Tuesday, June 19, 2012

Mahindra have launched their latest pickup-truck Mahindra Genio now in Nepal






 Mahindra and Mahindra have launched their latest pickup-truck Mahindra Genio on January 28. The company has planned to launch a series of new vehicles with Mahindra Genio as the base.
Mahindra Genio colors:
The small commercial vehicle, Mahindra Genio is available in four attractive colors. Mahindra Genio can be purchased in silver shine (metallic), diamond white, marvel granite and skyline blue.
Mahindra Genio specifications briefing:
Mahindra Genio being a commercial vehicle has been powered with diesel engine with maximum power of 75 bhp with maximum torque of 220 nm. Mahindra Genio has been blessed with 215/75 R15 size tyres 5 manual gear shifts which makes the vehicle can be used to tread tough Indian roads with loaded cargo.

Mahindra Genio has independent coil springs, multi link coil springs which proves to be a good suspension quotient for a commercial vehicle. Mahindra Genio has power steering with disc brakes in the front and drum brakes for rear tyres.
Mahindra Genio has redefined the interiors for a commercial vehicle. The dashboard of Mahindra Genio is well optimized with speedometer, fuel gauge and tachometer placed at the back of the steering. White color fills the interior space with leather seats which has got a lot of legroom space.

Mahindra Genio specifications:
Engine Type: diesel
Maximum Power: 75 Bhp
Maximum Torque: 220 Nm
Seating Capacity: 2
Tyre Size: 215/75 R15
Suspension: Independent Coil Springs, Multi Link Coil Springs
Turning Circle: 5.40 mtrs.
Steering: Power
Brakes: Front Disk, Rear Drum
Gears: 5 Manual
Fuel Tank: 55.00
Tachometer: Yes
Trip meter: Yes
Rear seat belts: 3

Monday, June 18, 2012

60 days campaign on witchallegation बोक्सीको आरोपमा महिला माथि हुने अपराध विरुद्धको ६० दिने अभियानको समापन


काठमाडौं, असार ४
बोक्सीको आरोपमा महिलामाथि गरिने अपराध+मानव अधिकार हनन्को स्थीति विरुद्ध सञ्चालन गरिएको ६० दिने अभियानको सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना समापन गरिएको छ । कुसंस्कार, कुरीति तथा अन्धविश्वासका कारण बोक्सीको आरोप लगाई हरेक महिना कम्तिमा ५ जना महिलाहरु माथि नेपालमा कुटपीट हुने, मलमुत्र ख्वाइने, घर तथा गाँउ निकाला गरिने, आँखा तथा योनी जस्तो संवेदनशिल अंगहरु अंगभंग गरिनुका साथै शारीरिक र मानसिक हिंसा हुने गरेको छ । ओरेक नेपालका अनुसार ०६८ बैशाख देखि फाल्गुनसम्म ९२ जना महिलाहरुलाई बोक्सीको आरोपमा विभिन्न खालको हिंसा भएको छ । यसै तथ्यांकलाई आधार मान्दै २०६८ चैत्र २८ गतेदेखि देश व्यापीरुपमा महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालको संयोजकत्वमा ओरेक नेपाल, राष्ट्रिय महिला अधिकार मञ्च, महिलाको निम्ति महिला मञ्च, कृतिका अभियान, एक्सन एड नेपाल र केयर नेपालले संयुक्त रुपमा बोक्सीको आरोपमा महिलामाथि गरिने अपराध÷मानव अधिकार हनन्को स्थीति विरुद्धको ६० दिने अभियान शुरुवात गरेको थियो ।बोक्सीको आरोप लगाई महिला माथि गरिने हिंसा सम्बोधन गर्ने प्रभावकारी कानूनको अबिलम्ब व्यवस्था गरिनुपर्ने, बोक्सीको आरोप लागी अपराध खप्नबाध्य महिलाहरुका लागि तुरुन्तै न्याय प्राप्तगर्ने संयन्त्रको व्यवस्था गरिनुपर्ने, प्रभावितहरुको सामाजिक, आर्थिक, अधिकार सुनिश्चितता गर्ने प्रभावकारी व्यवस्था गरिनुपर्ने र सरकारी तहबाट बोक्सी अन्धबिश्वास हो, सामाजिक कुरीतीजन्य सोचको परिणाम हो भन्ने बुझाउने खालको प्रभावकारी संचार अभियान संचालन गरिनुपर्ने चारवटा माग राखेर अभियान सञ्चालन गरिएको थियो ।समापन कार्यक्रममा विभिन्न जिल्लाका पनि गाँउ–गाँउमा महिला मानवअधिकार रक्षकहरुको संजालद्वारा सचेतना मुलक तथा दवावमुलक कार्यक्रम संचालन गरी करीब १७
जना वोक्सीको आरोपमा यातना खेप्न बाध्य महिलाहरुको आवाज संकलन गरी सरोकारवालाहरुको ध्यानाकर्षण गरिएको अभियान संयोजक डा. रेणु राजभण्डारीले बताउनुभयो ।समापन कार्यक्रममा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीले आफूले यस अभियानको शुरुवातमा बोक्सी आरोपीत महिलाहरुको दृश्यसहित कार्यक्रम तथा हाल श्रव्य कार्यक्रममा सहभागी भै बोक्सीको आरोपमा गरिने अमानवीय कार्य विरुद्ध ऐक्यवद्धता जनाएको बताउनुभयो । नेता केसीले आफुले पार्टीमा पनि यस विषयमा छलफल गर्नुका साथै आफ्नो पार्टीले सशक्त रुपमा यो कुसंस्कार विरुद्ध सहयोग, योगदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।एमालेका सुजिता शाक्यले आफ्नो पार्टीले महिला हिंसा अन्त्यका लागि आवाज उठाउदै आएको र भगिनी संस्थाले पनि महिला हिंसा अन्त्यका लागि अभियानै चलाएको जानकारी दिदै अब बोक्सी विरुद्धको कानुन बनाएर दोषीलाई कार वाही र समाजमा सचेतना ल्याउन यस्ता अभियान अत्यन्तै सहयोगी भएको जनाउदै
आफ्नो पार्टी सधै हिंसाको विरोध गर्ने र आफ्ना कार्यकर्तालाई निर्देशित गरको बताउनुभयो ।मानव अधिकारकर्मी तथा महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालका अध्यक्ष डा.रेणु राजभण्डारीले देशको १८ जिल्लामा समुदायस्तर सम्मनै र ७५ वटा जिल्लामा जिल्ला स्तरीय अभियान संचालन गरेको बताउदै अन्धविश्वासका कारण गरिने यस्ता हिंसा असभ्यताको पराकाष्टा हो भन्नुभयो ।बोक्सीको आरोपमा महिला माथि हुने अपराध विरुद्धको ६० दिने अभियान एकदमै सफल भएको भन्दै उहाँले राजनीतिक दल तथा सरकार नै जिम्मेवार भए मात्र यस्ता अपराध तथा मानवअधिकार विरोधी घटना निर्मूल हुने बताउदै यस अभियानमा सहयोग गर्ने संचार माध्यम र सबै नागरिक समाजलाई धन्यवाद ज्ञापन गर्नुभयो ।एनेकपा माओवादीका प्रतिनिधी तथा पूर्व शान्ति मन्त्री सत्य पहाडीले अभियान्ताहरुलाई धन्यवाद दिदै महिलाको आर्थिक सशक्तिकरण नभएसम्म महिलाहरु यस्ता कुरिती र कुसंस्कारजन्य अपराधबाट पिडित भइराख्ने बताउनुभयो ।राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गौरी प्रधानले मानवअधिकारकर्मी, सरकारी
निकाय तथा सम्र्पूण वर्ग र क्षेत्रले संसारमा कही कतै बोक्सीको अस्तीत्व छैन र हुदैन भनेर भनेर सन्ेदश दिनुपर्ने बताउनुभयो ।करिब ५० प्रतिशत समुदायका व्यक्तिहरुमा बोक्सी हुन्छ तथा अदृश्य शक्ति हुन्छ
भन्ने विश्वासका कारण आज बोक्सीबाट आरोपीत महिलाहरुले न्याय पाउन नसकेको र धेरै घटनाहरु बाहिर नै आउन नसकेको भन्दै यस्ता घटनालाई न्यायको ढोकासम्म पु¥याउन विशेष गरी संचार माध्यमहरुको सहयोग चाहिने बताउनुभयो । उहाँले आयोगले गर्न सक्ने कानुन बनाउन दवाव दिई कानुन बमोजिम कार
वाही, साक्षिका निम्ति सुरक्षाको व्यवस्था तथा मनोसामाजिक विर्मश गर्न आफू तयार भएको प्रतिवद्धता समेत जनाउनुभयो ।कार्यक्रममा भवानी खरेलले अभियानको प्रशंसा गर्दै यस्ता अपराध निर्मूल गर्न सबै निकायको भूमिका सक्रिय हुनुपर्ने बताउनुभयो ।नेपाल बार एसोसिएसनकी प्रतिनिधी शान्ता सेढाइले यस्ता अपराधजन्य धेरै घटना कानुनी रुपमा अगाडी नआउने र आए पनि थोरैले मात्र न्याय पाएका छन् भन्दै
महिलाको पक्षबाट मुद्दा लड्ने अधिवक्ता आफैलाई धेरै धम्कि आउने गरेको बताउनुभयो । उहाँले यस्ता कुरीति तथा कुसस्कार जन्य प्रथाहरुको उन्मूलन कानुनी प्रक्रियाबाट मात्रै सम्भव छ भन्नुभयो ।महिला आयोगकी सदस्य मनु हुमागाईले तुरुन्त अध्यादेश जारी गरी बोक्सी विरुद्धको विद्देयक ल्याउन जरुरी छ भन्नुभयो ।अधिवक्ता दिनेश त्रिपाठीले महिलामाथि हुने सबै प्रकारको विभेद उन्मूलन महासन्धीमा पनि हस्ताक्षर गरी सकेको नेपालमा अझै पनि महिला हिंसाको अवस्था जस्ताको तस्तै भएको बताउदै विशेष राज्य, न्यायालय र सबै निकाय जवाफदेही हुनपर्ने बताउनुभयो ।भैसीले दुध नदिएका कारण, मान्छे विरामी भएका कारण, खाना रुच्न छाडेका कारण, बाली नसप्रिएको नीहु पारेर आफुहरु माथि यातना दिइएको बोक्सीको आरोपमा यातना खेपेका महिलाहरुको आवाजसमा उल्लेख थियो ।

सेती नदीमा आएको बाढीबाट भएको क्षतिको बिवरण(Details of Seti River Flood in Pokhara) 201 2/06/17

फाइल तस्बिर । Additional Flood Description (Kaski, Seti River)2012/06/17
 मिति २०६९।०३।०३ गते राती परेको अविरल बर्षाको कारण आज मिति २०६९।३।४ गते ०६:१५ बजेको समयमा सेती नदीमा आएको बाढीको कारणले जि. कास्की पोखरा –१ याम्दीमा नदीले धार परिर्वतन गरी क्षति पु¥याएको भन्ने खवर प्राप्त हुनासाथ व.प्र.का. बगरबाट प्र.नि. भुवनेश्वर तिवारी सहित १० जनाको टोली खटिई गई बुझ्दा याम्दी स्थित एभलनगष्ल स्वीमिङ पुल नजिक पोखरा बाग्लुङ राजर्मागको पूर्वी दिशामा रहेका ९ वटा घरहरु जोखिममा परेका, उक्त स्थानमा रहेको जि. धादिङ्ग घर भै पोखरा १ कस्केरी बस्ने सन्त बहादुर गुरुङ्गको ग.१.ख. ३७१० नं. को ट्रक नदीले बगाई अं. २०० मिटर तल पु¥याएको, सोही स्थानमा विछाईएको खानेपानीको अं. २०० मिटर पाईप बगाई लगेको, बाढीबाट जो गिन भाग्ने क्रममा सोही स्थान बस्ने लक्ष्मी बहादुर लालचनको छोरी र्वष १६ कीउषा लालचनको मुखमा चोट लागि घाईते भएकोमा निजको मणिपाल  अस्पतालमा उपचार भईरहेको अवस्थामा सामान्य रहेको ।

  • खम्वसिंह गुरुङ्ग
  • लक्ष्मी ब. लालचन
  • कविता तिमिल्सीना
  • धन ब. सार्की
  • पार्वती चपाई
  •  जान माया पौडेल
  • प्रमिला भण्डारी
  • खडक सुनार
  • हिना कु. गुरुङ्ग
जिल्ला प्रहरी कार्यालय कास्की

Saturday, June 16, 2012

Education Festival in Pokhara


कस्तो कलेजमा पढ्ने ? कुन विषय छनौट गर्ने ? अब चिन्ता लिनु
पर्दैन ?
आज अन्तिम दिन, पोखरा प्रदर्शनी केन्द्रमा आयोजित शैक्षिक मेलामा जाऔं

भर्खरैं एसएलसी उत्तीर्ण गरेका तथा प्लस टु सकेर बसेका विद्यार्थीहरुलाई कुन कलेजमा पढ्ने र कुन विषय लिने भन्ने चिन्ता हुन सक्छ ? अब पीर नमान्नुहोस्, तपाईको चिन्ता र समस्या समाधान गर्न पोखरामा पहिलोपटक वृहत शैक्षिक मेलाको आयोजना गरिएको छ । पोखराको प्रदर्शनी केन्द्रमा आयोजना गरिएको शैक्षिक मेलामा जाऔं र उच्च शिक्षा सम्बन्धि यस्तै यस्तै अनेकन् समस्याहरुको हल गरौं । आज अन्तिम दिन कतै तपाई छुट्नु होला नी फेरि ? ढिलो नगरी जानुहोस् र शैक्षिक मेलाको भरपुर फाईदा उठाउनुहोस् । पोखरामा पहिलोपटक एकै ठाउँमा धेरै विद्यालयहरुले संयुक्तरुपमा आयोजना गरेको शैक्षिक मेला आजबाट सकिदैं छ । एसएलसी तथा प्लस टुका विद्यार्थीहरुका लागि एकपटक जानै पर्ने सो मेलामा विभिन्न शैक्षिक जिज्ञासाहरुको सम्बन्धित क्याम्पस तथा संस्थाका प्रमुखहरुसँग प्रत्यक्ष जानकारी हासिल गर्न पाईने जमर्को आयोजकहरुले मिलाएका छन् ।पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सो मेलाको आयोजना भईरहेको छ । रिपब्लिका दैनिक र डिरेक्सन नेपालको संयुक्त आयोजनामा स्वदेश तथा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि विभिन्न क्याम्पसहरुको जानकारी तथा त्यससँग सम्बन्धित सम्पूर्ण प्रक्रियाहरुका बारेमा सजिलै जानकारी हासिल गर्नका लागि सफ्टवरीका कलेज अफ आईटी एण्ड ई–कमर्शले ‘१० औं हाईएर एजुकेशन एण्ड करियर फेयर–२०१२ को आयोजना गरेको हो । उक्त मेलामा काठमाडौं र पोखराका गरी झण्डै ५५ वटा कलेजहरुको सहभागिता रहेको छ । मेलामा सि.ए., होटल म्यानेजमेण्ट, फेसन डिजाईनिङ्ग, सूचना तथा सञ्चार, नर्सिङ्ग, मेडिकल, इञ्जिनियरिङ्ग, एयर होस्टेज र टुरिजम लगायतका प्राविधिक विषयहरुमा सजिलै सम्पूर्ण जानकारी प्रत्यक्ष रुपमा दिने व्यवस्था आयोजकहरुले मिलाएका छन् । मेलामा विभिन्न कलेज, शैक्षिक परामर्श,ल्याङ्गवेज लागयतका विषय र कलेजहरुको र सम्बन्धित संस्थाहरुसँग प्रत्यक्ष विद्यार्थीहरुले आफ्ना जिज्ञासाहरु आदान–प्रदान गर्न सक्नेछन् ।

केफमा हिज्जे प्रतियोगिता सम्पन्न

पोखराको बगर स्थित केफ उच्च माध्यमिक विद्यालयमा विद्यालयको सह–क्रियाकलाप अन्तर्गत शुक्रबार अन्तर सदनात्मक हिज्जे प्रतियोगिता सम्पन्न भयो ।

हरियो, निलो, रातो र सेतो सदनको सहाभागिता रहेको कार्यक्रममा हरियो सदनका नम्रता पराजुली, श्रीराम पौडेल, नवीन पौडेलको समूह प्रथम, निलो सदनका प्रतिमा लामिछाने, विजय अधिकारी र कृतिका भण्डारीको समूह द्वितीय, रातो सदनका सम्राट सुवेदी ,विनिता पराजुली र अजय अधिकारी तृतीय तथा सेतो सदनका सौरभ भट्टराई , दिपेश कुँवर , अनमोल गुरुङ सान्वना भएका छन् ।

विद्यालयका सहायक प्राचार्य भानुभक्त पोख्र्रेल, शिक्षक गिरधारी अधिकारी, रेशमप्रसाद ढकाल निर्णायकमा रहेका थिए भने अङ्क टिपोटमा शिक्षक बाबुराम पौडेल रहेका थिए । समय सूचकमा शिक्षिका केशरी सुवेदी रहेकी थिईन्् । विशिष्ठ अतिथि प्राचार्य डिल्लीराम अधिकारीले अविर लगाएर बिजयी विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए । विजयी विद्यार्थीहरुको पुरस्कार प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनको दिनमा गरिने जानकारी सह–क्रियाकलाप संयोजक रेशम प्रसाद ढकालले दिए ।

महिला शेयर सदस्यहरुबीच सहकारी शिक्षा प्रशिक्षण

समबृद्धि बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–८ पृथ्वीचोकको आयोजनामा शनिवार सहकारीमा आवद्ध महिला शेयर सदस्यहरुबीच सहकारीमा महिला सदस्यहरुको भूमिका र सहकारी शिक्षा विषयक एकदिने प्रशिक्षण सम्पन्न भएको छ ।
सहकारीमा आवद्ध ४७ जना महिला शेयर सदस्यहरुको उपस्थितिमा भएको उक्त प्रशिक्षणमा कास्की जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्य प्रभा कोइराला र समबृद्धि सहकारीका सल्लाहकार ईश्वरप्रसाद सुवेदीले सहकारी संस्थामा महिला सदस्यहरुको भूमिका, महिला सहभागिता तथा साना व्यवसाय प्रवद्र्धन र महिलाहरुको आयआर्जनमा सहकारीको आवश्यकता एवं महत्वको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणपश्चात शेयर सदस्यबीच आफूले कर्जा उपयोग गरेको व्यवसाय प्रवद्र्धन र आयआर्जनको बारेमा अनुभव आदानप्रदान एवं अन्तरक्रिया गरिएको थियो भने अन्तरक्रियाको संंयोजन कोषाध्यक्ष लक्ष्मणप्रसाद कोइरालाले गर्नुभएको थियो ।
प्रशिक्षणको उद्देश्यमाथि शिक्षा समिति संयोजक प्रेमप्रसाद पौडेलले प्रकाश पार्नुभएको थियो । सहकारीका अध्यक्ष बुद्धिसागर खनालको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष राजुप्रसाद सुवेदी र कार्यक्रमको संचालन सदस्य रत्ना गुरुङ्गले गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा संचालक समिति, सल्लाहकारहरु र अन्य उपसमितिहरुको समेत सहभागिता रहेको थियो । 

Tuesday, June 12, 2012

साइनिङ्ग स्टारमा कक्षागत शैक्षिक प्रदर्शनी

 पोखरा–६, लेकसाइडस्थित साइनिङ्ग स्टार आवासीय मा.वि.मा कक्षागत शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । उक्त कार्यक्रम प्रा.वि.तह कक्षा ३–५ तथा मा.वि.तह कक्षा ६–१० गरी उत्कृष्ट हुने दुई कक्षालाई पुरस्कृत समेत गरिएको थियो ।
प्राचार्य नारायणप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निर्णायकको भूमिका व्यवस्थापन समिति सदस्य विष्णुहरि अधिकारी तथा बरिष्ठ शिक्षक नर्भु यल्मोले गर्नुभएको थियो ।
विद्यालयका सहप्राचार्य अर्जुन प्रसाद पाण्डेले संचालन गर्नुभएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य संस्थापक रामराज पहारीले गर्नुभएको थियो ।
उक्त अवसरमा उत्कृष्ट कक्षाहरुलाई संयोजक केवी रसाइलीले रनिङ्ग शिल्ड प्रदान गर्नुभएको थियो ।

Monday, June 11, 2012

नेपाली भाषा,साहित्य,कला र संस्कृतिको जगेर्ना गरौ

जिल्लामा साहित्यका गतिबिधी बढाउने उद्देश्यका साथ साहित्य संगमद्धारा सञ्चालित मासिक काव्य चौतारीको ४७ औं श्रृङ्खला श्री नमूना आवासीय मा.वि.को सभाहलमा सम्पन्न भयो । नेपाली भाषा,साहित्य,कला र संस्कृतिको जगेर्ना गरांैभन्ने मूल नारालाई गाउँ गाउँसम्म पुर्याउन सो कार्यक्रमको आयोजना गरिएको हो ।
              जिल्ला भरका नयाँ पुराना प्रतिभालाई समेट्दै आएको पर्वत साहित्य संगमले सो कार्यक्रमला पुन अघि बढाउँदै यस पटकदेखि जिल्लाका हरेक विद्यालय,उच्च मा.वि., क्याम्पसहरुमा पुगी सोही कार्यक्रममा वाचित र संकलित रचनाहरुलाई  सोही संस्थाको सहयोगमा विशेषांकका रुपमा प्रकाशित गर्ने र यसबाट हुने आयबाट जिल्लामा एक साहित्यिक पुरस्कार कोष स्थापना गरीने लक्ष्य सहित कार्यक्रम शुरु गरिएको

Sunday, June 10, 2012

बृहद निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

तनहुँ सम्पर्क समाज पोखराको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्राविधिक सहयोगमा तनहुँ जिल्लाको बन्दीपुर–१ पिप्ले स्थित पवित्रा उच्च मा.वि.मा शनिवार बृहद निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका आर्थिक एवं अन्य विविध कारणले विशेषज्ञ सेवा प्राप्त गर्न नसकेका बिरामी स्थानीय स्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराई सहयोग पु¥याउने उद्देश्यले आयोजित शिविरमा ५ सय १२ जना विभिन्न किसिमका बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा बिरामीका लागि आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो । शिविरमा रोगका पहिचानको लागि भिडियो एक्सरे, इसिजी, एक्सरे मेशिन लगिएको थियो भने रक्त परीक्षण, दिसा पिसाब परीक्षण प्रयोगशाला पनि सञ्चालन गरिएको थियो ।

Saturday, June 9, 2012

बेगनासताल बस इकाईमा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बेगनास तालबस इकाईको आयोजनामा आधारभुत तहको प्रशिक्षण कार्याक्रम शनिवार सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रिय उपाध्यक्ष ईश्वर प्रसाद आचार्यले संगठनको इतिहासको बारेमा, केन्द्रिय सदस्य तथा गण्डकी अंचल इन्चार्ज कर्ण सिँह गुरुङ्गले बेला बेलामा प्रशिक्षण लिनुपर्ने र प्रशिक्षणबाट धेरै कुरामा ज्ञान हुने र आफ्नो अधिकारको रक्षा गर्ने सकिने कुरा बताउनु भयो ।
संगठनका अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्रीले यातायात मजदुरहरुको काम कर्तव्य र अधिकारका अंचल उपाध्यक्ष बिष्णु बहादुर पराजुलीले दुर्घटना न्यूनिकरण यातायात मजदुरहरुको काम कर्तव्य र अधिकारको बारेमा, जिल्ला ट्राफिक प्रहरी कास्कीका प्र.श.नि इन्द्र बहादुर नेपालीले ट्राफिक ज्ञान सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।
 अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन इकाई सचिव दिपक बि.क.ले गर्नु भएको थियो । स्वागत मन्तव्य इकाई सदस्य ध्रुव बहादुर थापाले गर्नु भएको कार्यक्रममा १०० जना यातायात मजदुरहरुको उपस्थिती रहेको थियो ।

World Environment Day 2012 World Environment Day 2012 Nepalese Young Entrepreneurs Forum.(NYEF)

World Environment Day 2012 Nepalese Young Entrepreneurs Forum.
World Environment Day 2012 Nepalese Young Entrepreneurs Forum.
विश्व वातावरण दिवस २०१२ को उपलक्ष्यमा नेपाली युवा उधमी मञ्च (NYEF),पोखराको आयोजना तथा साइकल सिटी, पोखराको सहयोगमा  सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज २०६९ साल जेष्ठ २७ गते शनीवारका दिन बिहान ६:३० बजे स्थानिय पुरानो टुंडिखेल बगर बाट “वृहद साइकल ¥याली”  शुभारम्भ गरी उक्त ¥याली मोहरीया टोल, नालामुख, पालीखे चोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, जिरो कि.मी., हल्लन चोक, लेकसाइड, राष्ट्रबैंक चोक, मुस्ताङ्ग चोक, पृथ्वीचोक, हुंदै पोखरा रंगशाला क्रिकेट मैदानमा बिहान ९:०० बजे पुगी “वृक्षारोपण कार्यक्रम” साथै “विश्व साइकल यात्री पुष्कर शाहलाई सम्मान कार्यक्रम” आयोजन गरी समापन गरीएको व्यहोरा सहर्ष जानकारी गराउंदछौं ।
कार्यक्रमका प्रमु्ख अतिथी विश्व साइकल यात्री पुष्कर शाहले सम्पूर्ण पोखरेलीले हप्ताको एकदिन मात्र साइकल चढने बानी बसाले महिनामा पैंतिससय बराबरको इन्धनको बचत भई पोखराको वातावरणमा अनुकुल परिवर्तन आउने धारणा राख्नुभएको थियो । कार्यक्रममा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष कृष्णमोहन श्रेष्ठ, साइकल सिटी पोखराका अध्यक्ष कमलमोहन कोइरालाले पोखरालाई अझ सुन्दर शहर बनाउन साइकल चढने बानीको बिकास गर्न, उर्जा बचाउन तथा हरीयाली बढाउन सबैको योगदान रहनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमका सभापति नेपाली युवा उधमी मञ्च (NYEF),पोखराका अध्यक्ष निरञ्जन श्रेष्ठले यस कार्यक्रमको प्रमुख उद्देश्य वातावरण जोगाउन विभिन्न व्यवसायीक संघ संस्थाद्धारा प्रायोजन गरिएको रकमले पोखराको मुख्य चोकहरुमा सौर्य सडक बत्ति जडान गर्ने जानकारी दिनुका साथै सहभागी साइकल यात्री, प्रायोजक, पत्रकार, संघ संस्था सबैलाई धन्यबाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको उक्त कार्यक्रमको संचालन संयोजक तथा नेपाली युवा उधमी मञ्च (NYEF),पोखराका सचिव प्रदिप बज्राचार्यले संचालन गर्नुभएको थियो ।
मानिसहरुको बढदो उपभोक्तावादी संस्कृती, प्राकृतिक उर्जा तथा इन्धनको अत्यधीक उपयोग लगायत विभिन्न कारणले  विश्वमा बढदै गईरहेको जलवायु परीवर्तन, वातावरणीय प्रदुषण, भुमण्डलीय उच्च तापक्रम वृद्धि, बढदो प्राकृतिक प्रकोप आदि सबै समस्याहरुलाई केही हद सम्म न्युनीकरण गर्न स्थानिय स्तरमा नेपाली युवा उधमी मञ्च (NYEF),पोखरा र साइकल सिटी, पोखराले “साइकल चढौं, उर्जा बचाऔ, हरीयाली बढाऔं,” भन्ने उद्धेश्यले आयोजना गरीएको यस कार्यक्रमलाई सप्ताहव्यापी रुपमा मनाउने क्रममा विश्व वातावरण दिवस २०१२ को शुभारम्भ दिन मिति  २०६९ जेष्ठ २३ गते मंगलवारबाट हरेक दिन  साइकल यात्रा,  विश्व साइकल यात्री पुष्कर शाह द्धारा मदरल्याण्ड उच्च माध्यमीक विधालयमा  वातावरण संरक्षण सम्बधी जनचेतना कार्यक्रम  आयोजना गरिएको हो ।

Thursday, June 7, 2012

मासबार आमा समूहमा छ्वालीका सामान बनाउने तालिम शुरु

      पोखरा उद्योग बाणिज्य संघ, महिला उद्यमी विकास उपसमितिको सहयोग तथा पोखरा उपमहानगरपालिका कार्यालय र मासबार आमा समूह पोखरा–७ मासबारको संयुक्त आयोजनामा एक महिने छ्वालीका सामान बनाउने तालिम बिहीवारबाट शुरु भएको छ ।
       पोखरा उपमहानगरपालिका सामाजिक महाशाखाका अधिकृत ओमराज पौडेलको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका महासचिव सन्जीवबहादुर कोइराला, पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा महिला उद्यम विकास उपसमिति संयोजक हिरा भट्टराई, मासबार आमा समूहका सल्लाहकार तेजनारायण अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
       पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मासबार आमा समूहकी अध्यक्ष रत्ना कुँवरले स्वागत तथा सहसचिव शारदा गिरीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
       मासबार आमा समूह पोखरा–७ मासबारको सभाहलमा एकमहिनासम्म संचालन हुने उक्त तालिमका संयोजक हिरा भट्टराई तथा प्रशिक्षक ऋतु तामाङ रहनुभएको छ भने छ्वालीका सामान बनाउने तालिममा मासबार आमा समूहका २२ जनालाई प्रशिक्षण प्रदान गरिने मासबार आमा समूहकी कार्यसमिति सदस्य इन्दिरा बरालले जानकारी दिनुभयो ।