Wednesday, August 7, 2013

विभिन्नचोरीका घट्नामापक्राउ र कारवाही-Theft Incident Report

http://www.rajeshlamsal.com.np/
    यस कार्यालयले संचालन गरेको “चोरी नियन्त्रणविशेष योजना – २०७०”अन्र्तगतमिति २०७०/४/२२ र २३ गते भएको प्रगतिबिवरण:
१) जि. कास्कीलुम्ले तान्चोक स्थित रहेको नेपाल टेलिकमको रिपिटर टावरबाट विभिन्न मितिमा भोल्टेज रेगुलेटर, जेनेटर स्टार्ट गर्ने सेल्फ स्टार्ट १, तामाको ग्राउन्डीङ्ग रड २ थान, व्याट्रीचार्जर, ग्राउन्डीङ्गअर्थिङ्ग वायर, व्याट्री कनेक्सन वायर, टाईरोप जस्ता सामानहरु चोरी भएको घट्नामा संलग्न व्यक्तिहरुको खोज तलास गर्दै जाँदामिति २०७०/४/२२ गते जि. कंचनपुर वाणीगा.वि.स. २ बस्ने वर्ष १८ को जगदिश भण्डारी, एै. बस्ने वर्ष २२ को सुरेन्द्र चन्दलाई चोरी गरेको सामान सहित पोखरा १७ डेमसाईट बाट पक्राउ गरी थप अनुसन्धान कारवाही भईरहेको छ ।
२)    मिति २०७०/४/२२ गते ले.न.पा. १ मा मोवाईल चोरी गर्ने जि. तनहुँ खैरेनीटार गा.वि.स. वडा नं. ३ बस्ने वर्ष २० को प्रेम परियारलाई शिसुवाबाट पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
३)    मिति २०७०/४/२३ गते ३:०० बजेको समयमा पोखरा १ बगर बाट जि. कास्की पोखरा १६ बाटुलेचौर बस्ने वर्ष २४ को शिव पौडेललाई चोरीको मोवाईल थान १ सहित पक्राउ गरि अनुसन्धान कारवाही भईरहेको छ ।

मिति: २०७०/४/२३गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की ।
District Police Office Kaski, Pokhara.

Tuesday, August 6, 2013

सवारी दुर्घटना


१)    तनहुँ खैरेनीमा भएको घट्नामा भएका घाईतेहरुको बिवरण

गण्डकी अस्पतालमा उपचार भईरहेको :
१)    कास्की हेम्जा ६ बस्ने वर्ष ३० को विनो राना मगर – चालक – सिरियस अवस्था ( चालक र साहु)
२)    तनहुँ दुलेगौडा ९ बस्ने वर्ष ३० कि निर्मला थापा – सामान्य
३)    निजकी छोरी वर्ष ७ कि दया थापा – सामान्य
४)    अं. वर्ष ३५।३६ को पुरुष व्यक्ति , – सिरियस अवस्था
५)    तनहुँ मनपाङ्ग ७ घर भई खैरेनीटारमा बस्ने वर्ष १७ कि पार्वती शाही – सामान्य
६)    निजको श्रमिान वर्ष २५ को तिल ब. शाही – सामान्य – डिस्चार्ज
७)    तनहुँ व्यास न.पा. ३ बस्ने वर्ष ५१ कि जनक मारी गुरुङ्ग – सामान्य
८)    पर्वत चित्रे ७ बस्ने वर्ष २७ को ईन्द्र ब. सुनार – वेहोस अवस्थामा
९)    भारत यू.पि. घर बताउने वर्ष २५ कि निसा सिंह – सामान्इ
चरक  
  १)    पर्वत लंखु देउराली ६ बस्ने वस्ने वर्ष २५ को सुरेन्द्र कुमार नेपाली – सामान्य
मणिपाल:
१) कास्की भरतपोखरी २ बस्ने वर्ष ३० को दिपेन्द्र कुमार श्रेष्ठ – सिरियस
२)    तनहुँ मनपाङ्ग १ बस्ने वर्ष ४३ की पूणिमाया परियार – मध्यम अवस्था
३)    कास्की भरतपोखरी ३ बस्ने वर्ष ४६ को जगन्नाथ आचार्य – सामान्य
४)    स्याङ्गजा राङ्गभाङ्ग ८ बस्ने वर्ष ३१ को मधु थापा – सामान्य
५)    धादिङ्ग माधवबेशी १ बस्ने वर्ष ४६ को जगन्नाथ आचार्य –
६)    पर्सा मोहोरिया १ बस्ने वर्ष २६ को सिपेन्द्र सापुराम – मध्यम
७)    भारत कानपुर घर भएको वर्ष ३० को चन्द्रिका यादव – मध्यम
८)    धादिङ्ग चेमजुङ्ग ७ बस्ने वर्ष २१ को कमल ब. तामाङ्ग – मध्यम
९)    वतन नखुलेको अं. वर्ष ३२ को नहर बताउने पुरुष व्यक्ति – अवस्था सिरियस
१०)    कास्की ले.न.पा. १२ बस्ने वर्ष वर्ष ३० को कृष्ण ब. शाही –
११)    निजकि श्रीमती वर्ष २६ कि अन्जु शाही
१२)    निजकी छोरी वर्ष ३ कि स्वेता शाही – सिरियस
१३)    निजकी छोरी वर्ष ७ कि स्वस्तिका शाही – मध्य                                                                            १४)    धादिङ्ग उल्लेरी ४ बस्ने वर्ष २० को रमेश रानाभाट – मध्यम
१५)     तनहुँ घर भएको अं. वर्ष ५८ कि नैना बि.क. – सिरियस
१६)    मोरङ्ग हरैया ७ बस्ने वर्ष २८ कि रोशनी खवास – मध्यम
१७)    निजको श्रीमान वर्ष ४२ को खेम ब. खवास – मध्यम
१८)    स्याङ्गजा घर भएको अं. वर्ष ४५ को अर्जुन भण्डारी, सिरियस
१९)    जि. पर्सा गभहरिया १ घर भै तनहुँ खैरेनीटार बस्ने वषृ २६ को सिकन्दर शाह – मध्यम

मिति २०७०।४।२२ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office kaski.

प्रेस विज्ञप्ती-District Police Office kaski.

    विगत केही समय यता विशेष गरी पोखरा नगर क्षेत्र र यस आसपासका ग्रामिण भेगहरुमा केहीचोरीका घट्नाहरु हुनुको साथै यस वर्षको विशेष  चाडपर्वहरु समेत नजिक आईरहेकोले चोरी, लुटपाटका घट्ना हुन नदिई सर्व साधारणमा सुरक्षाको प्रत्याभुती प्रदान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले मिति २०७०।७।२२ गते देखि असोज मसान्त सम्मको लागि“चोरी नियन्त्रण विशेष योजना – २०७०”तयार गरी कार्यान्वयनमा ल्याएको छ ।
    चोरी नियन्त्रण विशेष योजना अन्र्तगत चोरी,लुटपाटका घट्नाहरु हुनगर्न सक्ने सम्भावित स्थानहरुमा विशेष प्रहरी टोलीहरु परिचालन गरिने व्यवस्था गरिने छ । त्यस्तै यस योजना अन्र्तगत चोरी कार्यमा संलग्न हुन सक्ने व्यक्तिहरुको विगतको अभिलेख र हालको चालचलन, गतिविधि समेतको आधारमा प्रोफायल तयार गरी निग्रानी गरी आवश्यकता अनुसार पक्राउ गरी कानूनको दायरामा ल्याईने छ ।
    यस योजना अन्र्तगत विगतमा भएकाचोरीका घटनाहरुको प्रभावकारी अनुसन्धान तथा परिचालनको लागि छुट्टै विशेष टोली बनाई कार्यान्वयनमा ल्याईने भएकोले चोरीका संभावित घटनाहरु र चोरी कार्यमा संलग्न हुन सक्ने अपराधिक प्रवृक्तिका व्यक्तिहरुका बारेमा प्रहरीलाई सही सूचना उपलव्ध गराई दिनु भई चोरी नियन्त्रण कार्यमा सहयोग पु¥याई दिनु हुन जिल्ला प्रहरी कार्यालय कास्की सर्वसधारण सबैमा हार्दिक अनुरोध गर्दछ ।

मिति ः २०७०।४।२२ गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की ।

Friday, August 2, 2013

सूर्योदयमा नेपाली हिज्जे प्रतियोगिता सम्पन्न-Suryodaya Boarding School,Pokhara

        हरेक शुक्रबारलाई रचनात्मक कार्यबाट सफल बनाऔं भन्ने उद्देश्यका साथ सूर्योदय इङ्लिस बोर्डिङ स्कुल, दीप, पोखरा–१६ मा यही साउन १८ गते अन्तर सदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भयो । सब जुनियर, जुनियर र सिनियर गरी ३ तहमा सञ्चालन भएको उक्त कार्यक्रमको सभापतित्व विद्यालयका प्राचार्य रुप गुरुङले गर्नुभएको थियो । नेपाली हिज्जे पंरतियोगिताबाट विद्यार्थीहरुलाई नेपाली भाषाको शुद्ध उच्चारण र शुद्ध लेखनमा जोड पुग्ने विचार उहा“ले व्यक्त गर्नुभएको थियो । विद्यालयका सहायक प्राचार्य तथा नेपाली विभागका प्रंमुख बुद्धि बहादुर विश्वकर्माको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विद्यालयका शैक्षिक विभाग प्रमुख रामप्रसाद सुवेदीले गर्नुभएको थियो । कार्यव्रmममा सिनियर तर्फ रातो र निलो सदन क्रमशः प्रथम र द्धितीय स्थान प्राप्त गर्न सफल भएका थिए भने जुनियर तर्फ हरियो र निलो सदनले क्रमशः प्रथम र द्धितीय स्थान प्राप्त गर्न सफल भएका थिए । यसैगरी सब जुनियर तर्फ याम प्रसाद गुरुङ, भावना छन्त्याल र संगिता छन्त्याल क्रमशः प्रथम , द्धितीय र तृतीय स्थान हासिल गर्न सफल भएका थिए । साथै, उक्त दिन विद्यालयले एक कार्यक्रमको आयोजना गरी प्रथम त्रैमासिक परीक्षाको नतिजा वितरण गरिएको जानकारी पनि विद्यालयका शैक्षिक विभाग प्रमुख रामप्रसाद सुवेदीले दिनुभयो ।

Monday, July 29, 2013

रोटरी क्लव अफ पोखरा न्यूरोडद्धारा कम्प्यूटर प्रदान-Computer Handover Program Organized by Rotary club of Newroad Pokhara


 २०७० श्रावण १२ गते  रोटरी क्लव अफ पोखरा न्यूरोडको वार्षिक कार्य योजना अन्र्तगत दुर्गममा अवस्थित विभिन्न विद्यालयलाई कम्प्यूटर प्रदान गर्ने कार्यक्रम अन्र्तगत पर्वत जिल्ला कार्किनेटा  स्थित अन्नपूर्ण उच्च माध्यामिक विद्यालयलाई दुई थान कम्प्यूटर एवम अन्य पाठ्य सामग्रीहरु एक समारोहका विच हस्तान्तरण गरियो । हस्तान्तरण समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वावुराम शर्माको सभापतित्वमा भएको थियो । हस्तान्तरण गर्न क्लवका अध्यक्ष सुवास सिग्देलको नेतृत्वमा सचिव पुष्पकमल पौडेल, कोषाध्यक्ष टुवराज वास्तोला, निर्देशक पशुपति शर्मा, जनसम्पर्क सभापति प्रेम प्रसाद शर्मा, आर सि सि संयोजक भेकेन्द्र श्रेष्ठ, पर्यटन व्यवसायी शुशील पौडेल एवम विद्यालयका पूर्व विद्याथी श्री डिल्ली प्रसाद शर्मा विद्यालय पुगेका थिए , उहाँहरुलाई विद्यालयका छात्रछात्राहरुद्धारा पुष्पमाला एवँ गुच्छाद्धारा भव्य स्वागत गरिएको थियो ।  कार्यक्रममा क्लवका अध्यक्षले दुर्गम स्थानका विद्यालयहरुलाई यसरी नै विभिन्न भौतिक सामग्रीहरु प्रदान गर्दै सहयोग गर्ने क्लवको निति भएकोले यस विद्यालयमा आएको जानकारी दिनु भयो साथै आगामी दिनहरुमा पनि क्लवका तर्फवाट सक्दो सहयोग गर्ने वचन समेत दिनु भएको थियो । सोही कार्यक्रममा कम्प्यूटर प्रदान गर्नुहुने रो प्रेम प्रसाद शर्माले आफू यसै विद्यालयमा अध्ययन गरेको एवम विद्यालयमा पढने भाइ वहिनीहरुको चारित्रिक निमार्णकार्यमा सरिक हुनका लागि रोटरी क्लव मार्फत सहयोग गरेको जानकारी दिनु भयो । विद्यायलका प्राचार्य श्री कृष्ण प्रसाद शर्माले रोटरी क्लव अफ पोखरा न्यूरोडद्धारा प्रदान गरिएको कम्प्यूटरद्धारा यसै वर्ष देखि शुरु भएको कक्षा ६ का विद्याथीहरुको Vocational Class का लागि महत्वपूर्ण हुने र उनीहरुको दक्षता अभिवृदी हुने भनाई राख्नु भयो । अन्तमा समारोहका सभापति एवम विद्यालय व्यवस्थापन समतिका अध्यक्ष श्री वावुराम शर्माले रोटरी क्लव अफ पोखरा न्यूरोड एवम रो प्रेम प्रसाद शर्मा प्रति आभार प्रकट गर्दै यस्तै रचनात्मक कार्यको लागि धन्यवाद दिँदैं कार्यक्रम समापन गर्नु भयो ।