Saturday, September 1, 2012

गांजा फंडानी कार्यक्रमको प्रतिवेदनः


सर्व प्रथमत लागुऔषध नियन्त्रण गर्ने अभियान अन्र्तगत हेम्जा गाविसको ९ वटै वडाहरुमा लगाईएको गांजा खेति नष्ट गर्ने कार्यक्रमको लागि मलाई संयोजकको जिम्मेवारी दिनुहुने कार्यसमिति मित्रहरु प्रति हार्दिक आभार प्रकट गर्दछु ।

यस सामुदायिक सेवा केन्द्रको आयोजनामा जिल्ला प्रहरी कार्यलय कास्की, वडा प्रहरी कार्यालय बगर, कास्की जिल्लामा क्रियाशिल रहेका सवै सामुदायिक सेवा केन्द्रहरु, लागु पदार्थ नियन्त्रण आमा समुह पोखरा, सक्रिय जागरुक युवा क्लव पोखरा १ कस्सेरी, पोखरा १ मा क्रियाशिल रहेका आमा समुहहरु नमुना, शिद्धार्थ, रत्ना, हरिचोक, शंकरटोल, सहारा, मनकामना, परियार सेवा समाज, हेम्जा गाविस, हेम्जा गाविसमा क्रियाशिल आमा समुहहरु रामजानकी, नमुना, देउराली, ईन्द्रणी, राधाकृष्ण, कमलजैसी, देविस्थान, कालिका, डहरेदेउराली, तिव्रिकोट, गौरीशंकर, हेम्जा सुजनशिल आमा समुह लगाएतका संघ संस्थाहरुलाई सहभागि गराई कास्की जिल्ला हेम्जा गाविसको ९ वटै वडाहरुमा लगाईएको करिव तिन ट्रक गांजा फंडानी गरि सोही दिन वडा प्रहरी कार्यालय बगर परिसरमा ल्याई राखिएको र मिति २०६९/०५/०५ गते एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष श्री पुरुषोत्तम श्रेष्ठ, संस्थापक अध्यक्ष तथा सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका नि.व. अध्यक्ष श्री सीता गुरुङ्ग, वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्रहरी निरीक्षक श्री भुवनेश्वर तिवारीले सयुंक्त रुपमा आगो लगाई संकलित गांजा नष्ट गर्ने कार्यक्रम सम्पन्न गरिएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.