आज मिति २०६९/०६/०४ गते कास्की जिल्ला कास्कीकोट गा.वि.स. वडा नं. ६ पामेमा अस्थायी प्रहरी पोष्ट पामेको एक समारोहका विच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री ज्यूको प्रमुख आतिथ्यतामा उदघाटन भयो । सो समारोहमा स्थानीय समाजसेवी, आमा समूह, विभिन्न संघ संस्थाका प्रतिनिधि, फेवा यूवा क्लवका पदाधिकारीहरु र प्रहरी अधिकृतहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।
पामे ईलाका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गन्तव्य रहेको र उक्त स्थान नजिकको प्रहरी यूनिटबाट केही टाढा रहेको हुनाले पर्यटक र स्थानीय जनताको सुरक्षामा प्रभावकारी योगदान पु¥याउन विगत लामो समय देखि प्रहरी चौकी स्थापनाको आवश्यकता महसुस भएकोमा यस क्षेत्रका प्र.ना.म.नि. ज्यू तथा अञ्चल प्रहरी कार्यालय गण्डकीका प्र.ब.उ. ज्यूको विशेष पहल, जिल्ला सुरक्षा समिति कास्कीको निर्णय साथै स्थानीय फेवा यूवा क्लव समेत जनसमुदायको आग्रह एंव सहयोगमा सो अस्थायी प्रहरी पोष्टको स्थापना हुन सकेको हो ।
उक्त प्रहरी पोष्ट संचालनका लागि आवश्यक भवन लगायत अन्य श्रोत साधन स्थानीय फेवा यूवा क्लव र जनसमुदायबाट उपलव्ध गराईएको हो । उक्त स्थानमा तत्काललाई प्रहरी हवल्दार १ सहित ५ जनाको प्रहरी जनशक्तिले आजैका मिति देखि सेवा प्रदान गर्नेछ ।
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:
Post a Comment
Please, comment about this article.