Wednesday, September 26, 2012

अस्थायी प्रहरी पोष्ट सुन्दरीडाँडाको स्थापना -Establishment of a Temporary Police Post in Sundari Dada of Lekhnath

        आज मिति २०६९/०६/०९ गते     कास्की जिल्ला लेखनाथ नगरपालिका वडा नं. ११ सुन्दरीडाँडामा अस्थायी प्रहरी पोष्ट सुन्दरीडाँडाको एक समारोहका विच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री ज्यूको प्रमुख आतिथ्यतामा उदघाटन भयो । सो समारोहमा स्थानीय समाजसेवी, आमा समूह, पत्रकार महासंघका पदाधिकारीहरु, वन उपभोक्ता समिति, अन्य संघ संस्थाका प्रतिनिधि, प्रहरी अधिकृतहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।
  सुन्दरीडाँडा ईलाका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थान रहेको र उक्त स्थान नजिकको प्रहरी यूनिटबाट केही टाढा रहेको हुनाले पर्यटक र स्थानीय जनताको सुरक्षामा प्रभावकारी योगदान पु¥याउन विगत लामो समय देखि प्रहरी चौकी स्थापनाको आवश्यकता महसुस भएकोमा यस क्षेत्रका प्र.ना.म.नि. ज्यू तथा अञ्चल प्रहरी कार्यालय गण्डकीका प्र.ब.उ. ज्यूको विशेष पहल, जिल्ला सुरक्षा समिति कास्कीको निर्णय साथै स्थानीय जनताको आग्रह एंव सहयोगमा सो अस्थायी प्रहरी पोष्टको स्थापना हुन सकेको हो ।
  उक्त प्रहरी पोष्ट संचालनका लागि हाल खाली रहेको वडा कार्यालय भवन प्रयोगमा ल्याईएको अन्य श्रोत  साधन स्थानीय आमा समूह, वन उपभोक्ता समूह एवं  जनसमुदायबाट उपलव्ध गराईएको हो । उक्त स्थानमा तत्काललाई प्रहरी हवल्दार १ सहित ५ जनाको प्रहरी जनशक्तिले आजैका मिति देखि सेवा प्रदान गर्नेछ ।
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.