Saturday, August 17, 2013

सवारी दुर्घटनाबाटवर्ष ४ किबालिकाको मृत्यु-Bus Accident

    मिति २०७०/४/३२ गते अं. ६:२५ बजेको समयमा जिल्ला कास्की देउराली गा.वि.स. वडा नं. ५ खडा गाउँमा पोखरा पुल्मि सेल वोडिङ्ग स्कूल जनताको चौताराको ग.१.ख. २१२७ नं. को स्कूल बसले जनताको चौताराबाट शिसाघाट जाने सडकखण्डमा सोही स्थान बस्ने बाबुराम अधिकारीको छोरी वर्ष ४ कि स्वस्तिका अधिकारीलाई ठक्कर दिंदा घाईते भई तत्काल उपचारको लागि गण्डकी अस्पतालमा उपचारको लगि उपचार भईरहेको अवस्थामा 8: ०० बजेको समयमा मृत्यु भएको । उक्त गाडीका चालक जि. कास्की ले.न.पा. १४ बस्ने वर्ष ४० को रामचन्द्र बस्नेत यस कार्यालयको नियन्त्रणमा रहेको र गाडी प्रहरी चौकी शिसुवामा राखिएको छ । अन्य थप अनुसन्धान कारवाही भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara
मिति : २०७०।५।१गते ।

No comments:

Post a Comment

Please, comment about this article.