Monday, April 1, 2013

अप्रेशन जलकुम्भी : ७ जना पक्राउ

    जिल्ला प्रहरी कार्यालय कास्कीले गुण्डार्दी नियन्त्रण गर्न संचालन गरेको अप्रेशन जलकुम्भीकै क्रममा मिति २०६९/१२/११ देखि हालसम्म विभिन्न स्थानहरुबाट गुण्डार्दीमा संलग्न ७ जना व्यक्तिहरुलाई पक्राउ गरी केही सार्वजनिक अपराध र सजाय ऐन अन्र्तगत कारवाही भईरहेको छ । पक्राउ पर्नेमा जि. कास्की लुम्ले ४ बस्ने वर्ष १९ को विकास बि.क., ऐ. बस्ने वर्ष २९ को मन बहादुर बि.क. ऐ. बस्ने वर्ष १८ को सोम बहादु बि.क. ,ऐ. सल्यान ९ बस्ने वर्ष २३ को सुनिल परियार रहेका छन निजहरुलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले मिति २०६९/१२/१३ गते पक्राउ गरेको थियो ।

    यसै गरी पोखरा १० बुद्धचोकबाट १ थान खुकुरी र रड सहित जि. स्याङ्गजा चिन्नेवास २ बस्ने वर्ष १८ को सागर थापा, जि. गोरखा जौवारी ४ बस्ने वर्ष १९ को कृष्ण बस्याल र जि. कास्की घान्द्रुक ७ बस्ने वर्ष २० को किरण सेन्चरी रहेका छन । निजहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले मिति २०६९/१२/१८ गते पक्राउ गरेको थियो ।
मिति: २०६९/१२/१९ गते ।
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की ।

No comments:

Post a Comment

Please, comment about this article.