Saturday, August 17, 2013

विभिन्न स्थानमा चोरी गर्ने पक्राउ- Thieves Arrested Pokhara

१)    मिति २०७०/४/३२ गते पोखरा नगर क्षेत्रको विशेष गरी बाग्लुङ्ग बसपार्क, मोहरिया टोल, पश्र्याङ्ग, लेकसाईड लगायतका स्थानहरुमा घरका सामान हरु चोर्ने निम्न व्यक्तिहरुलाई  पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
  पक्राउमा परेका व्यक्तिहरु:
क)     बाग्लुङ्ग बसपार्क बस्ने मुसा भनिने सुनिल परियार
ख)    बाग्लुङ्ग घर भई हाल बाग्लुङ्ग बसपार्क बस्ने हिमाल पुन मगर
ग)    म्याग्दी वेनी घर भई बाग्लुङ्ग बसपार्क बस्ने रविन परियार
घ)    कास्की पामे घर भएका लक्ष्मण ठकुरी
ङ)    धादिङ्ग घर भई बाग्लुङ्ग बसपार्क बस्ने राम कुमार नेपाली

२)    बाटो तथा गल्लीमा एक्लै हिड डुल गर्ने व्यक्तिहरुको सिक्री लुटने, पर्स लुटने तथा मोवाईल     खोस्ने     कार्यमा संलग्न जि. कास्की पोखरा ११ रानीपौवा बस्ने घ्वाई भनिने अर्जुन पुनलाई  मिति  २०७०/४/३२ गते रातको समयमा पत्राउ गरी आवश्यक अनुसन्धान कारवाही  भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

सवारी दुर्घटनाबाटवर्ष ४ किबालिकाको मृत्यु-Bus Accident

    मिति २०७०/४/३२ गते अं. ६:२५ बजेको समयमा जिल्ला कास्की देउराली गा.वि.स. वडा नं. ५ खडा गाउँमा पोखरा पुल्मि सेल वोडिङ्ग स्कूल जनताको चौताराको ग.१.ख. २१२७ नं. को स्कूल बसले जनताको चौताराबाट शिसाघाट जाने सडकखण्डमा सोही स्थान बस्ने बाबुराम अधिकारीको छोरी वर्ष ४ कि स्वस्तिका अधिकारीलाई ठक्कर दिंदा घाईते भई तत्काल उपचारको लागि गण्डकी अस्पतालमा उपचारको लगि उपचार भईरहेको अवस्थामा 8: ०० बजेको समयमा मृत्यु भएको । उक्त गाडीका चालक जि. कास्की ले.न.पा. १४ बस्ने वर्ष ४० को रामचन्द्र बस्नेत यस कार्यालयको नियन्त्रणमा रहेको र गाडी प्रहरी चौकी शिसुवामा राखिएको छ । अन्य थप अनुसन्धान कारवाही भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara
मिति : २०७०।५।१गते ।

Friday, August 16, 2013

मोटरसाइकलले ठक्कर दिंदा उपचारको क्रममा मृत्यु

 मिति २०७०/४/३१ गते अं. ८:१५ बजेको समयमा पोखरा ५ मालेपाटन विश्वास पेट्रलपम्प नजिक ग.४.प. ६०९२ नं. को मोटरसाईकलले एै. बस्ने वर्ष ६०/६५ को पैदल यात्री गंगाराम अधिकारीलाई ठक्कर दिंदा घाईते भई मेट्रो सिटी हस्पिटलमा लगिएकोमा उपचार हुन नसकि मणिपाल शिक्षण अस्पताल पोखरामा लगि उपचार हुँदाहुँदै ९:५० बजेको समयमा मृत्यु भएको । दुर्घट्ना गराउने मोटरसाईकल र चालक जि. कास्की चापाकोट गा.वि.स. वडा नं. ७ बस्ने केशव घोताने यस कार्यालयको नियन्त्रणमा रहेको । अनुसन्धान तथा कारवाहीभईरहेको छ ।

जिल्लाप्रहरी कार्यालय कास्की

स्कूल बसहरुमा अनुगमन तथा कारवाही

 उच्च माध्यामिक तहका लागि नेपाल सरकार बाट मिति २०६९/६/२८ गते लागू भएको आचार संहिता अनुगमनको क्रममा यस जिल्ला प्रहरी कार्यालय कास्कीमा तहत जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायत अन्य प्रहरी कार्यालयहरु बाट मिति २०७०/४/३१ गते देखि स्कूल बसहरुको अनुगमन गर्दा सिट क्षमता भन्दा अत्यधिक बढि विद्यार्थीहरु राखी स्कूललाने ल्याउने, ढोकाखुला राखी चलाउने तथा स्कूल पोशाकमा मोटरसाईकल चलाउने निम्न सवारी साधनहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।  निम्न
१.मोटरसाईकल  –  ५ 
२.सवारी साधनबस –३
३.विभिन्न सवारी साधनहरुका २२ थानविलवुक र ९ थानलाईसेन्स आवश्यक  कारवाहीको लागि खिचिएको ।