Thursday, September 27, 2012

Man with Drugs Caught-लागू औषध सहित मानिस पक्राउ

मिति २०६९/०६/१० गते बिहान १०:०० बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. – ८ महेन्द्रपुलमा जिल्ला गुल्मी हुगाँ गा.वि.स. वडा नं. ४ घर भई हाल पोखरा ४ सिद्धार्थचोक डेरा गरी बस्ने वर्ष २३ को राजु खडकालाई लागू औषध कानून नियन्त्रण कार्यान्वयन ईकाई कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजले आफनो शरिरमा लुकाई छिपाई राखेको नर्फिन ईन्जेक्सन १७ थान, डाईजापाम ईन्जेक्सन १७ थान, फेनरागन ईन्जेक्सन १७ थान सहित पक्राउ गरिएको । निजलाई लागू औषध मुद्धामा अनुसन्धान कारवाही भईरहेको ।

जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.