Thursday, September 27, 2012

Man with Drugs Caught-लागू औषध सहित मानिस पक्राउ

मिति २०६९/०६/१० गते बिहान १०:०० बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. – ८ महेन्द्रपुलमा जिल्ला गुल्मी हुगाँ गा.वि.स. वडा नं. ४ घर भई हाल पोखरा ४ सिद्धार्थचोक डेरा गरी बस्ने वर्ष २३ को राजु खडकालाई लागू औषध कानून नियन्त्रण कार्यान्वयन ईकाई कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजले आफनो शरिरमा लुकाई छिपाई राखेको नर्फिन ईन्जेक्सन १७ थान, डाईजापाम ईन्जेक्सन १७ थान, फेनरागन ईन्जेक्सन १७ थान सहित पक्राउ गरिएको । निजलाई लागू औषध मुद्धामा अनुसन्धान कारवाही भईरहेको ।

जिल्ला प्रहरी कार्यालय, कास्की

Wednesday, September 26, 2012

अस्थायी प्रहरी पोष्ट सुन्दरीडाँडाको स्थापना -Establishment of a Temporary Police Post in Sundari Dada of Lekhnath

        आज मिति २०६९/०६/०९ गते     कास्की जिल्ला लेखनाथ नगरपालिका वडा नं. ११ सुन्दरीडाँडामा अस्थायी प्रहरी पोष्ट सुन्दरीडाँडाको एक समारोहका विच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री ज्यूको प्रमुख आतिथ्यतामा उदघाटन भयो । सो समारोहमा स्थानीय समाजसेवी, आमा समूह, पत्रकार महासंघका पदाधिकारीहरु, वन उपभोक्ता समिति, अन्य संघ संस्थाका प्रतिनिधि, प्रहरी अधिकृतहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।
  सुन्दरीडाँडा ईलाका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थान रहेको र उक्त स्थान नजिकको प्रहरी यूनिटबाट केही टाढा रहेको हुनाले पर्यटक र स्थानीय जनताको सुरक्षामा प्रभावकारी योगदान पु¥याउन विगत लामो समय देखि प्रहरी चौकी स्थापनाको आवश्यकता महसुस भएकोमा यस क्षेत्रका प्र.ना.म.नि. ज्यू तथा अञ्चल प्रहरी कार्यालय गण्डकीका प्र.ब.उ. ज्यूको विशेष पहल, जिल्ला सुरक्षा समिति कास्कीको निर्णय साथै स्थानीय जनताको आग्रह एंव सहयोगमा सो अस्थायी प्रहरी पोष्टको स्थापना हुन सकेको हो ।
  उक्त प्रहरी पोष्ट संचालनका लागि हाल खाली रहेको वडा कार्यालय भवन प्रयोगमा ल्याईएको अन्य श्रोत  साधन स्थानीय आमा समूह, वन उपभोक्ता समूह एवं  जनसमुदायबाट उपलव्ध गराईएको हो । उक्त स्थानमा तत्काललाई प्रहरी हवल्दार १ सहित ५ जनाको प्रहरी जनशक्तिले आजैका मिति देखि सेवा प्रदान गर्नेछ ।
जिल्ला प्रहरी कार्यालय, कास्की

Thursday, September 20, 2012

अस्थायी प्रहरी पोष्ट पामेको स्थापना-Establishment of a Temporary Police Post in Pame, Lakeside

      आज मिति २०६९/०६/०४ गते  कास्की जिल्ला कास्कीकोट गा.वि.स. वडा नं. ६ पामेमा अस्थायी प्रहरी पोष्ट पामेको एक समारोहका विच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री ज्यूको प्रमुख आतिथ्यतामा उदघाटन भयो । सो समारोहमा स्थानीय समाजसेवी, आमा समूह, विभिन्न संघ संस्थाका प्रतिनिधि, फेवा यूवा क्लवका पदाधिकारीहरु र प्रहरी अधिकृतहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।
   पामे ईलाका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गन्तव्य रहेको र उक्त स्थान नजिकको प्रहरी यूनिटबाट केही टाढा रहेको हुनाले पर्यटक र स्थानीय जनताको सुरक्षामा प्रभावकारी योगदान पु¥याउन विगत लामो समय देखि प्रहरी चौकी स्थापनाको आवश्यकता महसुस भएकोमा यस क्षेत्रका प्र.ना.म.नि. ज्यू तथा अञ्चल प्रहरी कार्यालय गण्डकीका प्र.ब.उ. ज्यूको विशेष पहल, जिल्ला सुरक्षा समिति कास्कीको निर्णय साथै स्थानीय फेवा यूवा क्लव समेत जनसमुदायको आग्रह एंव सहयोगमा सो अस्थायी प्रहरी पोष्टको स्थापना हुन सकेको हो ।
    उक्त प्रहरी पोष्ट संचालनका लागि आवश्यक भवन लगायत अन्य श्रोत  साधन स्थानीय फेवा यूवा क्लव र जनसमुदायबाट उपलव्ध गराईएको हो । उक्त स्थानमा तत्काललाई प्रहरी हवल्दार १ सहित ५ जनाको प्रहरी जनशक्तिले आजैका मिति देखि सेवा प्रदान गर्नेछ ।

जिल्ला प्रहरी कार्यालय, कास्की

Friday, September 14, 2012

रातको समयमा धारिलो हतियार द्वारा हत्या


  मिति २०६९/०५/२७ गते राति ८:३० बजेको समयमा कास्की जिल्ला, पोखरा उ.म.नपा. वडा नं.–१ वगर स्थित मन कुमारी गुरुङ्गको घरमा डेरा गरी बस्ने कास्की जिल्ला, ल्वाङघलेल गा.वि.स. वडा नं.–२ बस्ने माया कुमारी बि.क.को छोरी वर्ष– ३० की चन्द्र कुमारी सुनारलाई निजकै डेराकोठामा कास्की जिल्ला, ल्वाङघलेल गा.वि.स. वडा नं.–४ स्थायी वतन भई हाल पोखरा–१७ विरौटा बस्ने वर्ष–४८ को लक्षु कुमार गुरुङ्गले चक्कु लगायत अन्य घरेलु हतियार प्रहार गरी सख्त घाईते बनाएकोमा निजलाई तत्काल उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी, पोखरामा लगिएको, सो अस्पतालवाट थप उपचारको लागि मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराई रहेकोमा निज घाईते चन्द्रा सुनारको सोही चोट पिडाको कारणले ऐ.२८ गते बेलुका ५:३० बजेको समयमा मृत्यु भएको । निज लक्षु कुमार गुरुङ्गलाई घटनाको सुचना पाउनासाथ वडा प्रहरी कार्यालय वगरवाट खटीएको प्रहरी टोलीले घटनास्थलमै पक्राउ गरीएको । मृत शवलाई प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी पोखरामा पुर्याईको ।   साथै निज लक्षु कुमार गुरुङ्गलाई कर्तव्य ज्यान मुद्धामा सम्मानित कास्की जिल्ला अदालतवाट म्याद थप अनूमति लिई थप अनुसन्धान कार्य भई रहेको ।

    मिति २०६९/०५/२९ गते ।  
District police office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की

सर्पले डसी छोराको मृत्यु आमा द्वारा आत्महत्या

मिति २०६९/०५/२७ गते सांझ ८:३० बजेको समयमा जि।स्याङजा आलम देबी गा.बि.स.वडा नं.-८ बस्ने बिना सुनारको छोरा अ. बर्ष.५ को भरत सुनारलाई आफ्नै घरमा सुतीरहेको अवस्थामा सर्पले टोकेको र निजलाई
उपचारको लागि वालिङ हेल्थ पोष्टमा ल्याएकोमा सो हेल्प पोष्टमा उपचार हुंन नसकी थप उपचारको लागि मिति २०६९/०५/२८ गते बिहान मणिपाल शिक्षण अस्पताल पोखरामा ल्याईएको, उपचारको क्रममा निज भरत सुनारको मिति २०६९/०५/२८ गते १:३० बजेको समयमा मृत्यु भएको, छोराको मृत्युको पिडाले बिह्वल भएकी आमा बिना सुनार सोही दिन अ. ४:०० बजेको समयमा पोखरा-११ नारायण स्थान मन्दिर नजिक रहेको सेतीनदीको नहरमा हामफालेकी, निजलाई खोजतलास गर्ने क्रममा पोखरा उ.म.न.पा.वडा नं.-१२ सितलादेबीमार्ग स्थित सेतीको नहरमा अ. १७:३० बजेको समयमा मृत शव फेला पारी उक्त शवको घट्नास्थलको प्रारम्भिक कारबाही पुरा गरी शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी पोखरामा राखिएको.निजको छोराको मृत शव मणिपाल शिक्षण अस्पताल पोखरामा रहेको ।

 स्मण रहोस निज बिना सुनारको पति खुम बहादुर सुनारको गत साल क्यानसरबाट मृत्यु भएको ।

मिति २०६९/०५/२९ गते
 जिल्ला प्रहरी कार्यालय कास्की ।