Tuesday, June 12, 2012

साइनिङ्ग स्टारमा कक्षागत शैक्षिक प्रदर्शनी

 पोखरा–६, लेकसाइडस्थित साइनिङ्ग स्टार आवासीय मा.वि.मा कक्षागत शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । उक्त कार्यक्रम प्रा.वि.तह कक्षा ३–५ तथा मा.वि.तह कक्षा ६–१० गरी उत्कृष्ट हुने दुई कक्षालाई पुरस्कृत समेत गरिएको थियो ।
प्राचार्य नारायणप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निर्णायकको भूमिका व्यवस्थापन समिति सदस्य विष्णुहरि अधिकारी तथा बरिष्ठ शिक्षक नर्भु यल्मोले गर्नुभएको थियो ।
विद्यालयका सहप्राचार्य अर्जुन प्रसाद पाण्डेले संचालन गर्नुभएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य संस्थापक रामराज पहारीले गर्नुभएको थियो ।
उक्त अवसरमा उत्कृष्ट कक्षाहरुलाई संयोजक केवी रसाइलीले रनिङ्ग शिल्ड प्रदान गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.