Tuesday, August 6, 2013

प्रेस विज्ञप्ती-District Police Office kaski.

    विगत केही समय यता विशेष गरी पोखरा नगर क्षेत्र र यस आसपासका ग्रामिण भेगहरुमा केहीचोरीका घट्नाहरु हुनुको साथै यस वर्षको विशेष  चाडपर्वहरु समेत नजिक आईरहेकोले चोरी, लुटपाटका घट्ना हुन नदिई सर्व साधारणमा सुरक्षाको प्रत्याभुती प्रदान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले मिति २०७०।७।२२ गते देखि असोज मसान्त सम्मको लागि“चोरी नियन्त्रण विशेष योजना – २०७०”तयार गरी कार्यान्वयनमा ल्याएको छ ।
    चोरी नियन्त्रण विशेष योजना अन्र्तगत चोरी,लुटपाटका घट्नाहरु हुनगर्न सक्ने सम्भावित स्थानहरुमा विशेष प्रहरी टोलीहरु परिचालन गरिने व्यवस्था गरिने छ । त्यस्तै यस योजना अन्र्तगत चोरी कार्यमा संलग्न हुन सक्ने व्यक्तिहरुको विगतको अभिलेख र हालको चालचलन, गतिविधि समेतको आधारमा प्रोफायल तयार गरी निग्रानी गरी आवश्यकता अनुसार पक्राउ गरी कानूनको दायरामा ल्याईने छ ।
    यस योजना अन्र्तगत विगतमा भएकाचोरीका घटनाहरुको प्रभावकारी अनुसन्धान तथा परिचालनको लागि छुट्टै विशेष टोली बनाई कार्यान्वयनमा ल्याईने भएकोले चोरीका संभावित घटनाहरु र चोरी कार्यमा संलग्न हुन सक्ने अपराधिक प्रवृक्तिका व्यक्तिहरुका बारेमा प्रहरीलाई सही सूचना उपलव्ध गराई दिनु भई चोरी नियन्त्रण कार्यमा सहयोग पु¥याई दिनु हुन जिल्ला प्रहरी कार्यालय कास्की सर्वसधारण सबैमा हार्दिक अनुरोध गर्दछ ।

मिति ः २०७०।४।२२ गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की ।

No comments:

Post a Comment

Please, comment about this article.