Saturday, September 1, 2012

नक्कली प्रहरी बनी रकम असुल्ने प्रहरी खोरमा

        पोखरा ११ फुलवारी वस्ने वर्ष २५ को शंकर नेपाली र सोही ठाउँ वस्ने वर्ष २५ को पप्पु भन्ने टप वहादुर नेपालीले नक्कली प्रहरी बनी रकम असुल गरिरहेको अवस्थामा प्रहरी चौकी नौडाडावाट खटिएको प्रहरी टोलीले  पक्राउ गरी आवश्यक अनुसन्धान एवम् कार्वाहीको लागि यस कार्यालयमा ल्याइएको छ ।
    अनुसन्धानको क्रममा निजहरुले विगत ६/७ महिना पहिला देखि उक्त कार्य गर्न शुरु गरेको वताएका छन् । निजहरु अनैतिक एंवम गैह्रकानुनी कार्य गर्ने व्यक्तीहरुलाई हामी शादा पोशाकका -CID POLICE_प्रहरीहरु हौ भन्दै नियन्त्रणमा लिने र रकम असुल गरी छाड्ने गरेको वुझिएको छ । उनीहरुले पोखरा–११ फुलवारीको मणिपाल शिक्षण अस्पताल पछाडीबाट ३ दिन पहिला मात्र एक जोडी संग रु.२५०।– र एक जना वुढा मान्छे संग रु १०००।–, भलाम जाने बाटोबाट दुई जोडी संँग क्रमश रु १०००।– र रु १८००।– असुलेको वताएका छन् । २ महिना पहिला १ थान Sony Erission मोवाईल र ३ हप्ता अगाडी L.G मोवाईल फेला पारी रु ३५००।– र रु २५००।– मा महेन्द्रपुलको बावुदाई भन्नेको मोबाइल पसलमा वेचेको स्वीकारेका छन् ।
हाल सम्म कुनै पनि पिडितले सुचना नदिएको कारण असुली धन्दा गरिरहेका निजहरुले हिजो भाद्र १४ गते पोखरा ६ वैदाम निवासी मो.सा.चालक सन्तोष भण्डारीसंग समेत कास्कीको काँडेमा हामी शादा पोशाकका -CID POLICE_ प्रहरीहरु हौ भनी रु ३०० असुल गरेपछि, घटना वारे जानकारी हुँदा प्रहरी चौकी नौडाँडाले पक्राउ गरी उनीहरुको कतुर्तको खुलासा भएको हो । उक्त घटनामा संलग्न अन्य गिरोहहरु समेतको खोजतलास एवम् अन्य आवश्यक अनुसन्धानार्थ केही सार्वजनिक अपराध तथा सजाय ऐन २०२७ अन्तरगत  कानुनी कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी यस कार्यालयमा राखिएको छ ।
नाम: पप्पु भन्ने टप बहादुर नेपाली
 नामः– शंकर नेपाली

 

No comments:

Post a Comment

Please, comment about this article.