Saturday, September 1, 2012

संस्थाको नवौं बार्षिक साधारणसभा तथा पांचौ अधिबेशन कार्यक्रमको प्रतिवेदनः

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा १ बगरको नवौ बार्षिक साधारण सभा तथा पांचौ अधिबेशनले सर्व सम्मत रुपमा पुनः पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा आगामी दुई बर्षे कार्यकालका लागि नयां कार्य समिति चयन गरेको छ । समितिको नि.व. अध्यक्षमा सीता गुरुङ्ग, प्रथम उपाध्यक्षमा ध्रुव प्रसाद पराजुली, द्धि.उपाध्यक्षमा जीवन अधिकारी, सचिवमा गिरी प्रसाद गुरुङ्ग, सह–सचिवमा रामभुषण पराजुली, कोषाध्यक्षमा कृष्ण पौडेल तथा सदस्यहरुमा बिष्णु बहादुर खड्गी, बिजया गुरुङ्ग, होम बहादुर बस्नेत, रामप्रसाद अधिकारी, बिभिषण तिमिल्सिना, प्रेमदेवी परियार, रुद्र प्रसाद सुवेदी (च्वाई), युवराज आचार्य चयन भएका छन ।

यस अघि अधिबेशनको उद्घाटन गर्दै पश्चिम क्षेत्रिय प्रहरी प्रमुख प्र.ना.म.नि. श्री राजेन्द्रसिंह भण्डारीले समाजमा रहेको बिकृति न्यूनिकरण गर्न प्रहरी एक्लैको प्रयासले मात्र सम्भव नहुने बताउंदै प्रहरीको साथमा नागरिक समाजको साथ आवश्यक रहेको बताउनुभयो । उंहाले पर्यटकीय नगरी पोखरा लगाएत पश्चिम क्षेत्रको शानित र बिकासका लागि आपुंm कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सशस्त्र प्रहरी उपरीक्षक श्री शम्भु प्रसाद उप्रेतिले सामुदायिक प्रहरीले गरेको कार्यले समाजमा रहेको बिकृति बिसंगती न्यूनिकरण गर्न टेवापुगेको बताउंदेै आगामी दिनहरुमा पनि यस्ता उदाहरणिय कार्यहरुलाई निरन्तरता दिन सुझाव दिनुभयो । कार्यक्रममा संस्कृतिबिद श्री तिर्थश्रेष्ठले पछिल्लो समयमा मानिस सामाजिक कार्यतिर भन्दा पनि समाजलाई बिसंगतीतर्फ धकेल्न उद्धत रहेको भन्दै केन्द्रले गरेका कार्यहरुले बिकृति बिसंगती न्यूनिकरण गर्न सहयोग पुगेको बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष एवम् सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष श्री सीता गुरुङ्गले समाजमा रहेका लागुपदार्थ ओसार पसार, हिंसा, लागुऔषध प्रयोगकर्ता आदि निर्मुल गर्न संस्थाको स्थापना गरिएको स्मरण गराउंदै उद्धेश्य प्राप्तीका लागि सवै सहयोग प्राप्त भईरहेको बताउंदै सहयोगले निरन्तरता पाउने बिश्वास व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष श्री पुरुषोत्तम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहकार श्री शिव चालिसे, सामुदायिक सेवा केन्द्र बेदामका अध्यक्ष पम्फा पहारी, सहारा आमा समुहका अध्यक्ष श्री शारदा अधिकारी, सम्पूर्ण संस्थाको तर्फबाट ईन्द्रेणी एकिकृत बिकास केन्द्रका श्री राजेन्द्ररमण पराजुली लगाएतले आ–आप्mना भनाई राख्दै संस्था तथा कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए भने केन्द्रका कोषाध्यक्ष श्री कृष्ण पौडेल र सचिव श्री जीवन अधिकारीले क्रमश आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेको थिय ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र बगरका संस्थापक अध्यक्ष श्री सीता गुरुङ्ग, संस्कृतिकर्मि तिर्थ श्रेष्ठ तथा २०६८ सालको प्रबेशिका परिक्षामा उत्कृष्ट अंक साथ उत्तिर्ण भएका सदस्यका छोरा÷छोरीहरु (छात्र तर्फ जायज अधिकारी र छात्रा तर्फ अर्पणा बिजुक्छे) लाई सम्मान गरिएको थियो भने संस्थालाई सहयोग गर्ने बिभिन्न संघ÷संस्थाहरु तथा व्यक्तिहरुलाई समेत मायांको चिनो प्रंदान गरिएको थियो । करिव २०० जनाको उपस्थिती रहेको कार्यक्रम संस्थाका सह–सचिव श्री गिरी प्रसाद गुरुङ्गले संचालन गर्नु भएको थियो ।


No comments:

Post a Comment

Please, comment about this article.