Friday, May 4, 2018

आन्दोलनले सार्वजनीक यातायात नचले पछि शसस्त्रको निःशुल्क बस सेवा

पोखरा, २१ वैशाख 
यातायात ब्यवसायीको आन्दोलनको कारण पोखरामा नगरबस नचले पछि सशस्त्र प्रहरीले पोखरा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
पोखराको जिरो किलोमिटर, सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक, अमरसिंहचोक, रानीपौवा, महेन्द्रपुल, चिप्लेढुङगा, सभागृह, मुस्ताङचोक, सहिदचोक, रत्नचोक रुटमा सञ्चालन भएको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।
वा१ ग १८४३ नम्बरको बसबाट शसस्त्र प्रहरीले सेवा दिएको हो ।

विहान देखी नै पोखरामा सार्वजनिक गाडी ठप्प

Thursday, May 3, 2018

प्रदेश ४ का सांसदलाई सडक बनाउन ९ करोड ३६ लाख



पोखरा, २० वैशाख 
प्रदेश ४ मा आगामी आर्थिक बर्षमा कार्यान्वयन हुनेगरी प्रदेश सरकारले चालू बजेटबाट सडक स्तरोन्नती शीर्षकमा ९ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको छ । जुन कुल पूँजीगत बजेटको करिब १७ प्रतिशत हो । प्रदेशसभा सांसदको सिफारिसमा प्रदेश राजधानीलाई हरेक निर्वाचन क्षेत्रसँग जोड्ने गरी सडक निर्माण र स्तरोन्नती गर्न बजेट ब्यवस्था गरिएको हो ।
दामासायी हिसावले हरेक निर्वाचन क्षेत्रलाई २६ लाख पर्नेगरी बजेट भागबण्डा गरिएको छ । ‘सांसद ज्यूहरुलाई सम्बोधन गर्न यो कार्यक्रम ल्याईएको हो । उहाँहरुकै सिफारिसका आधारमा योजना छनौट र कार्यान्वयन हुन्छ, अर्थ मन्त्रालयका सचिव विष्णुराज ढकालले भने–सरकार नयाँ भएकाले काम गर्ने संयन्त्र छैन । सांसद ज्यूहरुले आफ्नो क्षेत्रको कुनै सडक सिफारिस गरी टेण्डर निकाल्न सक्नुभयो भने अहिलेदेखि नै स्तरोन्नतीको काम हुन्छ ।’
सरकारले बजेट विनियोजन गरेपनि आर्थिक बर्ष सकिनै लागेकोले बजेट खर्च हुने सम्भावना निकै न्यून छ । यसले करिब १० करोड रुपैयाँ सोझै फ्रिज हुने देखिन्छ । यसबाहेकका पनि अधिकांश बजेट अमुर्त भएकोले कार्यान्वयन जटिल छ । सरकारको पहिलो बजेट योजना र कार्यक्रम भन्दा अध्ययन र गुरुयोजना निर्माणमा बढी छ ।

भिमकाली कपमा दोस्रो चरणका खेलहरु, डिफेण्डिङ च्याम्पियन दिप युनाईटेडको सानदार जित


पोखरा २० बैशाख ।
पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा बिहिबार सम्पन्न पहिलो चरणको खेल अन्र्तगत बिष्णु पादुका क्लब, बि.वाई.सि बसपार्क, पसगाउँ फुटबल क्लब, मर्निङ गाईज र फेवा युवा क्लब बिजयी भएको छ भने दोस्रो चरण अन्तर्गतको खेलमा दिप युनाईटेड, एल जि एसोशियसन र तारा फुटबल क्लब टिम “ए” बिजयी भएको छ ।
पुरानो टुडिखेलमा सम्पन्न पहिलो खेलमा तारा फुटबल क्लब टिम “बि” लाई २–१ को गोल अन्तरले हराउदै बिष्णु पादुका क्लब अघिल्लो चरणमा प्रबेश गर्यो । 
दोस्रो खेलमा कालिका युनाईटेडलाई ४–२ को गोल अन्तरले पराजित गर्दै बि.वाई.सि बसपार्कले दोस्रो चरणको लागी स्थान बनायो । 
प्रतियोगिताको तेस्रो खेलमा लामपाटन फुटबल क्लबलाई  ६–० गोलको  फराकिलो अन्तरले पराजित गर्दै फेवा युथ क्लब बिजयी भयो । फेवा युवा क्लबको जितमा प्रशित परियारले ह्याट्रिक गर्न सफर रहे ।
त्यसैगरी चौथो खेलमा काजीपोखरी युवा क्लबलाई २–१ को गोल अन्तरले  पसगाउँ फुटबल क्लबले पाखा लागायो ।
प्रतियोगिताको पाचौ खेलमा मर्निङ गाईज र ब्याट केभ बिच भएको खेल १–१ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ४–३ को गोल अन्तरले हराउदै मर्निङ गाईजले दास्रो चरणको लागी स्थान बनायो ।
प्रतियोगिताको दोस्रो चरणको पहिलो र आजको छैटौ. खेलमा दिप युनाईटडले डाडाँ फुटबल क्लबलाई १३–१ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । दिप युनाईटडको जितमा स्तेफेनले सर्बाधिक ७, होलयाण्डले ४ र पेम्बा नर्बु लामा तथा बिबेक गुरुङले समान १/

१ गोल गरे ।
प्रतियोगिताको सातौ खेलमा एल जि एसोशियसनले गगन ट्याटुलाई ३–० गोल अन्तरले पराजित गर्दै तेस्रो चरणमा स्थान बनायो ।
त्यसैगरी अन्तिम खेलमा स्यानी पाटन फुटबल क्लबलाई तारा फुटबल क्लब टिम “ए” ले ४–१ गोल अन्तरले हराउदै तेस्रो चरणको लागी छनौट भएको खेल संयोजक मनोज श्रेष्ठले बताए । 
श्रेष्ठका अनुसार दोस्रो चरण अन्तर्गत शुक्रबार ८ खेलहरु सञ्चालन हुनेछन ।
आगामी २५ गते फाईनल हुने प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार                                                                                     प्रदान गरिने आयोजकले जनाएको छ ।

Sunday, February 25, 2018

रत्नज्योतिको २० औं एसआरजे एक्सेलेन्सी अवार्ड सम्पन्न

पोखरा, ११ फागुन ।

       पोखरा लेखनाथ म.न.पा.वडा नं. ८ मा अवस्थित श्री रत्नज्योति माध्यमिक विद्यालयले पोखरा सभागृह हलमा विद्यार्थीको प्रतिभा सहित पहिचान  कार्यक्रममा एसआरजे एक्सेलेन्सी अवार्ड तथा २० औं अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

       विद्यालय व्यवस्थापन समिति अध्यक्ष टुवराज बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कस्कीका सहायक जिशिअ दामोदर सुवेदीले गुणस्तरीय शिक्षाको साथै बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउने कार्यमा रत्नज्योति विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

       कार्यक्रममा जुनियर र सिनियर तह अन्तर्गत ५ वटा विधाहरु नेपाली र अंग्रेजी वक्तृत्वकला, नृत्य, गायन र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएका थिए । आफ्ना बाबुनानीहरुको प्रतिभा एवम् नृत्यहरु अवलोकन गरी अभिावकहरुले मनोरन्जन लिनुभएको थियो ।

       उक्त कार्यक्रममा नेशनल प्याब्सन कास्कीका अध्यक्ष राम बहादुर मोचीले विद्यालयले समय सुहाउँदो शिक्षा उपलब्ध गराउन कुनै कसर बाँकी नराखेको बताउनुभयो । कार्यक्रमलार्य रोचकताका साथ अगाडि बढाउँदै नेशनल प्याब्सन केन्द्रीय महासचिव सुवास न्यौपानेले विद्यार्थीको उज्वल भविष्य निर्माणका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

       विद्यालयका भाइस प्रिन्सिपल महासागर पौडेल संयोजक रहनु भएको उक्त कार्यक्रममा जुनियर तर्फको एसआरजे एक्सेलेन्सी अवार्ड २०७४ कक्षा ३ की छात्रा श्रेया गिरीले प्राप्त गरेकी थिइन् । नृत्य विधामा कुसुम आलेमगर, सन्जु गुरुङ्ग, नितु गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

       यसैगरी गायन विधामा शुभेच्छा चिलुवाल, अनुशा अधिकारी, आर्यन पाण्डे क्रमशः प्रथम, द्वितीय तृतीय, हाजिरीजवाफ तर्फ आयुष सापकोटा, मिजास देवकोटा, सार्थक तिवारी क्रमशः प्रथम, द्वितीय तृतीय भएका थिए । यसैगरी नेपाली वक्तृत्वमा सुप्रिम चिलुवाल, दावा लामा, कन्गना गुरुङ्ग क्रमशः प्रथम, द्वितीय तृतीय, अंग्रेजी वक्तृत्व अन्तर्गत स्वरुप तिवारी, सोनिया अधिकारी र सिम्रन आचार्य क्रमशः प्रथम, द्वितीय तृतीय हुन सफल भएका थिए ।

       सिनियर तह (कक्षा ६/९) सम्ममा एसआरजे एक्सेलेन्सी अवार्ड कक्षा ८ की छात्रा सलिना बस्नेतले हात पारिन् । विधा अन्तर्गत नृत्य विधामा सदिक्षा रामदाम, नविन अधिकारी, समृति चापागाई क्रमशः प्रथम, द्वितीय तृतीय, गायन विधामा कल्पना तामाङ, शैलेस नेपाली, कृष्टिना गुरुङ्ग क्रमशः प्रथम, द्वितीय तृतीय, हाजिरी जवाफमा कृतिका पौडेल, समिप तिवारी, प्रज्वल सुवेदी क्रमशः प्रथम, द्वितीय तृतीय भए । त्यसैगरी नेपाली वक्तृत्वमा सोनिया अधिकारी, सुप्रिया गुरुङ्ग, प्रज्वल बराल क्रमशः प्रथम, द्वितीय तृतीय, र अंग्रेजी वक्तृत्वकलामा अमृता अधिकारी, भक्ति पराजुली, अनिसा तिमिल्सिना क्रमशः प्रथम, द्वितीय तृतीय भएका थिए ।

       कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयका अभिभावक उदय पराजुलीले विद्यार्थीलाई शैक्षिक गुणस्तरका साथै बालबालिकाको ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने कार्यमा विद्यालय अग्रसर रहेको बताउनुभयो । यसैगरी विद्यालयका संस्थापक निर्देशक हेमन्त अधिकारीले राष्ट्रलाई असल र कर्मठ नागरिक तयार पार्न विद्यालय कहिल्यै पछि नपर्ने बताउनुभयो ।

       कक्षा नर्सरीदेखि कक्षा १२ सम्म संचालित उक्त विद्यालयले कार्यक्रममा ११ र १२ विज्ञान तथा व्यवस्थापन संकायका छात्रछात्राहरुलाई समेत समावेश गरेको थियो । ११ र १२ कक्षा अन्तर्गत नृत्य विधामा सुजन थापा, विवेक तामाङ्ग, सपना घोताने क्रमशः प्रथम, द्वितीय तृतीय, नेपाली वक्तृत्वमा सुजन थापा, भुवन अधिकारी, प्रेम गिरी क्रमशः प्रथम, द्वितीय तृतीय, र गायनमा सुस्मिता गुरुङ्ग  भएका थिए ।

       कार्यक्रममा प्रथम, द्वितीय तृतीय हुनेलाई शिल्ड तथा प्रमाणपत्र वितरण गयरिएको थियो भने २०७३ सालको कक्षा नर्सरीदेखि कषा १२ सम्मको एकेडेमीक पुरस्कार पनि प्रदान गरिएको थियो । कार्यक्रम
मा सभापति टुवराज बास्तोलाले विद्यलायले विसौं वर्ष अनवरत सेवा गर्दै आइरहेको व्यक्त गर्दै सबैलाई धन्यवाद एवम् आभार प्रकट गर्नुभएको थियो ।