Monday, March 7, 2016

पत्रकार राजाराम पौडेल रिमझिम दोहोरी साँझमा सम्मानित


 पोखरा २४ फागुन
 पोखराको विरौटामा रहेको रिमझिम दोहोरी साँझको प्रथम वार्षीकोत्सवको अवसरमा पत्रकार राजाराम पौडेललाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट नेपाली लोक संस्कृती र नेपाली लोक दोहोरी क्षेत्रको बारेमा गरेको योगदानको कदर गर्दै पत्रकार पौडेललाई सम्मान गरिएको हो । उनलाई नगद ३ हजार ३ सय ३३, दोसल्ला र सम्मानपत्रले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकदोहोरी गायिका कोमल वलीले सम्मान गरेकी थिइन् । प्रेस चौतारी कास्कीका कोषाध्यक्ष तथा चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष समेत रहेका पौडेलले लोक संस्कृतीको क्षेत्रमा कलम चलाउने सबै पत्रकारलाई यो सम्मानले उत्पेरणा प्रदान गरेको बताए । पत्रकार पौडेल सुनौलो एफ एम, हाम्रो कलम राष्ट्रिय दैनिक, गोल्डेन न्युज राष्ट्रिय दैनिक, सफल न्युज डट कममा आवद्ध छन् । यसैबिच दोहोरी साँझले लोकदोहोरी गायक श्रीराम अधिकारी, उत्कृष्ठ कर्मचारीको रुपमा गायक गगन गुरुङ र राम्रो सेवा प्रदान गर्ने कर्मचारी मनिषा श्रेष्ठलाई सम्मान गरेको थियो । उनीहरुलाई पनि नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

दोहोरी साँझले आफ्नो वार्षीकोत्सवको अवसरमा एकहप्तासम्म चर्चीत कलाकारको साथमा विशेष कार्यक्रमको आयोजना समेत गरिरहेको छ ।  फागुन २७ गतेसम्म सञ्चालन गरिने यो कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको सहभागिता रहने कार्यक्रम संयोजक समेत रहेका वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले बताए ।

एक हप्ते कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार कोमल वली, पुरुषोत्तम न्यौपाने, रामभक्त जोजीजु, रमेश विजी, कुमार पुन, जुना श्रीस मगर, राधिका हमाल, निता पुन, शंकर विरही गुरुङ, जानकी मगर लगायतले आफ्नो प्रस्तुती राख्दै आएका छन् । २०७१ साल फागुन २२ गतेबाट पिताम्बर भण्डारी, पुरुषोत्तम न्यौपाने, श्रीराम वराल, ईश्वर श्रेष्ठ, प्रेमलाल पाण्डे, कुमार पुन, नविन आले र जानुका भट्टराईको संयुक्त लगानिमा पोखराको विरौटामा दोहोरी साँझ सञ्चालनमा आएको हो । दोहोरी सञ्चालन गर्न ९४ लाख लगानी लागेको सञ्चालक न्यौपानेले  बताए । दोहोरी साँझमा १६ कलाकार सहित ३५ जना कर्मचारी कार्यरत रहेका छन् । नियमित कलाकारको रुपमा पुरुषोत्तम न्यौपाने, कुमार पुन, गगन गुरुङ, श्रीराम अधिकारी, बुद्धि थापा, होम नेपाली, सपना वि.क., प्रेमा मगर, रजनि मगर, सञ्जु थापामगर, उषा पुन, राजेन्द्र परियार, विमल गायक, अनुप गुरुङ, जितेन्द्र सेन्चुरी, मदन गिरीले साँझमा दैनिक प्रस्तुती राख्ने गरेको उनले बताए ।

No comments:

Post a Comment

Please, comment about this article.