण ११ गते ।
आज मिति-२०७२/११/११ गते, १३:५५बजेको समयमा जि.कास्की लेखनाथ नपा-१३ लामेआहालमा पोखराबाट दमौली तर्फ जादै गरेको ना..ख १०७३ नं.को बस र दमौलीबाट पोखरा तर्फ आउदै गरेको बा..क ९३१८ नं.को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा निम्न मानिसहरु घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल व.प्र.का. गगनगौडाबाट प्र.ना.नि. नरेन्द्रजंग कार्कीको कमाण्डमा प्रहरी टोली खटिई गई घाईतेलाई उपचारको लागि निम्न अस्पताल लगिएको, दुर्घटनामा संलग्न सवारी साधन घटनास्थल नजिक साईड लगाई आवागमन सुचारु गरिएको अन्य अनुसन्धान भईरहेको ।
            > मणिपाल शिक्षण अस्पतालमा उपचार भएका घाईतेहरु :
.     तनहु शुक्ला गण्डकी न.पा.वडा नं. ४ बस्ने बर्ष ३० की बिष्णुमाया सुनार मध्यम,
.     ऐ बस्ने निजको छोरा ९ महिनाको कृतन सुनार बेहोस,
.     ऐ ऐ बस्ने निजको छोरी बर्ष ५ की कृति सुनार- सामान्य
.     ना..ख १०७३ नं.बस चालक तनहु थप्रेक -५ बस्ने बर्ष २७ को नुन बहादुर गुरुङ- मध्यम,
.     तनहु जामुने-७ बस्ने बर्ष ४५ की नानी माया कुमाल- मध्यम,
.     ऐ मनपाङ-५ बस्ने बर्ष ४० की मिनु गुरुङ- मध्यम,
.     जि.कास्की ले..पा.-११ बस्ने बर्ष २१ की बर्षना मगर- सामान्य ।

           > पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भएका घाईतेहरु :
.काठमाण्डौ जिल्ला चपली-३ बस्ने बा..क ९३१८ नं. ट्रकको सहचालक बर्ष ३१ को कृष्ण तामाङ- सामान्य,
. ऐ वडा नं. २ बस्ने बा..क ९३१८ ट्रकका चालक बर्ष ४८ को उद्वव थापा-सामान्य,
. जि.तनहुँ शुक्लागण्डकी न.पा.वडा नं. १५ बस्ने बर्ष ६० को गोपाल पौडेल-मध्यम
. ऐ ऐ बस्ने बर्ष ५३ की लक्ष्मी थापा-मध्यम,
. ऐ राम्जाकोट गा.वि.. वडा नं. १ बस्ने बर्ष २८ को दल बहादुर पाल- सामान्य,
.जि. स्याङजा पु...पा.-९ घर भई हाल तनहुँ खैरेनीटार बस्ने बर्ष २७ को तुल बहादुर गुरुङ-मध्यम


मिति: २०७२/११/११ गते।                             
 जिल्ला प्रहरी कार्यालय कास्की
                                                                                                                       

Tuesday, February 16, 2016

दाह्री कपाल काट्दा रकम बढ्यो : नाई संघ-Pokhara News

नाई पेशाकर्मीलाई नाई संघ कास्कीको अनुरोध

पोखरा, ४ फागुन । 
नेपाल नाई संघ जिल्ला कार्यसमिति कास्कीद्वारा नाई व्यवसायीलाई सेवामा दररेट परिवर्तन भएको उल्लेख गरिएको छ । नाई संघ जिल्ला अध्यक्ष विगुलाल ठाकुरको अध्यक्षतामा वसेको वैठकले विगत लामो समयदेखि नबढेको कपाल काट्ने शुल्कमा परिवर्तन भएको निर्णय भएको जानकारी दिए । छैटौं अधिवेशन २०६८ पुसबाट पारित भईसकेको समयानुकुल दररेटलाई मंगलबारको वैठकले बृद्धिगरि बुधबारबाट लागु गरिने नाई संघका सचिव आदेशप्रसाद ठाकुरले जानकारी दिए । कास्की जिल्लामा रहेको करिव १ सय ५० सैलुनमा कपाल काट्दा रु ७० लाग्ने विज्ञप्तिमा जनाएको छ । 
बढ्दो महंगी, सैलुनमा प्रयोगहुने औजार तथा सामग्रीको मुल्य बृद्धि, मजदुरको सेवा सुविधामा बृद्धि लगायतलाई ध्यान दिँदै दररेटमा परिवर्तन गरिएको नाई संघ लेखनाथका प्रतिनिधि आनन्द ठाकुरले जानकारी दिए । हरेक २÷२ वर्षमा बृद्धि गरिनुपर्ने रकमलाई नेपाल नाई संघ केन्द्रीय समितिको ढिलासुस्ती र महाधिवेशन प्रक्रिया अगाडि नबढ्दा देश भरका नाईहरुले समस्या भोग्दै आएका छन् । नाई संघ कास्कीले दाह्री काटेको ५० रुपैयाँ लिने बताउँदै होम सर्भिसमा प्रति व्यक्ति २ सय ५०का दरले लिन समेत नाई पेशाकर्मीलाई अनुरोध गरिएको छ । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको सभाहलमा सम्पन्न बैठकमा नाई संघले उपभोक्तालाई दिनुपर्ने सेवा सुविधामा कञ्जुस्याई नगर्न व्यवसायीलाई आग्रह समेत गरेको छ । 
संघले विज्ञप्ति जारी गर्दै मेसिनले कपाल काटेको रु ८०, टाउको मसाज गरेको रु १ सय, लेडिज कपाल काटेको एक सय रुपैयाँ लिन व्यवसायीलाई अनुरोध गरिएको संघका सहसचिव धु्रर्व ठाकुरले जानकारी दिएका छन् । नाई संघ कास्कीले आफ्ना मजदुरलाई तालिम, महिनाको १ दिन विदा, भ्रमण तथा अवलोकन, व्यवसाय जन्य सुरक्षाको तालिम गराउँदै आएको छ । विज्ञप्तिमा कास्की जिल्लामा कपाल काट्ने दररेट बृद्धि हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमा समेत मागेको छ । 
थपजानकारीका लागि 
विगुलाल ठाकुर, अध्यक्ष नाई संघ, ९८४६०६०५९५   

Saturday, February 13, 2016

सिर्जनाचोकमा सेगाको शाखा -Pokhara Nepal

पोखरा, १ फागुन ।
पोखराको अमरसिंहचोकमा बिगत १० वर्षदेखि सञ्चालित सेगा कम्प्युटरले सिर्जनाचोकमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको शनिबार एक कार्यक्रम बीच कम्प्युटर एशोसिएसन महासंघ नेपाल कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले उद्घाटन गरे । कम्प्युटर शिक्षाको क्षेत्रमा लामो अनुभव भएका युवाहरु विकास भुर्तेल र महेन्द्र भुर्तेलले सेगा कम्प्युटर सञ्चालन गरेका हुन् ।
सेगाले शाखाको ब्राण्डिङ ‘सेगा एजुकेशन फाउण्डेसन प्रालि’ नामबाट गरेको छ । शाखामा वेब डिजाइनिङ तथा वेब प्रोग्रामिङ, मोबाइल एप्लिकेसन, अटो क्याडमा टुडि, थ्रिडी, व्यासिक तथा एडभान्स लेबलको हार्डवयर, ग्राफिक्स डिजाइनिङ, एकाउन्टिङ प्याकेज लगायतका कम्प्युटर कोर्ष प्रदान गरिने सञ्चालक विकास भुर्तेलले जानकारी दिए । दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराउने उनले बताए । ‘प्रशिक्षण पछाडि विभिन्न संघ–संस्थामा इन्टर्नसिपको व्यवस्था गरिनेछ,’ उनले भने । सूचना तथा प्रविधिको क्षेत्रमा चासो राख्ने विद्यार्थीलाई लक्षित गरी शाखा सञ्चालनमा ल्याइएको हो ।
पारिवारिक वातावरणमा दक्ष प्रशिक्षकद्वारा शिक्षा प्रदान गरिने भएकाले विद्यार्थीको आकर्षण बढ्ने अर्का सञ्चालक महेन्द्र भुर्तेलले बताए । सैद्धान्तिक र व्यवहारिक माध्यमबाट विद्यार्थीलाई प्रशिक्षण दिइने उनले बताए । ‘ठूलो स्क्रिनको मोनिटरबाट शिक्षा दिइने भएकाले विद्यार्थीले सहज तरिकाले बुझ्न सक्छन्,’ उनले भने । प्राक्टिकलमा ल्यापटपको माध्यमबाट विद्यार्थीलाई प्रशिक्षण दिने व्यवस्था मिलाइएको भुर्तेलले जानकारी दिए ।
शाखा शुभारम्भको अवसरमा बोल्दै अध्यक्ष बास्तोलाले पोखरामा सूचना तथा प्रविधिको क्षेत्रमा आकर्षण बढेको बताए । उक्त अवसरमा कम्प्युटर एशोसिएसन महासंघ कास्कीका पूर्व अध्यक्ष गुणानिधि पाण्डे, लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष कृष्णराज पोखरेल लगायतले बोलेका थिए । शाखा उद्घाटनका अवसरमा मोबाइलको माध्यमबाट बिजुलीको स्विच अनअफ गर्ने प्रविधिको डेमो प्रदर्शन गरिएको थियो । उक्त डेमो सेगामा हार्डवयर प्रोग्रामिङ कोर्ष सिकेका विद्यार्थीले तयार पारेका हुन् ।