Saturday, June 16, 2012

केफमा हिज्जे प्रतियोगिता सम्पन्न

पोखराको बगर स्थित केफ उच्च माध्यमिक विद्यालयमा विद्यालयको सह–क्रियाकलाप अन्तर्गत शुक्रबार अन्तर सदनात्मक हिज्जे प्रतियोगिता सम्पन्न भयो ।

हरियो, निलो, रातो र सेतो सदनको सहाभागिता रहेको कार्यक्रममा हरियो सदनका नम्रता पराजुली, श्रीराम पौडेल, नवीन पौडेलको समूह प्रथम, निलो सदनका प्रतिमा लामिछाने, विजय अधिकारी र कृतिका भण्डारीको समूह द्वितीय, रातो सदनका सम्राट सुवेदी ,विनिता पराजुली र अजय अधिकारी तृतीय तथा सेतो सदनका सौरभ भट्टराई , दिपेश कुँवर , अनमोल गुरुङ सान्वना भएका छन् ।

विद्यालयका सहायक प्राचार्य भानुभक्त पोख्र्रेल, शिक्षक गिरधारी अधिकारी, रेशमप्रसाद ढकाल निर्णायकमा रहेका थिए भने अङ्क टिपोटमा शिक्षक बाबुराम पौडेल रहेका थिए । समय सूचकमा शिक्षिका केशरी सुवेदी रहेकी थिईन्् । विशिष्ठ अतिथि प्राचार्य डिल्लीराम अधिकारीले अविर लगाएर बिजयी विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए । विजयी विद्यार्थीहरुको पुरस्कार प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनको दिनमा गरिने जानकारी सह–क्रियाकलाप संयोजक रेशम प्रसाद ढकालले दिए ।

No comments:

Post a Comment

Please, comment about this article.