Saturday, September 1, 2012

पसगाउँमा शहादत प्राप्त शहिदको स्मृतिमा एनेकपामाओवादी कास्कीको सभा

बिस २०६० भदौ १६ गते लमजुङ्गको पसगाउँमा तत्कालिन शाही सेनाद्धारा हत्या गरिएका शहिद हेममणी सिंखडा अंकित ११ जनाको स्मृतिमा एकिकृत नेकपा माओवादी कास्कीले शनिबार पोखरामा १० औ स्मृति सभाको आयोजना ग¥यो । सभामा बोल्दै प्रमुख अतिथी एकिकृत नेकपा माओवादी महाधीवेशन आयोजक समितिका सदस्य एवं कास्की जिल्ला सम्मेलन आयोजक समितिका संयोजक झलकपाणी तिवारीले “सहिदका सपना अझै पुरा हुन नसकेका हुदा अझ हामी एकताबद्ध भएर त्याग र समर्पपणको भावले अगाडी बढ्नु पर्छ” भन्नुभयो ।

नेता तिवारीले महान क्रान्ति सम्पन्न गरेर मात्र महान सहिदहरुका सपना साकार हुन सक्ने कुरामा जोड दिदै पार्टीलाई सुदृढ बनाएर नेपाली क्रान्ति पुरा गर्न एकिकृत नेकपा माओवादी दृढ रहेको वताउनुभयो ।
कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले शहिदहरुले गरेका कामहरुको मुर्तीकृत गर्दै जानुपर्ने कुरामा जोड दिदै नेपाली क्रान्ति पुरा गर्न सम्पुर्ण प्रगतीशील विद्यार्थीहरु अझै पनि तम्तयार रहेको वताउनुभयो ।
कार्यक्रममा सहिद परिवार समाज नेपालका अध्यक्ष दुर्गा वि.क.ले शहिदहरुको सपना पुरा गर्न पार्टीले ठोस योजना ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । पुर्व सभासद समेत रहनुभएका बिकले नेपाली क्रान्ति पुरा गर्न अझै पनि शहिद परिवारहरु बलिदान गर्न तयार रहेको वताउनुभयो ।
कार्यक्रमा  महाधिबेशन आयोजक समितिका सदस्य अमर तमु, वेपत्ता परिवार समाज तमुवानका अध्यक्ष ओम कुमारी,बेपत्ता समाज नेपालका कास्की जिल्ला अध्यक्ष अणनाथ बरालको समेत विशेष उपस्थिति सम्पन्न कार्यक्रमको संचालन जिल्ला सदस्य निर्मला न्यौपाने आस्थाले गर्नु भएको थियो ।
एनेकपा (माओवादी) कास्की पार्टी जिल्ला कार्यालय मुख्य सचिव  लालमोहन तिवारीको अध्यक्षतामा माओवादी कास्कीको कार्यालयमा कार्यक्रम सम्पन्न भएको थियो । 

 २०६० सालको भदौ १६ गते लमजुङ्गको पस गाउँमा बास बसेको अवस्थामा सिंखडा सहित ११ जना माओवादी कार्यकर्ताहरुलाई तत्कालिन शाही सेनाले पक्राउ गरेर निर्ममताका साथ हत्या गरेको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.