Saturday, March 22, 2014

झगडा मिलाउन जाने प्रहरीलाई कुटपिट गर्ने पक्राउ-Pokhara



   
मिति २०७०/१२/५ गते राती कास्की जिल्ला सिल्दजुरे गा.वि.स. वडा नं. ६ छाचोक स्थित पावरहास नजिकै रहेको बिष्णु बहादुर रानाको खाजा घरमा झैझगडा तथा खुकुरी प्रहार भएको छ भन्ने खवर प्रहरी पोष्ट सिल्दजुरे चासुमा प्राप्त हुनासाथ तत्काल प्र.ना.नि. ओम प्रसाद पौडेल सहितको प्रहरी टोली उक्त घट्नास्थलमा पुग्दा उक्त स्थानमा सोही स्थानमा बस्ने गंगा ब. राना, कृष्ण गुरुङ्ग र दल बहादुर गुरुङ्गलाई २५/३० जनाको समूहमा आएका  व्यक्तिहरुले खुकुरी, रड प्रहार गरी घाईते बनाएको र प्रहरीले उक्त व्यक्तिहरुलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीलाई खुकुरी, रड प्रहार गर्दा प्र.ना.नि. ओम प्रसाद पौडेलको बायाँ आँखामा गहिरो चोट लागी घाईते भएका । उक्त घट्नामा संलग्न निम्न २ जना व्यक्तिलाई पक्राउ गरी आवश्यक कारवाही अनुस्न्धान भईरहेको छ संलग्न अन्य व्यक्तिहरुको खोजतलास कार्य भईरहेको छ ।

पक्राउमा परेका व्यक्तिहरु:
१)    जिल्ला कास्की सिल्दजुरे ४ बस्ने वर्ष ३३ को पस बहादुर बास्तोला
२)    जि. कास्की आर्वाविजय २ बस्ने वर्ष ३० को दर्शन लामा भन्ने लेख बहादुर तामाङ्ग

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की

कुटपिट गरी घाईते बनाई धनमाल लुटपाट गर्ने पक्राउ

  ९:०० बजको समयमा जिल्ला कास्की ले.न.पा. ८ शिसुवा बस्ने असोक गुरुङ्गलाई एक्कासी आई फलामको रड, तरवार सहितले कुटपिट गरी घाइते तुल्याई निज सँग भएको आईफोन, सुनको औठी समेतका सामानहरु लुटि फरार रहेको अवस्थामा निम्न ७ जना व्यक्तिहरुलाई मिति २०७०/१२/५ गते पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
पक्राउमा परेका व्यक्तिहरु:
१.    जि. कास्की ले.न.पा. ७ बस्ने वर्ष ३७ को सहि बहादुर भन्ने सय बहादुर दुरा ।
२.    जि. कास्की ले.न.पा. ७ बस्ने वर्ष ३० को मेख बहादुर तामाङ्ग
३.    जि. कास्की ले.न.पा. ७ बस्ने वर्ष २८ को नविन मल्ल ठकुरी
४.    जि. कास्की ले.न.पा. २ बस्ने वर्ष ३३ को बुद्ध कुमार गुरुङ्ग
५.    जि. कास्की ले.न.पा. ३ बस्ने वर्ष ३७ को मान्की भन्ने कृष्ण बहादुर भण्डारी
६.    जि. कास्की ले.न.पा. ७ बस्ने वर्ष २५ को सुशिल लामा भन्ने सुशिल तामाङ्ग (गुरुङ्ग
७.    जि. कास्की ले.न.पा. १२ बस्ने वर्ष २६ को किरण गुरुङ्ग

   District Police Office Kaski
  जिल्ला प्रहरी कार्यालय कास्की

Friday, March 21, 2014

उपदेश-Bhojraj Baral- Pokhara-Nepal


                                                    उपदेश
                             

 भोजराज बराल
पोखरा-७ नुवर्थोक
News Of Pokhara         
                          ( सुखंतु जगतामेव  काधेण धर्मजायते )
हामीले केही नलिई आयौ,जादा पनि केही नलिई जान्छौ . आउदा दश महिना गर्भमा कष्ठ भोग बस्छौं .
बाहिर निकलन नपाएसम्म कर्म धर्म गर्ने थिए दुई हातजोरी भन्थे . तिनले पछि कहाँ भन्दै भुल्छ तर नभुलम नभुलुम मरेर जादा धर्म गरे धर्म लान पाइन्छ . पाप गरे पाप पछि लागि जान्छ पापले छोड्दैन . यो धुर्ब सत्य कुरा हो .

                      ( तिर्थ विनाप्रवाणच परदेश परित्यजेत )
भन्छ हिड्ने पाए जथाभावी नहिड्ने खान पाए जथाभावी नखाने बोल्ने इन्द्रिय बसमा पार्ने काम कोर्ध लोभ  दमास काम हराउने सम्पूर्ण जीवन अह : भय: दान गर्ने
                                  उं नम: शिवाय

Monday, March 17, 2014

सशस्त्र प्रहरी बलको सवारी साधन दुर्घट्ना

सशस्त्र प्रहरी बल भानु गणको बा.१.ग. १८२१ नम्बरको टुटन सवारी साधनमा सोही कार्यालयका तालिमरत ३३ जना सशस्त्र प्रहरी बलका जवानहरुलाई पोखरामा लिई आउँदै गर्दा जिल्ला तनहुँ दुलेगौडा ३ हल्लेदी भन्ने स्थानमा पल्टिन गई दुर्घटना हुँदा उक्त गाडीमा सवार ३३ जना घाईते भएकोमा तत्काल पोखराको प.क्षे. अस्पतालमा ल्याई उपचार गराउने क्रममा २ जना जवानको मृत्यु भएको ( मृत्यु हुनेमा महेश श्रेष्ठ र केशव राना) ४ सिरियस घाईते मणिपाल शिक्षण अस्पतालमा उपचार भएको र बाँकी २७ जनाको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको छ ।
मिति २०७०/१२/२ गते ।
प्रहरी नायव उपरीक्षक
( राजेशनाथ बास्तोला )
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की

होलीको समयमा होहल्ला गर्ने पक्राउ Pokhara Holi 2014

होलिका दिन पोखरा तथा लेखनाथ नगर क्षेत्रमा होलीको नाममा अनावश्यक मानिसहरुलाई जवरजस्ती रंग छ्याप्ने, समाती रंग लगाई दिने, मादक पदार्थ सेवन गरी हो-हल्ला गरी अशान्ति मच्चाउँदै हिडने, हुलहुज्त गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ४८ जना पुरुष र ८ जना महिला गरी जम्मा ५६ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाही अनुसन्धान भईरहेको छ । होलीको समयमा ओभर स्पीडमा चलाउने, लाईसेन्स साथमा नलिई चलाउने, ३ जना मोटरसाईकलमा चढि होहल्ला गर्दै हिडने र सवारी दुर्घटना गराउने जम्मा ४८ वटा सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ ।

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की