Monday, February 29, 2016

रेडियो बाराहीको आहा–रारा विशेषमा विजेता श्रोतालाई नगद १० हजार रुपैया प्रदान

पोखरा, फागुन १७ गते । 
रेडियो बाराहीले सञ्चालन गरेको आहा–रारा गोल्डकप विशेष कार्यक्रमको विजेता स्रोतालाई आज नगद १० हजार रुपैया पुरस्कार वितरण गरिएको छ । १४ औं संस्करणको आहा–रारा गोल्डकपको अवसरमा रेडियोले आयोजना गरेको विशेष कार्यक्रममा पोखरा अमरसिंहचोकका प्रवेश शाही विजेता बन्नुभएको थियो ।
सहारा क्लव पोखराले आयोजना गरेको १४ औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्ला ? भनि रेडियोले सोधेको प्रश्नमा मनाङ मस्र्याङ्दी क्लवको पक्षमा एसएमएस गर्ने ४ हजार १ सय ९३ स्रोतामध्येबाट गोलाप्रथाको आधारमा ९८४६६– ४७१७६ मोवाइल नम्वरबाट एसएमएस गर्ने श्रोता प्रवेश शाही भाग्यशाली घोषित हुनुभएको थियो ।
कार्यक्रममा बोल्दै सहरा क्लवका अध्यक्ष विरभद्र आचार्यले आहा–रारा खेल प्रतियोगितालाई विशेष बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले रेडियो बाराहीले स्रोता र खेलप्रेमीलाई जोड्ने पुलको काम गरेको बताउनुभयो ।
स्थानीय श्रृंगा यातायात व्यवसायी समितिका अध्यक्ष केदार पौडेलले समितिले सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको बताउदै समितिले आफ्ना सेवालाई प्रभावकारी बनाउदै लगेको समेत जानकारी दिनुभयो । विजेता शाहिले रेडियोको आहा–रारा विशेष कार्यक्रम उत्कृष्ट रहेको बताउदै दर्शकलाई रंगशालासम्म पु¥याउन प्रेरित गरेको उल्लेख गर्नुभयो । 
रेडियोका कार्यकारी निर्देशक रमेश पौडेलले रेडियोले स्रोतामुखि कार्यक्रम सञ्चालन गर्दै आएको बताउदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रम संयोजक एवम् खेलकुद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष विनोद लामिछानेले खेल कार्यक्रम सञ्चालन गर्दाको अनुभव सुनाउनुभएको थियो । कार्यक्रमको सञ्चालन प्रस्तोता रोचक अधिकारीले गर्नुभएको थियो । रेडियोले सो्रताहरुलाई बढी सहभागीता गराउन  यस्ता प्रकारका कार्यक्रम गदै आएको छ ।


No comments:

Post a Comment

Please, comment about this article.