Monday, June 11, 2012

नेपाली भाषा,साहित्य,कला र संस्कृतिको जगेर्ना गरौ

जिल्लामा साहित्यका गतिबिधी बढाउने उद्देश्यका साथ साहित्य संगमद्धारा सञ्चालित मासिक काव्य चौतारीको ४७ औं श्रृङ्खला श्री नमूना आवासीय मा.वि.को सभाहलमा सम्पन्न भयो । नेपाली भाषा,साहित्य,कला र संस्कृतिको जगेर्ना गरांैभन्ने मूल नारालाई गाउँ गाउँसम्म पुर्याउन सो कार्यक्रमको आयोजना गरिएको हो ।
              जिल्ला भरका नयाँ पुराना प्रतिभालाई समेट्दै आएको पर्वत साहित्य संगमले सो कार्यक्रमला पुन अघि बढाउँदै यस पटकदेखि जिल्लाका हरेक विद्यालय,उच्च मा.वि., क्याम्पसहरुमा पुगी सोही कार्यक्रममा वाचित र संकलित रचनाहरुलाई  सोही संस्थाको सहयोगमा विशेषांकका रुपमा प्रकाशित गर्ने र यसबाट हुने आयबाट जिल्लामा एक साहित्यिक पुरस्कार कोष स्थापना गरीने लक्ष्य सहित कार्यक्रम शुरु गरिएको
जनाईएको छ । पर्वत साहित्य संगमका अध्यक्ष श्री इन्द्रमान खत्रीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा साहित्यकारहरु इन्द्रकुमार विकल्प , शान्तिनारायण श्रेष्ठ, टुकनाथ रेग्मी, सरस्वती शर्मा जिज्ञासु, जगन्नाथ पौडेल “नुतन”, आर.के.अदिप्त गिरी,बाबुराम सुवेदी, गोबिन्द भुषाल, सरस्वती भण्डारी बिन्दू, शंकर गिरी, परशुराम सुवेदी, लक्ष्मीप्रसाद शर्मा, डि.आर.शर्मा, अन्तिम गुरुङ्ग, राज गुरुङ्ग लगायतका साहित्यकारहरुले रचना पाठ र मन्तव्य राख्नुभएको थियो भने नमुना आवासीय मा.वि.का २४ जना विद्यार्थीहरुले  गीत, कविता, गजल, कथा तथा चुट्किलाहरु प्रस्तुत गरेका थिए ।

           आर.अदिप्त गिरी र अन्तिम गुरुङ्गको संयुक्त उद्घोषणबाट सञ्चालित उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहायक प्रिन्सिपल श्री खेमराज शर्माले गर्नुभएको थियो भने प्रिन्सिपल श्री यमप्रसाद शर्माले जिल्लास्तरीय साहित्यिक कार्यmम आयोजना गरिएकोमा धन्यवाद सहित विविध पक्षमा मन्तव्य राख्नुभएको थियो । त्यसरी नै साहित्यकार इन्द्रकुमार विकल्पले विद्यार्थीहरुबाट प्रस्तुत रचनाहरुको छोटो समीक्षा गर्दै सुझाव दिनुभएको थियो ।

             

No comments:

Post a Comment

Please, comment about this article.