Monday, April 1, 2013

प्रहरी आचरण विपरित काम गर्ने प्रहरी कर्मचारीहरु विरुद्ध गरिएको कारवाही बिवरण


        नेपाल प्रहरीको सांगठानिक मूल्य मान्यता र प्रहरी आचरण विपरित विभिन्न क्रियाकलापमा संलग्न रहेका प्रहरी कर्मचारीहरुलाई  २०६९।१२।१ गते देखि हालसम्म निम्नानुसारको संख्यामा कारवाही गरिएको व्यहोरा जानकारी गराईएको छ ।

कारवाही बिवरण                           दर्जा                       संख्या                        कैफियत

नोकरीबाट निलम्वन         प्रहरी सहायक निरीक्षक          १   
                                         प्रहरी जवान                          १   
१ वर्षको प्रमोशन रोक्का    प्रहरी सहायक निरीक्षक         १   
                                          प्रहरी हवल्दार                      १   
                                          प्रहरी जवान                        ३   
नसिहत                              प्रहरी परिचर                       १   
                         जम्मा:                                                 ८   

–    कारवाहीकै क्रममा पछिल्लो पटक प्रहरी चौकी घाचोकमा कार्यरत प्रहरी सहायक निरीक्षक झलक प्रसाद रिमाल र प्रहरी जवान डम्बर बहादुर परियारलाई प्रहरी सेवाबाट निलम्वन गरिएको छ । निज प्र.स.नि. र प्र.ज.ले जिल्ला प्रशासन कार्यालय कास्कीबाट अवैध रुपमा राखिएका हातहतियार बुझाउन जारी गरिएको सार्वजनिक सूचना बमोजिम आफनो एरियामा हातहतियार संकलन गर्न खटिई गई उक्त सूचनाको म्याद नसकिदै स्थानीय व्यक्तिहरुलाई भरुवा बन्दुक र सो को पाटपुर्जा राखेको बिषयलाई लिएर विभिन्न किसिमको डर देखाई करकापमा पारी रकम असूली गरेको खुल्न आएको छ । निज प्रहरी कर्मचारीहरुलाई उचित कारवाही गर्न थप अनुसन्धान भईरहेको छ ।
District Police Office Kaski

No comments:

Post a Comment

Please, comment about this article.