Friday, March 11, 2016

व्यापार मेलामा छुटको बहार, आज कन्दरा घन्किने -National-Industrial-Business-Event-2072-Pokhara

पोखरा, २७ फागुन ।
पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएका स्टलहरुले आफ्ना उत्पादनमा भारी छुटको व्यवस्था गरेका छन् । मेलामा राखिएका सबैजसो तयारी पोशाकका स्टलहरुले आफ्नो सामानमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् ।
 आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुका अनुसार मेलामा केही उत्पादनहरु प्रदर्शनीको लागि मात्र राखिएका छन् भने धेरैजसो सामानहरु बिक्रीकै लागि प्रदर्शन गरिएको छ । यता,मेलामा रहेका सूचना प्रविधीसम्बन्धी स्टलहरुले कम्प्यूटर, ल्यापटप, पावर बैंक र अन्य सामानहरुमा भारी छुट दिएका छन् ।
‘ चिया, प्राङ्गारिक उत्पादन, विभिन्न खाद्यान्न कम्पनीका चामल,तेल लगायतका सामानहरु बिक्रीसँगै प्रर्दशनीको उदेश्यमा समर्पित छन्’, उनले भने,‘ ति कम्पनीहरुले मेलालाई आफ्नो सामानको प्रचार स्थलको रुपमा प्रयोग गरेका हुन् । ’
महासचिव प्रजुका अनुसार मेलामा  रहेका स्टलहरुले तोकेको मूल्य बाहिरी बजारको भन्दा सस्तो रहेको छ । यसैगरी मेलामा चम्पा कपडा उद्योगले  खागीका बेचिरहेको छ । उद्योगका संचालक चप्पा सिँहका अनुसार पछिल्लो समयमा खाडीको कपडाप्रति मानिसहरुको चासो ह्वात्तै बढेको छ । लगाउन सलिलो , शालिनता अनि सितलता खाडीको कपडको विशेषता हो ।  यसैगरी मेलामा रहेको कपडा, मेरो चित्र मेरो टिसर्ट भन्ने स्टलले विभिन्न उत्कृष्ट भनाई र चित्र भएको टिसर्टहरु बिक्री गरिरहेको छ । ‘युवा पुस्तालाई सार्थक जीवनको महत्व बुझाउन तथा कलाको प्रवद्र्धन गर्नु हाम्रो उदेश्य हो ।’– मेरो चित्र मेरो टिर्सट पसलका संचालक कृष्णकुमार श्रेष्ठले भने । त्यसो त मेलामा पुस्तकप्रेमीहरुले पनि छुटको अनुभव गर्न पाउने छन् । मेलास्थलमा रहेको रिडर कर्नरले १५ प्रतिशत छुटमा किताब बेचिरहेको छ । कलर्स मोवाइल,विन्ध्यवासिनी अचार उद्योग लगायतका सबैजसो स्टलहरुले आफ्नो सामानमा छुट दिँदै आएका छन् ।
‘ सायद, मेलामा छुट नभएको कुनै सामान नै छैन’, मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष तथा स्टल व्यवस्थापन उपसमिति संयोजक मीनराज काफ्लेले भने,‘ मेला समापन हुने दिन नजिकिँदै गर्दा छुटको बहार झन बढ्नेछ ।’ प्राङ्गारिक कृषिबारे जनचासो बढाउन तथा उद्यमशीलता सिकाउनको लागि कृषिको स्टलबाट जानकारी पनि बाँडिएको उनले जनाए ।
 यता बिहीबारसम्म १ लाख ५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने ४ करोडभन्दा बढीको कारोवार भएको छ । आउँदा दिनमा कारोवार झन बढ्ने छ । मेलामा रहेको अटोका स्टलहरुबाट विभिन्न ब्राण्डका गाडीहरु बुकिङ बढ्दै गएकाले कारोवार उकालो लाग्ने संघका उपमहासचिव  प्रकाशदेव पालिखेले जनाए ।
मेला अन्तर्गत शुक्रबार चर्चित ब्याण्ड कन्दराको सांगितिक प्रस्तुति रहनेछ । नयाँ एल्बम बजारमा ल्याउन लागेको कन्दराले साँझ हुने कार्यक्रममा आफ्ना नयाँ र पुराना गीत गाउने छ । कन्दरालाई देउराली ब्याण्ड र एसकुमारले साथ दिनेछन् । यसैगरी पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा,प्रजापति पराजुली, चोलेन्द्र पौडेल,जीवन दाहाल,सुरेन्द्र गुरुङ,शिवहरि ढुंगाना, रामजी पौडेल,ज्योति लोहनी, इन्द्रा गुरुङ लगायतको प्रस्तुति रहनेछ । यसैगरी अन्तर जिल्ला उद्योग वाणिज्य संघस्तरीय लोकदोहोरी प्रतियोगिता अन्तर्गत शुक्रबारबाट सेमिफाइनलको प्रतिष्पर्धा हुनेछ । पोखरा,पाल्पा, बालिङ र बुटवल उद्योग वाणिज्य संघ सेमिफाइनमा प्रवेश गरेका छन् । यता  मेला अन्तर्गत दैनिक टिकटमा कलर्स मोवाइल बुधबार अर्थात फागुन २६ गते ४० रुपैयाँ टिकट समूहको १२१९ नम्बरलाई प्राप्त भएको छ।

No comments:

Post a Comment

Please, comment about this article.