Wednesday, April 3, 2013

बेगनासतालमा डुंगा दुर्घटना


    आज दिउँसो अं. ४:०० बजेको समयमा अकास्मात आएको हावाहुरीको कारण ले.न.पा. बेगनासतालमा सवार डुंगा अकास्मात पल्टिन पुगी उक्त डुंगामा सवार रहेका पोखरा उप.म.न.पा. वडा नं. १० रामबजार कालिका टोल बस्ने ८ जना व्यक्तिहरु मध्ये ३ जना वेपत्ता, ३ जना सकुशल उद्धार र २ जना उद्धार पश्चात अस्पतालमा पु¥याई उपचार हुँदा हुँदै मृत्यु भएको छ ।

    वेपत्ता हुनेमा वर्ष २० को प्रकाश गुरुङ्ग, वर्ष १९ कि सुष्मा गुरुङ्ग र वर्ष ३५ कि पुष्पा गुरुङ्ग रहेका छन । सोही डुंगामा सवार वर्ष २० कि रिता गुरुङ्ग, वर्ष ९ को कुमार गुरुङ्ग र वर्ष १३ कि सिम्रन गुरुङ्गलाई स्थानीय डुंगा व्यवसायी एवं नेपाल प्रहरीको टोलीले सकुशल उद्धार गर्न सफल भएको थियो भने डुंगामा सवार मध्येका वर्ष ३ कि अनुष्का गुरुङ्ग र वर्ष २ कि ईविना गुरुङ्गलाई उद्धार गरी थप उपचारको लागि प.क्षे. अस्पताल पोखरामा ल्याईएकोमा निजहरुको उक्त अस्पतालमा मृत्यु भईसकेको छ । घटनामा वेपत्ता भईरहेका व्यक्तिहरुको खोजी एवं उद्धारको लागि नेपाल प्रहरीको रेष्क्यू टोली घटनास्थल तर्फ प्रस्थान गरी सकेको साथै स्थानीय प्रहरी, जनता र डुंगा व्यवसायी द्धारा खोजी गर्ने कार्य जारी रहेको छ ।


मिति: २०६९।१२।२१ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.