Monday, July 29, 2013

रोटरी क्लव अफ पोखरा न्यूरोडद्धारा कम्प्यूटर प्रदान-Computer Handover Program Organized by Rotary club of Newroad Pokhara


 २०७० श्रावण १२ गते  रोटरी क्लव अफ पोखरा न्यूरोडको वार्षिक कार्य योजना अन्र्तगत दुर्गममा अवस्थित विभिन्न विद्यालयलाई कम्प्यूटर प्रदान गर्ने कार्यक्रम अन्र्तगत पर्वत जिल्ला कार्किनेटा  स्थित अन्नपूर्ण उच्च माध्यामिक विद्यालयलाई दुई थान कम्प्यूटर एवम अन्य पाठ्य सामग्रीहरु एक समारोहका विच हस्तान्तरण गरियो । हस्तान्तरण समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वावुराम शर्माको सभापतित्वमा भएको थियो । हस्तान्तरण गर्न क्लवका अध्यक्ष सुवास सिग्देलको नेतृत्वमा सचिव पुष्पकमल पौडेल, कोषाध्यक्ष टुवराज वास्तोला, निर्देशक पशुपति शर्मा, जनसम्पर्क सभापति प्रेम प्रसाद शर्मा, आर सि सि संयोजक भेकेन्द्र श्रेष्ठ, पर्यटन व्यवसायी शुशील पौडेल एवम विद्यालयका पूर्व विद्याथी श्री डिल्ली प्रसाद शर्मा विद्यालय पुगेका थिए , उहाँहरुलाई विद्यालयका छात्रछात्राहरुद्धारा पुष्पमाला एवँ गुच्छाद्धारा भव्य स्वागत गरिएको थियो ।  कार्यक्रममा क्लवका अध्यक्षले दुर्गम स्थानका विद्यालयहरुलाई यसरी नै विभिन्न भौतिक सामग्रीहरु प्रदान गर्दै सहयोग गर्ने क्लवको निति भएकोले यस विद्यालयमा आएको जानकारी दिनु भयो साथै आगामी दिनहरुमा पनि क्लवका तर्फवाट सक्दो सहयोग गर्ने वचन समेत दिनु भएको थियो । सोही कार्यक्रममा कम्प्यूटर प्रदान गर्नुहुने रो प्रेम प्रसाद शर्माले आफू यसै विद्यालयमा अध्ययन गरेको एवम विद्यालयमा पढने भाइ वहिनीहरुको चारित्रिक निमार्णकार्यमा सरिक हुनका लागि रोटरी क्लव मार्फत सहयोग गरेको जानकारी दिनु भयो । विद्यायलका प्राचार्य श्री कृष्ण प्रसाद शर्माले रोटरी क्लव अफ पोखरा न्यूरोडद्धारा प्रदान गरिएको कम्प्यूटरद्धारा यसै वर्ष देखि शुरु भएको कक्षा ६ का विद्याथीहरुको Vocational Class का लागि महत्वपूर्ण हुने र उनीहरुको दक्षता अभिवृदी हुने भनाई राख्नु भयो । अन्तमा समारोहका सभापति एवम विद्यालय व्यवस्थापन समतिका अध्यक्ष श्री वावुराम शर्माले रोटरी क्लव अफ पोखरा न्यूरोड एवम रो प्रेम प्रसाद शर्मा प्रति आभार प्रकट गर्दै यस्तै रचनात्मक कार्यको लागि धन्यवाद दिँदैं कार्यक्रम समापन गर्नु भयो ।

Friday, July 26, 2013

बारको साधारण सभा-Bar Association

पोखरा समाचारदाता 
पोखरा, साउन ११ गते । पुनरावेदन अदालत पोखराका न्यायधिश डिल्लीराज आचार्यले कानून व्यवसायलाई समय, सापिक्षित परिवर्तन गरि परमपरागत शैली छाडी आधुनिकिकरण तर्फ लैजानुपर्ने धारणा राख्नु भएको छ । पुनरावेदन अदालत बार एशोसिएसन पोखराको वार्षिक साधारण सभाको आज उद्घाटन गर्दै न्यायधिश आचार्यले कानून व्यवसायलाई विशिष्ट करण गरेर लैजान समेत सुझाव दिनुभयो । उहाँले क¥पोरेट व्यवसायको रुपमा संचालन गर्न सकेमा मात्र कानून व्यवसायी पनि सो पेशामा रहन सक्ने बताउदै सूचना प्रविधिको अधित्तम प्रयोग गर्न पनि कानून व्यवसायलाई आग्रह गर्नु भयो । 
कार्यक्रममा नेपाल बारका उपाध्यक्ष अनिता गुरुङले न्याय छिटोछरितो र सर्वसुलब तबरबाट उपलब्ध हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पुनरावेदन बार पोखराका पूर्वकोषाध्यक्ष शान्ति सिंह थापा, न्याय परिषदको निर्णयले पुनरावेदन अदालत विराटनगरको न्यायधिशमा नियुक्ति गरेकोमा सम्मान समेत गरेको छ । सो अवसरमा बोल्दै पुनरावेदन अदालतका न्यायधिश शान्ति सिंह थापाले निषपक्ष न्याय संम्पादन गरि पोखराको बारको गरिमा उच्च बनाउने अठोट व्यक्त गर्दै आफ्नो सफलतामा पोखराको कानूनी जगत भएको स्मरण गर्नु भयो ।
पुनरावेदन बार एशोसिएसन पोखराका अध्यक्ष मुकुन्द्रराज अर्यालको सभापत्तित्तवमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण बहादुर गुरुङ, कृष्ण थापा, जिल्ला बारको अध्यक्ष कमल अर्याल, अधिवक्ता दिलमाया भुजेल, रेडियो बाराहीका कार्यकारी निर्देशक एवम् संञ्चार समितिका संयोजक अधिवक्ता रमेश पौडेल, बारका उपाध्यक्ष सकुन्तला घिमिरे, जिल्ला अदालत कास्कीका श्रष्तेदार वासुदेव न्यौपाने, बारका पूर्व अध्यक्ष फडिन्द्रराज कोइराला लगायतले बार र बेन्चको सम्बन्धको बारेमा बोल्नु भएको थियो । कार्यक्रमको दोस्रो श्रत्रमा सचिव गणेश बहादुर थापा र कोषध्यक्ष दिपक बाँस्तोलाले प्रतिवेदन पेश गर्नु भएको थियो ।

कारागारबाट कैदी फरार


    मिति २०६९।१२।२० गतेबाट जवरजस्ती करणी मुद्धामा सम्मानित जिल्ला अदालतको आदेशले कारागार कार्यालय कास्कीमा पूर्पक्षको लागि थुनामा रहेको थुनुवाजि. कास्की सैमराङ्गगा.वि.स. वडा नं. ६ घर भई पोखरा १२माटेपानी बस्ने भिम बहादुर तामाङ्गको छोरा वर्ष २५को खजनाभन्ने हेम कुमार तामाङ्ग आज मिति २०७०/४/११ गते बिहान ०८:०० बजेको समयमा कारागार शाखा कास्कीको भित्रको फोहर बाहिर फ्याक्ने स्थानमा फाल्न भनी ल्याएको अवस्थामा प्रहरीलाई झुक्याई भागी फरार भएको ।उक्त फरार कैदीको भाग्न सक्ने संभावित र शंकास्पद एरियामा व्यापक खोज तलास भैरहेको छ । साथै उक्तघटनाको कसको लापरवाही, कमीकमजोरीको कारणबाट के कसरी हुनगएको भनि छानविनका लागि प्र.ना.उ. सन्तोष खड्का अध्यक्षतामा ७दिनभित्र प्रतिवेदन पेश गर्ने गरी तीन सदस्यीय टोली गठन भएको र सो टोलीले आजैबाट आफनो कार्य शुरु गरेको छ । उक्त घटनाको सम्बन्धमा छानविनको क्रममा आजैका मिति देखि लागू  हुने गरि कारागारमा कार्यरत प्र.ह.१ र प्र.ज. २ गरी ३ जनाप्रहरी कर्मचारीलाई निलम्वन गरी कारागार शाखाका प्रमुख प्र.ना.नि.लाई निलम्वनको लागि सिफारिश भई अन्य अनुसन्धानकार्य भईरहेको छ ।
मिति:२०७०/४/११ गते ।  
District Police Office Kaski, Pokhara.                 
जिल्लाप्रहरी कार्यालय, कास्की

युवतीको मृत्यु

    जि. स्याङ्गजाविचारीचौतारा ५ बस्ने वर्ष २० को त्रिलोचनशर्मा र जि. तनहुँदुलेगौडा २ बस्ने वर्ष १९ कि रुपा मगर मिति २०७०/४/१० गते अं. १२:०० बजेको समय माडेमसाईट स्थित होटल अशोकमा गई उक्त होटलको बाहिर बसीदुवैले चिसो (स्प्राईट) मगाई खाएका र अं. १५ मिनेट जति सोही स्थानमा बसी कुराकानी पश्चात सोही होटलको कोठा बुक गरी बसेकोमा केही समय पश्चात निज त्रिलोचन शर्मा टाउकोमा काटिएको गम्भिर चोट सहित कोठा बाहिर आई मलाई निज केटीले खुकुरी प्रहार गरिन उपचारको लागिपठाई दिनु होस भनिभने पश्चात उक्त होटलबाट तत्काल प्रहरीलाई खवर गरी निज घाईतेलाई उपचारको लागि फेवासिटीमा पठाएकोमा त्यहाँ उपचार हुन नसकि मणिपाल शिक्षण अस्पतालमा पु¥याई सघन उपचार कक्षमाउपचाररत रहेको ।सूचना प्राप्त हुना साथ तत्काल खटिई गएको प्रहरी टोली उक्त होटलमा गई हेर्दा भित्रबाट ढोकामाचुकुल लगाएको पाए पछि बाहिर झ्यालबाट हेर्दा सलले सोही कोठामा रहेको पंखामाझुण्डिई रहेको अवस्थामाभेटिएको । निज केटीको मृतकशवकोपोष्टमार्टमकोकार्य सम्पन्नभई अन्य अनुसन्धानभईरहेको छ ।

फिर्के खोलामा वेपत्ताभएकाव्यक्तिको शव भेटियो

    मिति २०७०/४/९ गते साँझको समयमाफिर्के खोलामाखसी वेपत्ताभएकाजि. कास्कीपोखरा उप.म.न.पा. वडा नं. ४ बस्ने वर्ष ५० का केशव पराजुलीको मिति २०७०।४।९ देखि   नेपालप्रहरी, सशस्त्रप्रहरी बल र नेपाली सेना समेतको टोलीले खोजतलास गरिरहेकोमाआजमिति २०७०/४/११ गते अं. १:२५ बजेको समयमापोखरा १७ स्थितफिर्के र फेवातालको संगमस्थिलनजिकफेवातालमा तैरिरहेको अवस्थामा फेला परेको छ । उक्त मृतकको लासजाँचलगायतको अनुसन्धानकार्य सम्पन्न गरी प.क्षे.अस्पतालपोखराबाटपोष्टमार्टम पश्चातआफन्तको जिम्मादिईएको ।