Friday, August 2, 2013

सूर्योदयमा नेपाली हिज्जे प्रतियोगिता सम्पन्न-Suryodaya Boarding School,Pokhara

        हरेक शुक्रबारलाई रचनात्मक कार्यबाट सफल बनाऔं भन्ने उद्देश्यका साथ सूर्योदय इङ्लिस बोर्डिङ स्कुल, दीप, पोखरा–१६ मा यही साउन १८ गते अन्तर सदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भयो । सब जुनियर, जुनियर र सिनियर गरी ३ तहमा सञ्चालन भएको उक्त कार्यक्रमको सभापतित्व विद्यालयका प्राचार्य रुप गुरुङले गर्नुभएको थियो । नेपाली हिज्जे पंरतियोगिताबाट विद्यार्थीहरुलाई नेपाली भाषाको शुद्ध उच्चारण र शुद्ध लेखनमा जोड पुग्ने विचार उहा“ले व्यक्त गर्नुभएको थियो । विद्यालयका सहायक प्राचार्य तथा नेपाली विभागका प्रंमुख बुद्धि बहादुर विश्वकर्माको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विद्यालयका शैक्षिक विभाग प्रमुख रामप्रसाद सुवेदीले गर्नुभएको थियो । कार्यव्रmममा सिनियर तर्फ रातो र निलो सदन क्रमशः प्रथम र द्धितीय स्थान प्राप्त गर्न सफल भएका थिए भने जुनियर तर्फ हरियो र निलो सदनले क्रमशः प्रथम र द्धितीय स्थान प्राप्त गर्न सफल भएका थिए । यसैगरी सब जुनियर तर्फ याम प्रसाद गुरुङ, भावना छन्त्याल र संगिता छन्त्याल क्रमशः प्रथम , द्धितीय र तृतीय स्थान हासिल गर्न सफल भएका थिए । साथै, उक्त दिन विद्यालयले एक कार्यक्रमको आयोजना गरी प्रथम त्रैमासिक परीक्षाको नतिजा वितरण गरिएको जानकारी पनि विद्यालयका शैक्षिक विभाग प्रमुख रामप्रसाद सुवेदीले दिनुभयो ।

No comments:

Post a Comment

Please, comment about this article.