Friday, April 5, 2013

बरामद अवैद्य मदिरा नष्ट गरिएको


District Police Office Kaski.
वडा प्रहरी कार्यालय वगर कास्कीले बिभिन्न मितिमा वरामद गरेको १०० लिटर घरेलु मदिरा , मदिरा उल्पादन गर्ने भाडा वर्तन र ३३२० लिटर मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ  मिति २०६९/१२/२२ गतेका दिन जिल्ला प्रशासन कार्यालय कास्की, आन्तरिक राजस्व कार्यालय पोखरा ,पोखरा उपमहानगरपालिका १ नं वडा कार्यालय वगर प्रतिनिधि, स्थानिय मानिसहरु र पत्रकारहरुको रोहवरमा जिल्ला कास्की हेम्जा गा.वि.स. वडा नं ६ स्थित रिभरसाईड भन्ने स्थानमा नष्ट गरेको र वांकी रहेको सिल्भरको भाडा तथा तामाका भांडाहरु आवश्यक कारर्वाहीको लागि आन्तरिक राजस्व कार्यालय पोखरामा पठाएको छ ।

मिति २०६९।१२।२३ गते ।
District Police Office Kaski.
जिल्ला प्रहरी कार्यालय, कास्की

Thursday, April 4, 2013

प्रहरी गतिबिधी अप्रेशन जल कुम्भीस् थप ६ पक्राउ

कास्की प्रहरीले गुण्डागर्दि बिरुद्व संचालन गरेको अप्रेशन जलकुम्भीको क्रममा थप ६ जना ब्यक्तिहरु पक्राउ परेका छन् पक्राउ पर्नेमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१० बस्ने बर्ष(१६ को सुरज थापा, ऐ. बस्ने बर्ष(१७ को दिवश गुरुङ, ऐ. बस्ने बर्ष(१७ को सनम तामाङ, ऐ। बस्ने बर्ष(१८ को रविन राई रहेका छन् । निजहरुलाई मिति २०६९।१२।२१ गते बिहान जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१० रामघाटबाट धारिलो हतियार खुंडा थान(१ सहित वडा प्रहरी कार्यालय रामबजार कास्कीले पक्राउ गरेको हो । निजहरु बिरुद्व केही सार्बजनिक अपराध मुद्दामा अनुसन्धान भई रहेको छ ।
    यसै गरी वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जि।कास्की पोखरा उ।म।न।पा। वडा नं.(१३ बस्ने बर्ष(१६ को सचिन गुरुङ र जि.लम्जुङ करापु वडा नं.(१ बस्ने बर्ष(२१ को शंकर गुरुङलाई पोखरा उ.म.न.पा.वडा नं.(१२ सितलादेबीबाट खुकुरी थान(१ सहित पक्राउ गरेको हो, उनिहरु रामबजार र आसपासका एरियामा गुण्डागर्दिमा संलग्न भएको खुल्न आएको छ । निजहरु बिरुद्व केही सार्बजनिक अपराध मुद्दामा अनुसन्धान भई रहेको छ ।

डुङ्गा सन्चालन सम्बन्धी निर्णय

प्रमुख जिल्ला अधिकारी श्री यादव प्रसाद कोइरालाको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला संघ संस्थाका प्रतिनिधीहरु समेत रहेको २०६९/१२/२२ गतेको बैठकले जिल्लामा रहेका तालहरुमा डुङ्गा सन्चालनलाई ब्यवस्थित गर्नको लागि निम्नानुसारको निर्णय गरिएको छ ।
निर्णयहरु:
१. फेवाताल र वेगनास तालमा डुङ्गाहरु सन्चालन गर्दा एक डुङ्गामा अधिकतम् ३०० के.जी. वा यात्रु संख्यामा नेपालीहरुको हकमा बढीमा ५ जना र विदेशीहरुको हकमा बढीमा ४ जना यात्रुहरु मात्र राखेर डुङ्गा सन्चालन गर्ने गराउने निर्णय गरियो ।
२. फेवातालको वाराही मन्दिर दर्शनमा बढीमा १० जना यात्रुहरु राखेर डुङ्गा सन्चालन गर्ने ।
३.डुङ्गाहरु वुक गर्ने अवस्थामा नै लाइफ ज्याकेटको अनिवार्य ब्यवस्था गरेर मात्र डुङ्गा सन्चालन गर्ने ।
४. मादक पदार्थ सेवन गरेका यात्रुहरुलाई डुङ्गामा यात्रा नगराउने ।
५.उल्लेखित डुङ्गा सन्चालनको कार्यको नियमित अनुगमन स्थानीय प्रहरी प्रशासनले गर्ने । सो कार्यमा आवश्यक सहयोग डुङ्गा ब्यवसायी समितिहरुले गर्ने । अनुगमन गर्दा उल्लेख भए अनुसार गरे गराएको नपाइएमा पहिलो पटक रु.१०००।( दोश्रो पटक रु।२०००।( तेश्रो पटक रु.३०००।( र चौथो पटकमा डुङ्गा जफत गर्ने गराउने निर्णय गरियो ।

Wednesday, April 3, 2013

बेगनासतालमा डुंगा दुर्घटना


    आज दिउँसो अं. ४:०० बजेको समयमा अकास्मात आएको हावाहुरीको कारण ले.न.पा. बेगनासतालमा सवार डुंगा अकास्मात पल्टिन पुगी उक्त डुंगामा सवार रहेका पोखरा उप.म.न.पा. वडा नं. १० रामबजार कालिका टोल बस्ने ८ जना व्यक्तिहरु मध्ये ३ जना वेपत्ता, ३ जना सकुशल उद्धार र २ जना उद्धार पश्चात अस्पतालमा पु¥याई उपचार हुँदा हुँदै मृत्यु भएको छ ।

    वेपत्ता हुनेमा वर्ष २० को प्रकाश गुरुङ्ग, वर्ष १९ कि सुष्मा गुरुङ्ग र वर्ष ३५ कि पुष्पा गुरुङ्ग रहेका छन । सोही डुंगामा सवार वर्ष २० कि रिता गुरुङ्ग, वर्ष ९ को कुमार गुरुङ्ग र वर्ष १३ कि सिम्रन गुरुङ्गलाई स्थानीय डुंगा व्यवसायी एवं नेपाल प्रहरीको टोलीले सकुशल उद्धार गर्न सफल भएको थियो भने डुंगामा सवार मध्येका वर्ष ३ कि अनुष्का गुरुङ्ग र वर्ष २ कि ईविना गुरुङ्गलाई उद्धार गरी थप उपचारको लागि प.क्षे. अस्पताल पोखरामा ल्याईएकोमा निजहरुको उक्त अस्पतालमा मृत्यु भईसकेको छ । घटनामा वेपत्ता भईरहेका व्यक्तिहरुको खोजी एवं उद्धारको लागि नेपाल प्रहरीको रेष्क्यू टोली घटनास्थल तर्फ प्रस्थान गरी सकेको साथै स्थानीय प्रहरी, जनता र डुंगा व्यवसायी द्धारा खोजी गर्ने कार्य जारी रहेको छ ।


मिति: २०६९।१२।२१ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की

Monday, April 1, 2013

अप्रेशन जलकुम्भी : ७ जना पक्राउ

    जिल्ला प्रहरी कार्यालय कास्कीले गुण्डार्दी नियन्त्रण गर्न संचालन गरेको अप्रेशन जलकुम्भीकै क्रममा मिति २०६९/१२/११ देखि हालसम्म विभिन्न स्थानहरुबाट गुण्डार्दीमा संलग्न ७ जना व्यक्तिहरुलाई पक्राउ गरी केही सार्वजनिक अपराध र सजाय ऐन अन्र्तगत कारवाही भईरहेको छ । पक्राउ पर्नेमा जि. कास्की लुम्ले ४ बस्ने वर्ष १९ को विकास बि.क., ऐ. बस्ने वर्ष २९ को मन बहादुर बि.क. ऐ. बस्ने वर्ष १८ को सोम बहादु बि.क. ,ऐ. सल्यान ९ बस्ने वर्ष २३ को सुनिल परियार रहेका छन निजहरुलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले मिति २०६९/१२/१३ गते पक्राउ गरेको थियो ।

    यसै गरी पोखरा १० बुद्धचोकबाट १ थान खुकुरी र रड सहित जि. स्याङ्गजा चिन्नेवास २ बस्ने वर्ष १८ को सागर थापा, जि. गोरखा जौवारी ४ बस्ने वर्ष १९ को कृष्ण बस्याल र जि. कास्की घान्द्रुक ७ बस्ने वर्ष २० को किरण सेन्चरी रहेका छन । निजहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले मिति २०६९/१२/१८ गते पक्राउ गरेको थियो ।
मिति: २०६९/१२/१९ गते ।
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की ।