पोखरा ११ फुलवारी वस्ने वर्ष २५ को शंकर नेपाली र सोही ठाउँ वस्ने वर्ष २५ को पप्पु भन्ने टप वहादुर नेपालीले नक्कली प्रहरी बनी रकम असुल गरिरहेको अवस्थामा प्रहरी चौकी नौडाडावाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान एवम् कार्वाहीको लागि यस कार्यालयमा ल्याइएको छ ।
अनुसन्धानको क्रममा निजहरुले विगत ६/७ महिना पहिला देखि उक्त कार्य गर्न शुरु गरेको वताएका छन् । निजहरु अनैतिक एंवम गैह्रकानुनी कार्य गर्ने व्यक्तीहरुलाई हामी शादा पोशाकका -CID POLICE_प्रहरीहरु हौ भन्दै नियन्त्रणमा लिने र रकम असुल गरी छाड्ने गरेको वुझिएको छ । उनीहरुले पोखरा–११ फुलवारीको मणिपाल शिक्षण अस्पताल पछाडीबाट ३ दिन पहिला मात्र एक जोडी संग रु.२५०।– र एक जना वुढा मान्छे संग रु १०००।–, भलाम जाने बाटोबाट दुई जोडी संँग क्रमश रु १०००।– र रु १८००।– असुलेको वताएका छन् । २ महिना पहिला १ थान Sony Erission मोवाईल र ३ हप्ता अगाडी L.G मोवाईल फेला पारी रु ३५००।– र रु २५००।– मा महेन्द्रपुलको बावुदाई भन्नेको मोबाइल पसलमा वेचेको स्वीकारेका छन् ।